आजका समाचार : अन्ततः कुलमानले पनि खोले पार्टी, सुदन, बालेन र सुमनाले अर्को पार्टी दर्ता गर्ने,  मधेशका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट र भारतपछि पाकिस्तान शक्तिशाली विस्फोट | Khabarhub Khabarhub

आजका समाचार : अन्ततः कुलमानले पनि खोले पार्टी, सुदन, बालेन र सुमनाले अर्को पार्टी दर्ता गर्ने,  मधेशका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट र भारतपछि पाकिस्तान शक्तिशाली विस्फोट


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग
प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् ।

छलफलमा मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीहरूको पनि उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन्। उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया केके भयो भनेर जिज्ञासा राखेकी थिइन् ।

प्रधानमन्त्रीले मागिन् वायु सेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रियाबारे जानकारी

निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्वपूर्ण : कानुनमन्त्री सिन्हा

एमसिए-नेपालको परियोजना आसपास संरचना निर्माण गर्न र रुख रोप्न निषेध

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने 

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल भारत प्रस्थान

प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल

कुलमानले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी आयोगमा अध्यावधिक, चुनाव चिह्न बलेको चिम

ऊर्जामन्त्री कुलमान घिसिङ समूहले निर्वाचन आयोग पुगेर पुरानो उज्यालो नेपाल पार्टी अध्यावधिक गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ज्ञानबहादुर तामाङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीलाई संशोधन गरी पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक प्रस्ताव गरिएको छ।

उपाध्यायलाई संयोजक बनाउने प्रस्ताव कुलमानले नै गरेका हुन् । पार्टीमा रहेका केन्द्रीय सदस्यबारे खुलाइएको छैन । उज्यालो नेपालले ५१ सदस्य केन्द्रीय समितिको प्रस्ताव गरेको छ। समितिमा उज्यालो नेपाल पार्टीका पूर्व संयोजक ज्ञानबहादुर तामाङ सदस्य छन्।

निर्वाचन आयोगमा दर्ता हुँदै ऋषि धमला संरक्षक रहेको जनादेश पार्टी (तस्बिरहरू)

कुलमान घिसिङले माओवादीको उर्जा विभागमा काम गरेको खुलासा

प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको उत्साहजनक भीड

सिंहदरबारको पुननिर्माण दुई महिनापछि मात्रै : अर्थमन्त्री खनाल

कांग्रेस बैठक : पार्टीको महाधिवेशनबारे फरक- फरक धारणा

निर्धारित समयमा निर्वाचन हुनुपर्ने अडानसहित ट्रेड युनियन कांग्रेसले बुझायो ज्ञापनपत्र

संसद् विघटनविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन (तस्बिरहरू)

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

कुलमानको पार्टीमा नायिका रिमादेखि हर्कलाई छाडेका डाकेन्द्र र मन्त्री हुन नपाएकी टासीसम्म

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एउटै पार्टी खोल्ने विषयमा आइतबार पक्कापक्की भएको थियो।

यी दुई नेतासँगै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी सुमन श्रेष्ठ र जेनजी आन्दोलनबाट नवपुस्ताको नेतृत्वको रूपमा उदाएका सुदन गुरुङ सहभागी हुने निश्चित थियो।

आइतबार कुलमान घिसिङको घरमा भेट भएर यी नेताले सोमबार नयाँ दल दर्ता गर्ने र त्यो नयाँ दलको प्रतिनिधि जेनजी हुने सहमति गरेका थिए।

मेयर बाले निकट उच्च स्रोतका अनुसार साँझ पुनः छलफल गर्ने भन्दै चार नेता कुलमानको घरबाट बिदा भए। तर साँझ कुलमानका केही समर्थकले गर्दा चार नेताहरूको निर्णय भाँडियो।

नारायणकाजी भन्छन् : मधेशको घटना लोकतन्त्रकै अपमान, दलहरूले अझै चेतेका रहेनछन्

कुलमानसँग कुरा नमिलेपछि ‘नेपाल जनसेवा पार्टी’ दर्ता गर्दै सुदन, बालेन र सुमना पनि जोडिने

हर्कलाई धक्का : कोशीका थेगिम र लावतीसहितका पहिचानवादी नेता कुलमानको पार्टीतिर

फुटेको चार वर्षपछि मिल्न खोज्दै दुई राजावादी दल, लिङ्देन र थापाबीच एक्ला-एक्लै वार्ता

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिवासस्थित पानस होटलमा यादवलाई मुख्यमन्त्रीका रुपमा नियुक्ति र शपथ खुवाएपछि सात दल रिट लिएर सर्वोच्च अदालतमा गएका हुन् ।

यादवले नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताए पनि प्रदेश प्रमुख भण्डारीलाई सरकारले सोमबार नै बर्खास्त गरिसकेको छ।

प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल भएको र सबैभन्दा बढी प्रदेशमा सांसद भएकाले यादवलाई संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्री बनाइएको प्रदेश प्रमुख भण्डारीले बताएकी थिइन् ।

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकारेको हुँ : मुख्यमन्त्री यादव

मधेशका मुख्यमन्त्री यादवले भने- मेरो नियुक्तिविरुद्ध सर्वोच्चले फैसला गरे तत्काल पद छाड्छु

राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

राप्रपाले मधेशकी सांसद कञ्चन विच्छा साहलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने

राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए
गत भदौ २४ गते भएको जेन(जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय झन्डा ओढेर सार्वजनिक संरचनामा विध्वंश मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।

भदौ २४ मा भएको जेन-जी आन्दोलनका नाममा नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाको घरमा र ब्यवसायमा आगजनी र पृथ्वी चोकस्थित लखन थापाको शालिक फुटाउने रास्वपा कार्यकर्ता विक्रम उपनामका अभिमन्यु पाण्डे पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंगलबार बिहान पक्राउ गरेर हिरासतमा लिएको हो ।

यसभन्दाअघि उनी पोखराको पामेस्थित संघर्षशील सहकारीको रकम अपचलन पक्राउ परेका थिए । तर त्यसबेला उनी धरौटीमा छुटे । उनी उक्त सहकारीका अध्यक्षसमेत हुन् ।

संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह

नेपाल–रसियाबीचको ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिन जोड

हुम्लामा थपिए ९७५ मतदाता

महानगर धुलोमुक्त बनाउँदै कामपा

अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक

चितवनमा जेनेटिक विधिबाट गैँडा गणना हुँदै

तालिका थप भएपछि भोजपुर–काठमाडौं अब चार उडान

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खोलिँदै

पाकिस्तानको एक अदालतमा विस्फोट, १२ जनाको मृत्यु
पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले स्थानीय सन्चार माध्यमलाई जानकारी दिएका छन् । उनले आत्मघाती विस्पोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको बताए।

प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ ।

घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी

रूसी नागरिकलाई भिसा प्रतिबन्ध लगाउने निर्णय ’भेदभावपूर्ण’

अस्ट्रेलियामा भेटियो सिङ भएको मौरी, नाम राखियो ‘लुसिफर’

दोहा फोरम २०२५ : ‘कार्यमा न्याय, प्रगतिका लागि प्रतिज्ञा’ विषयमा विश्व नेताहरू एकत्रित हुने

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोप अस्वीकार

मलेसिया-थाइल्यान्ड समुद्री सीमामा आप्रवासी बोकेको डुङ्गा दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

दिल्ली विस्फोट : कारभित्र थिए पुलवामाका डाक्टर उमर, अहिलेसम्म १२ को मृत्यु

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीले अनुसन्धान गर्दै

























प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ५८ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर