एलएलडिसी सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिएर शुक्रबार मध्यरातमा स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरे।

सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो। प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो।
तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका हुन्। यही साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना भएको हो।
प्रधानमन्त्री ओलीबाट जनैपूर्णिमा र रक्षाबन्धनको शुभकामना
रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी
राष्ट्रपतिबाट रक्षाबन्धन ग्रहण
एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री
शिक्षा विधेयक स्वीकार्य छैन : कल्पना पनेरू
प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण
शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी : सभापति थापा
झलनाथ खनाललाई भेट्न डल्लु पुगे वामदेव गौतम
नेकपा (एकीकृत समाजवादी)का तेस्रो वरियताका नेता वामदेव गौतम सम्मानित नेता झलनाथ खनाल भेट्न डल्लु पुगेका छन् । अध्यक्ष माधवकुमार नेपाल र खनालबीच कटुता बढेका बेला उनी शनिबार डल्लुस्थित खनालनिवास पुगेका हुन् ।

गौतमको सचिवालयले दुई नेताबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भइरहेको जनाएको छ ।
‘समसामयिक राजनीतिक विषयमा हिजोदेखि आजसम्म एक आपसमा सहयोगी भएर हिँड्नुभएका कमरेडहरूको छलफल कमरेड झलनाथ खनालको निवास डल्लुमा चलिरहेछ,’ सचिवालयले भनेको छ ।
खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउनुपर्छ : मन्त्री चौधरी
महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन्
कैलाली कारागार प्रकरण : मुख्यमन्त्री शाहले भेटे गृहमन्त्री
संघीय लोकतान्त्रिक मोर्चाका लागि उपनिर्वाचन परीक्षा हो : रेशम चौधरी
कैलाली कारागार : परिस्थिति प्रहरीको नियन्त्रणमा
विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवित (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ ।
श्रावण महिनामा गरिने स्नान भएकाले यस पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड
कालिञ्चोकमा ब्युँताइयो २०० वर्ष पुरानो दही चिउरा खुवाउने प्रचलन
पाटनस्थित कुम्भेश्वर मन्दिरमा मेला
गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले
राष्ट्रपतिबाट रक्षाबन्धन ग्रहण
श्रीस्वस्थानीमा उल्लेख भक्तपुरको त्रिपुरासुन्दरी मन्दिर ओझेलमा
भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो
एनपीएल अक्सन : ११ खेलाडी बिक्री हुँदा चितवन, सुदूरपश्चिम र विराटनगरले समान दुई-दुई खेलाडी भित्र्याए
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अक्सनबाट हालसम्म ११ खेलाडी बिक्री भएका छन् । सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र विराटनगर किंग्सले समान दुई खेलाडी अनुबन्ध गर्दा जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले समान एक खेलाडीलाई अनुबन्ध गरेका छन् ।
शनिबार ललितपुरको रोयल टुलिपमा जारी अक्सनबाट देव खनाल र अर्जुन साउदलाई चितवन राइनोजले खरिद गरेको छ । हेमन्त धामी र टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्स र सूर्य तामाङ र साहिल पटेललाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ ।

यसैगरी दिलिप नाथलाई लुम्बिनी लायन्समा, उत्तम थापालाई काठमाडौं गोर्खाजमा, सचिन भट्ट जनकपुर बोल्ट्समा, पवन सर्राफ कर्णाली याक्समा र अभिषेक तिवारी पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।अक्सनमा कुल तीन क्याटागोरीमा १६४ खेलाडी छन् । जसअनुसार क्याटागोरी ‘ए’ मा नौ जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् ।
एनपीएल अक्सन सुरु : सन्तोष कार्की ‘अनसोल्ड’, देव चितवनमा अनुबन्ध
अन्डर -१९ का कप्तान हेमन्त धामी सुदूरपश्चिम रोयल्समा अनुबन्ध
एनपीएल अक्सन : अर्जुन साउद चितवन राइनोजमा, दिलिप र अभिशेक पोखरा एभेन्जर्समा
चीनले समुद्रबाट ‘स्मार्ट ड्रयागन’ रकेट प्रक्षेपण गर्यो
चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्र्यागन–३ (एसडी–३) नामक रकेट मार्फत गेली–०४ उपग्रह समुह (कन्ष्टलेसन) सफलतापूर्वक पृथ्वीको कक्षमा पठाएको छ । यो प्रक्षेपण पूर्वी चीनको सान्दोङ्ग प्रान्तको रीजाओ शहर नजिकै समुद्रबाट गरिएको हो ।
‘गेली–०४’ एक उपग्रह समूहमा साना साना उपग्रहहरू समावेश छन् जुन पृथ्वीको कक्षमा रहेका हुन्छन् र यी उपग्रहहरूले सञ्चार, नेभिगेशन, मौसम पूर्वानुमान र वैज्ञानिक अनुसन्धानजस्ता क्षेत्रमा काम गर्ने उद्देश्य राख्दछन् । यस्तो उपग्रह समूहले पृथ्वी अवलोकन र डाटा संकलनमा सुधार ल्याएर विभिन्न सेवा र प्रविधिमा सटीकता र विश्वसनीयता बढाउँछ ।

चिनियाँ समय अनुसार बिहान १२ः३१ बजे, रकेट समुद्री प्रक्षेपणस्थलबाट आकाशतर्फ उडाइएको थियो। यस समुद्री प्रक्षेपण अभियानलाई ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रले सञ्चालन गरेको थियो । समुद्रबाट गरिएको यो सफल प्रक्षेपण चीनको बढ्दो प्राविधिक क्षमताको संकेत हो, जसले वैज्ञानिक अनुसन्धान, संचार र सटीक स्थान निर्धारण प्रणालीमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
अर्को साता ट्रम्प र पुटिनको भेटवार्ता: युक्रेन युद्ध अन्त्यको विषयमा छलफल हुने
विवादित समुद्री क्षेत्रमा चिनियाँ जहाजको प्रवेशपछि फिलिपिन्स चिन्तित
आर्मेनिया–अजरबैजानकाे ३७ वर्षे युद्ध अन्त्य, ट्रम्पले गराए सहमति, विवादित भूमिमा ‘ट्रम्प रुट’ बन्ने
ऐतिहासिक अन्तरिक्ष यात्री लोभेलको निधन
गाजा क्षेत्र कब्जा गर्न खोजेको इजरायललाई पाँच मुस्लिम देशको चेतावनी
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री
प्रतिक्रिया