जेन-जी आन्दोलनको भावनाअनुरूप सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको भावना र मर्मअनुसार जनआकाङ्क्षाअनुरूप सेवाप्रवाह गर्न निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको चालु आवमा सञ्चालित कार्यक्रमको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री कार्कीले उच्च मनोबलका साथ निर्धारित लक्ष्य हासिल गर्नेगरी कार्यसम्पादन गर्न निर्देशन दिएकी हुन् ।

उनले जेन-जी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीबाट मन्त्रिपरिषद्को कार्यालयको क्षतिसहित अन्य भौतिक सम्पत्तिलगायत सम्पूर्ण क्षतिको विवरण यथाशक्य छिटो अद्यावधिक गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिइन्। यसैगरी अन्य निकायमा भएका क्षतिको एकीकृत विवरणको प्रतिवेदन तयार गर्न उनले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
प्रधानमन्त्री कार्कीले भनिन्- राष्ट्रिय परिचय पत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्नुस्
सरकारले देशलाई चुनावतर्फ लाँदैन, प्रतिनिधिसभा फर्काउनै पर्छ : शंकर पोखरेल
स्वास्थ्यमन्त्री र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूबीच आपसी सहयोगबारे छलफल
जेन-जी घाइतेहरूले भेटे गृहमन्त्री र आइजीपी कार्कीलाई
बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै कुलमानले दिए सबैलाई धन्यवाद
एमालेसँग मिलेपछि गगनले सभापति देउवालाई भनेका थिए : कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो ?
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सत्ता सहकार्य गरेर पार्टीले गम्भीर गल्ती गरेको बताएका छन् ।
दुई सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफू सुरूदेखि नै कांग्रेस-एमाले मिलेर सरकार बनाउन नहुने पक्षमा रहेको बताएका छन् ।

‘मैले त सुरूदेखि नै कांग्रेस र एमाले मिलेर सरकार बनाउनु हुँदैन भनेको थिएँ । तर मैले कांग्रेस(एमाले सत्ता सहकार्यमा गएको कुरा पत्रिकामा पढेर थाहा पाएँ ।’
उनले २०८१ असार १७ गते कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि ७ बुँदे सहमति गरेको भोलिपल्ट सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेर प्रश्न गरेको बताए । बाहिर कार्यकर्ताले पार्टी पदाधिकारी बसेर निर्णय गरेको भनेर आफ्नो आलोचना भएको बताए ।
‘माओवादीसँग चुनावी गठबन्धन र एमालेसँग सत्ता सहकार्य गर्नु कांग्रेसको गल्ती थियो’
विश्वप्रकाशको चेतावनी : जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ
महामन्त्री गगनले भने : नियमित महाधिवेशनको च्याप्टर सकियो, मंसिर २७ गते विशेष महाधिवेशन गर्नैपर्छ
‘जनतामा कांग्रेसप्रति भरोसा घट्यो, अब आश्वासन होइन, परिणाम दिन सक्नुपर्छ’
१६ वर्षमा मतदान गर्ने र २५ वर्षमै उम्मेदवार बन्ने व्यवस्थाका लागि कानुन संशोधन गरौँ : प्रदीप पौडेल
सबैले नाम दर्ता गराउने वातावरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल
पार्टीको महाधिवेशन गरेर विवादहरूको समाधान खोज्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे
‘चुनावअघि गर्नैपरे महाधिवेशन होइन, विशेष अधिवेशन गरौँ’
गृहमन्त्री भन्छन् : समय छोटो छ, सरकारलाई असफल हुने छुट छैन
गृहमन्त्री ओमप्रकाश अर्यालले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकालाई असफल हुने छुट नभएको बताएका छन् ।
देशको शान्ति सुरक्षा अवस्था र आगामी निर्वाचन तयारीबारे राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विस्तृत विवरण पेश गर्ने क्रममा उनले यस्तो भनेका हुन् ।

