आजका समाचार : संसद्मा हलो अड्किएको अड्कियै, नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा र ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल | Khabarhub Khabarhub

आजका समाचार : संसद्मा हलो अड्किएको अड्कियै, नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा र ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे ललितपुरको खोकना र बङुमतिका स्थानीयवासी प्रतिनिधिसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर, वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिएका हुन् ।

सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए ।

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

संघीय अस्पतालमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने मन्त्रालयको तयारी 

लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन् : महासचिव पोखरेल 

‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न सके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’

रिटर्नीहरुसँग प्रचण्डले भने-  अहिले देशको राजनीतिमा उतारचढाव छ

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक भारतीयमार्फत् लिएका थिए १९ लाख घुस

नेपाल बैक लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीविरुद्ध रूपन्देहीको सिद्धार्थनगर–१ बेलहियास्थित भुसाल हस्पिटालिटीअन्तर्गतको र्‍याडिसन प्रोजेक्टको बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिनेभन्दै १९ लाख रुपैयाँ घुस लिएको उजुरी परेको थियो । त्यसपछि अख्तियारले अनुसन्धान पूरा गरेर मुद्दा दायर गरेको हो ।

घुसबापतको १९ लाख रुपैयाँ भारतीय नागरिक लक्की भन्ने खुस नसिब अन्सारीमार्फत् अधिकारीले लिएको देखिएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ।

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

एक महिनापछि राइड सेयरिङको नियम लागू हुनेमा मुख्यमन्त्री पाण्डेको आपत्ति

खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी सरकारको नीति : मुख्यमन्त्री पाण्डे

आधा घण्टालाई रोकिएको संसद् बैठक अब बुधबार मात्रै बस्ने

विपक्षी दलको अवरोधपछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको अब बुधबार दिउँसो मात्रै बस्ने भएको छ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र त्रिभुवन विमानस्थल अध्यागन कार्यालयमा भएको भिजिट भिसा सेटिङको छानबिन मागसहित आन्दोलित विपक्षीको निरन्तरको अवरोधपछि अब संसद् बैठक बुधबार दिउँसो मात्रै बस्ने भएको हो ।

सोमबार दिउँसो बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई स्थगित गरेका थिए । तर लेखक प्रकरणमा सहमति नभएपछि दुई दिनलाई बैठक रोकिएको हो ।

भिजिट भिसा प्रकरण छानबिनबारे कांग्रेसलाई रास्वपाको पाँच बुँदे प्रस्ताव

सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण संसद् चल्न सकेन : सांसद दाहाल

भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सचेतक परियार

पानी जहाज विधेयक पारित, अब जलमार्गलाई खुल्यो कानुनी बाटो

विपक्षीलाई कांग्रेसको जवाफ- घोषणा पत्रमै लेखेको छ, अर्को चुनावमा पनि लेखौँला

सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि समिति बनाउन इन्कार गरेको छ । प्रतिपक्षी दलहरूसँग सोमबार भएको छलफलमा कांग्रेसले छानबिन समिति गठनको प्रस्ताव इन्कार गरेको हो ।

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा मानव तस्करी रोक्न सर्वदलीय बिशेष समिति बनाएर अघि बढ्ने प्रस्ताव गरिएको थियो ।

तर, कांग्रेसले रास्वपाले गरेको प्रस्तावबारे आफूले चुनावी घोषणा पत्रमै लेखेको जवाफ दिएको छ । बैठक बिनानिष्कर्ष टुंगिएपछि छलफलका क्रममा रास्वपाले कांग्रेस सामु राखेको प्रस्ताव र कांग्रेसले दिएको जवाफ सामाजिक सञ्जाल एक्स (ट्विटर) मा साझा गरेका छन् ।

‘प्रतिपक्षीको आग्रहमा संसद् बैठक दुई दिनपछि सारिएको हो’

सबै भू-भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : सभापति देउवा

राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत

वाईसीएलमा पदाधिकारी नै ७४ सदस्यीय : २२ जना उपाध्यक्ष, ३१ जना सचिव, १९ जना सहसचिव

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले ७४ जना पदाधिकारी भएको केन्द्रीय समिति चयन गरेको छ ।

वाईसीएलले काठमाडौंमा भर्खरै सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट पुष्प ओलीको नेतृत्वमा ७४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गरेको हो ।

वाईसीएलको केन्द्रीय समितिमा २२ जना उपाध्यक्ष, एक जना महासचिव, १९ जना सहसचिव र ३१ सचिवहरू राखिएको छ । जसमध्ये उपाध्यक्ष र उपमहासचिवमा सबै पदाधिकारीहरू खुलातर्फ चयन भएका हुन् ।

