निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताएका छन् ।
आयोगको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गरे ।

‘नेपाल र नेपालीको चाहनाअनुरूप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई प्रविधिमैत्री र समयसापेक्ष बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘आयोगलाई थप साधन स्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।’
सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण’
उर्जामन्त्रीले भने- बंगलादेशमा विद्युत् व्यापारबाट मासिक २५ करोड भन्दा बढी आम्दानी हुन्छ
संघीय निजामती विधेयक आजै प्रतिनिधिसभामा पेस हुन्छ : रामहरि खतिवडा
जनता तेर्स्याउँदै संसद्मा माओवादीको तर्क – अनि भिजिट भिसा प्रकरणमा सम्झौता गर्यौँ…
राज्य सञ्चालक नै सङ्लग्न भएको आरोप लागेको पछिल्लो कुख्यात ‘भिजिट भिसा प्रकरण’मा सत्तापक्षसँग सम्झौता गरेको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) यतिखेर चरम आलोचित छ । तर, उक्त सम्झौता गरेपछि संसद्मा पहिलोपटक आफ्नो धारणा राखेको माओवादीले आफ्नो बचाउ प्रयास गरेको छ ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा पार्टीको तर्फबाट भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनले चारपटक ‘जनता’ शब्द उच्चारण गर्दै आफ्ना मागबाट पछि हट्नेगरी सत्तापक्षसँग गरेको दुई बुँदे सम्झौताको बचाउ गरेका हुन् ।
उक्त प्रकरणमा आरोपित गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन माग गर्दै माओवादी सहितका प्रतिपक्षी दलले जेठ २० देखि संसद् बैठक चल्न दिएका थिएनन् । तर, १० दिनपछि जेठ ३० गते माओवादीले सत्तापक्षसँग आश्चर्यजनक सम्झौता गरेको थियो ।
नाराबाजीबीच संसद् चलाउनु ठिक हैन : सांसद पाण्डे
रास्वपालाई माओवादीको आग्रह- बजेटको छलफलमा भाग लिनुहोस्, माग सम्बोधन भइसक्यो
भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे
संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखियो : योगेश भट्टराई
सदन बहिष्कार गर्दै ज्ञानेन्द्र शाहीले भने- प्रचण्डको छेपारो प्रवृत्ति, सभामुख बिचौलियाको पक्षमा
सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न सकेनन्, पेलेरै लाने व्यवहार देखाए : रास्वपा
वर्षमानले भने- दुई बुँदे सहमतिअनुसार गृहमन्त्रीमाथि पनि छानबिन हुन्छ
रास्वपाको घेराउ, राप्रपाको बहिष्कार : खाली संसद्मा बजेट छलफल (तस्बिरहरू)
विरोध र नाराबाजीका बीच प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । विपक्षीहरूको विरोधका कारण अधिकांश कुर्सी खाली देखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेल घेराउ गरेर नाराबाजी गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन् । यसकारण प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् ।
सत्ताका सांसदहरूको उल्लेख्य सहभागिता छैन। आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् र त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।
रविबारे कांग्रेसले भन्यो- पाँच-पाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन मिल्दैन
संसद् बैठक चलिरहँदा पलेँटी कसेर बसे रास्वपा सांसद (तस्बिरहरू)
नेपालको एकीकरण गर्ने गोरखामा बजेट कटौती भयो : सांसद् बजगाईँ
ज्ञानेन्द्र शाहीले सभामुखलाई भने- ‘तपाईँको दादागिरी बन्द गर्नुहोस्’
रास्वपा र राप्रपाको अवरोधबीच अघि बढ्यो संसद् (तस्बिरहरू)
सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भएको छ ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
यसअघि प्रहरीले अनुसन्धान सकेर एक महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले विस्तृत अध्ययन गरेपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको हो ।
बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित)
आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार ६.१३ प्रतिशतले मधेस प्रदेशकाले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुर्याएको छ ।
आइतबार मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ ३० अर्ब २६ करोड २८ लाख २४ हजार रुपैयाँ अर्थात् ६४.११ प्रतिशत विनियोजन गरेका छन् ।

आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाख तथा समपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
यसपटक मधेशले राजश्व बाँडफाँटबाट १ अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।
लुम्बिनी प्रदेश सरकारद्वारा ३९ अर्बको बजेट प्रस्तुत
प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक
मधेसमा बजेटको आकार ६.१३ प्रतिशतले बढेर ४६ अर्ब ५८ करोड ३३ लाखमाथि
‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा ल्याएको कोशीको बजेटमा के छ ? (पूर्णपाठसहित)
इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र
सरकारले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हाल इरानमा १२ जना र इजरायलमा करिब ५ हजार ५ सय जना नेपाली रहेको उल्लेख छ । हालसम्मको विवरण अनुसार त्यहाँका सबै नेपाली सुरक्षित छन् ।
इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इजरायल र कतारस्थित नेपाली राजदूतहरुसँग नियमित सम्पर्कमा रहेको मन्त्रालयले उल्लेख गरेको छ । कतारको राजधानी दोहामा रहेको नेपाली राजदूतावासले इरानको मामिला पनि हेर्दै आएको छ ।
लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार
एकैस्थानमा १७ सय बढीले गरे रक्तदान
कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण
‘ताप टापु’ बन्दो काठमाडौँ शीतल पार्न अनुसन्धान निचोड – वन, पार्क र पोखरी बढाऊँ
आद्रता नभएको हावा तातो र सुख्खा (हट एन्ड ड्राइ) हुने हुनाले चैत आधाउधीदेखि नै मध्यपहाड, उपत्यका र तराईमा बसोबास गर्ने नेपालीले जेठ अन्तिमसम्म उखर्माउलो गर्मी महसुस गर्छन् ।
फागुनमा सुरु भएर जेठसम्म कायम रहने ग्रीष्मकालीन हावापानी प्रभावका बेला नेपालमा तापक्रम वर्षभरकै उच्च विन्दुमा पुग्छ । अनि, गर्मीले मानिसको दैनन्दिन र स्वास्थ्यमै असर गर्न थाल्छ ।