अर्यालले बैठकमा भने, ‘फरार कैदीबन्दी र लुटिएका हतियार अहिलेको प्रमुख सुरक्षा चुनौती हुन्। सरकार यसलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ।’ उनले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै तयारी तीव्र रूपमा अगाडि बढिरहेको बताए।
जेन-जी आन्दोलनका घाइतेले दिए अस्पतालमै मतदाता बायोमेट्रिक विवरण (तस्बिरहरू)
गृहको प्रतिवेदन भन्छ : लुटिएका ७१८ थान हतियार फिर्ता, जेन-जीका नाममा तोडफोड र आगजनी गर्ने ४२९ पक्राउ
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल
राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने (तस्बिरहरू)
‘असाधारण अवस्थामा जिम्मेवारी पाएँ, प्रहरीको मनोबल उठाउन काम गर्छु’
प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू)
सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो : उपमहासचिव ज्ञवाली
स्काउटको जग्गामा जेन-जी स्मृति पोखरी निर्माणको माग
हामी नेपालका संयोजक सुदन गुरुङले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा जेन-जी स्मृति पोखरी निर्माण गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेन-जी आन्दोलनलाई सार्थक बनाउन उक्त स्थानमा जेन(जी स्मृति पोखरी निर्माण गर्न माग गरेका हुन् ।

आज स्काउटको जग्गामा निर्मित संरचना काठमाडौं महानगरले भत्काएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनी खड्काल्याण्ड डेभलपमेन्ट प्रा।लि।ले स्काउटसँग जग्गा भाडामा लिई नियमित रूपमा भाडा नतिरी भोगचलन गरेको पाइएको छ । जग्गा खाली गराउन बारम्बार ताकेता गरिएको र ७ दिने म्याद समेत सूचना मार्फत दिइएकोमा अटेर गरेपछि आज महानगरले सो संरचना भत्काएको हो ।
उक्त जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पास नरहेको समेत पाइएको छ ।
स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित)
गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ
किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ?
नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा महानगरको डोजर (तस्बिरहरू)
रवि र छविको मुद्दामा आएन आदेश, मिसिल झिकाउने इजलासको निर्णय
उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।
सहकारी ठगी प्रकरणमा थुनामा रहेका दुवैजनाको मुद्दामा बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यस्तो आदेश दिएको हो ।

न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएपछि रवि र छवि तत्काल छुट्ने सम्भावना टरेको छ ।
रवि र छवि दुवै सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जेलमा छन् । रवि हाल ललितपुको नख्खु जेलमा छन् ।
माओवादी नेता आङ्बोको गाडीको ठक्करबाट एकजनाको मृत्यु
अस्ट्रेलियामा सवारी दुर्घटना, एकै परिवारका तीन नेपालीको मृत्यु
रवि र छविको मुद्दामा सुनुवाइ हुँदै, थुनामै राखिरहने या बाहिर बस्न दिनेबारे निर्णय हुन सक्ने
मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णद्वारा पदभार ग्रहण
राज्यका निकायमा कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्यो : मुख्यमन्त्री बानियाँ
पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने
बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ मा सुनाउने भएका छन् ।
मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार पत्रकारहरूलाई जानकारी गराउँदै अदालतले उक्त मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको बताए।

७८ वर्षीया शेख हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दबाउने क्रममा घातक दमन गर्ने आदेश दिएको आरोप लागेको छद। उनले भारतमा रहेर अदालतको उपस्थितिका लागि गरिएको आदेशको पालना गर्न अस्वीकार गरेका छन् ।
जापानमा भालु विरुद्ध हतियार प्रयोग गर्न प्रहरीलाई अनुमति
जी–७ द्वारा युक्रेनलाई तत्काल युद्धविराम गर्न आह्वान, सुडानमा बढ्दो संकटको चेतावनी
गाजामा संयुक्त राष्ट्रसङ्घको प्रस्तावबारे अमेरिका ‘आशावादी’ : रुबियो
अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा
इजरायलद्वारा वेस्ट ब्यांकबाट २५ जना प्यालेस्टिनी पक्राउ
एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास
राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर












प्रतिक्रिया