वाईसीएलले ३१ सचिवमध्ये महिलातर्फ ५ र आदिवासीतर्फ ३ जनालाई राखेको छ । एक जना सहसचिव मधेशी-मुस्लिम-अल्पसंख्यकतर्फ चयन गरिएको छ । सुदूरपश्चिमबाहेकका प्रदेशबाट ६ जनालाई प्रदेशबाट सचिवका रूपमा वाईसीएलले सचिव बनाएको छ ।

लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली

काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू)

देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि पानी परेर चिसो भएको काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातिन थालेका छन् ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस देखि न्यूनतम २२ डिग्री सेल्सियस रहेको छ ।

गर्मी बढ्न थालेसँगै सर्वसाधारणहरू दिनको समयमा छाता ओढ्ने र आइसक्रिम जस्ता चिसो खाद्य पदार्थ सेवन गर्न थालेका छन् ।

गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ?

ललितपुर महानगरपालिकाले थाल्यो अनधिकृत संरचना हटाउन (तस्बिरहरू)

राजावादी आन्दोलनमा ध्वस्त जडिबुटी कम्पनी तङ्ग्रिँदै (तस्बिरहरू)

गैरआवासीय नेपालीलाई राज्यका निकायले चिन्ने नागरिकता दिन माग

सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका- खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको हुन सक्छ

निजामती सेवा ऐन शीघ्र जारी गर्न माग

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र वैकल्पिक र अत्यन्त महत्त्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ ।

उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ । वर्षायाममा केही भागमा क्षति पुर्‍याए पनि गतसाल असोजमा भएको अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको छ ।

विसं २०७२ को विनासकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए । देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिवास एक सय ६० किलोमिटर लामो सडक बनेको हो ।

करिब २६ अर्ब जापानी रुपियाँ बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग सिधा जोडेको हो । यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौंँ घुम्नुपर्ने झन्झट हटाइदिएको थियो ।

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

बिसनपुर क्षेत्रका गाउँहरू नदी कटानको जोखिममा

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव

चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती सामना गरिरहेको छ । जन्मदर यति घटेको छ कि आगामी वर्षहरूमा चीनको आर्थिक वृद्धिदर पनि सुस्त हुन सक्ने चिन्ता छ । एउटा नयाँ अनुसन्धानले यस संकटसँग जुध्न रोचक सुझाव दिएको छ ।

नयाँ अनुसन्धानले बालबालिकाको हेरचाहका लागि पुरुषलाई पनि आर्थिक सहयोग वा अनुदान दिइयो भने महिलामा परिवार पाल्ने चाहना बढ्न सक्छ भन्ने उपाय सुझाएको छ । यो उपाय लागू गरे चीनको घट्दो जन्मदरलाई रोक्न सकिने अनुसन्धानको निष्कर्ष छ ।

फुदान युनिभर्सिटी र हङकङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा महिलालाई मात्रै अनुदान दिँदा परम्परागत सोचलाई बलियो बनाउने बताइएको छ । पुरुषहरूलाई पनि सन्तान हुर्काउन सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गरियो भने समाजमा सन्तुलन सिर्जना हुने र लामो समयसम्म धेरै सन्तान जन्माउने इच्छा बढ्ने दाबी गरिएको छ ।

चीनमा सन् २०२४ मा लगातार तेस्रो वर्ष कुल जनसङ्ख्या घटेर १ अर्ब ४० करोड पुगेको छ । सोही अवधिमा चीनको प्रजनन दर प्रति महिला १.१ बच्चामा सीमित भएको छ । यो जनसङ्ख्या स्थिर राख्न आवश्यक २.१ को स्तर भन्दा धेरै तल हो ।

अल्काराजलाई फ्रेन्च ओपनको उपाधि

रक्षा सहकार्य मजबुत बनाउन भारत र अष्ट्रेलिया प्रतिबद्ध

इजरायलद्वारा गाजामा सहायता प्रवाहमा अवरुद्ध

शान्ति चाहन्छौँ, सुरक्षामा जोखिम भए कठोर जवाफ पनि दिन्छौँ : भाजपा सांसद ठाकुर

रंगशालामा लडेर नेशन्स लिगको फाइनल हेर्न गएका दर्शकको मृत्यु

भारतमा नक्सलवादी विद्रोहीको आक्रमणमा वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु

जलवायु परिवर्तनले भारतीय किसानहरू समस्यामा

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ८ : ०८ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्