नेपालमा स्थानीय जलवायु पात्रोका ६ ऋतुमध्ये ग्रीष्म (समर) छेकोमा सुख्खा गर्मीको पारो बर्सेनि बढ्दो छ । अव्यवस्थित र तीव्र शहरीकरण भइरहेको काठमाडौँ उपत्यकाका शहर तातिने मात्रा पनि बढिरहेको छ ।
सन् १९७६ यता काठमाडौं उपत्यकाको अधिकतम तापक्रम हरेक वर्ष ०.०३८ डिग्री सेल्सियसले बढेको छ । उपत्यकाका काँठ लगायत वरपरका क्षेत्रभन्दा कोर शहरी क्षेत्रको तापक्रम २ देखि ३ डिग्री सेल्सियस बढी पाइएको छ ।
नजिकैका अरू क्षेत्रको तुलनामा तातो बढी भएको क्षेत्रलाई मौसमविद्हरू ताप टापु भन्छन् । हो ! काठमाडौँका शहर पनि तापक्रम विषमताको यही अवस्था अर्थात् ताप टापुमा बदलिँदैछन् ।
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु
मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण
व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान
खाडीमा ‘युद्ध विस्तार गर्ने’ प्रयासस्वरुप इजरायलले ग्यास क्षेत्रमा आक्रमण गर्यो : इरान
इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा इजरायलको आक्रमण इरानभन्दा बाहिर युद्ध विस्तार गर्ने प्रयास भएको बताएका छन् ।

“द्वन्द्वलाई फारसी खाडी क्षेत्रमा तान्नु एउटा ठूलो रणनीतिक गल्ती हो, सम्भवतः जानाजानी र युद्धलाई इरानी क्षेत्रभन्दा बाहिर विस्तार गर्ने उद्देश्यले गरिएको हो”, विदेशी कूटनीतिज्ञहरूसँगको बैठकमा अराघचीले भने ।
उनले इरानको दक्षिणी बुसेहर प्रान्त नजिकै समुद्री क्षेत्रमा अवस्थित दक्षिण पार्समा सञ्चालित एक केन्द्रमा भएको आक्रमणलाई उल्लेख गर्दै यस्तो बताएका हुन् । यो क्षेत्रले इरानको घरेलु प्राकृतिक ग्यासको करिब ७० प्रतिशत आपूर्ति गर्दछ । साउथ पार्स÷नर्थ डोम मेगा–फिल्ड विश्वको सबैभन्दा ठूलो ज्ञात ग्यास भण्डार हो । यो विशाल क्षेत्र कतारसँग जोडिन्छ ।
इरानले सन् १९९० को दशकको अन्त्यदेखि आफ्नो भागमा पर्ने क्षेत्रको विकास गर्दै आएको छ । इरानी सञ्चारमाध्यमले शनिबार इजरायली ड्रोनले साउथ पार्स फेज १४ को एउटा सुविधालाई लक्षित गरेपछि ‘ठूलो विस्फोट’ र आगलागी भएको रिपोर्ट गरेको थियो ।
इजरायलीको मृत्युको बदलामा इरानले ‘ठूलो मूल्य’ चुकाउँछ : प्रधानमन्त्री नेतान्याहू
भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित)
मध्यपूर्वमा के हुँदैछ ? यस्तो छ इजरायल र इरानबीच जारी द्वन्द्वको पछिल्लो घटनाक्रम
इरान र अमेरिकाबीच हुने भनिएको आणविक वार्ता भाँडियो
इरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी
अमेरिकामाथि आक्रमण गरे इरानले ‘पहिले कहिल्यै नदेखिएको’ अमेरिकी शक्ति भोग्न ट्रम्पको चेतावनी
‘क्षेत्रीय सुरक्षा’ का लागि बेलायतले मध्यपूर्वमा लडाकु विमान पठाउने
‘राजा चाहिँदैन’ भन्दै ट्रम्पविरुद्ध दशौँ लाख अमेरिकी सडकमा
मिनेसोटामा हत्याकाण्ड : डेमोक्र्याटिक जनप्रतिनिधिका हत्याराको खोजी तीव्र
भारतको उत्तराखण्ड गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक
प्रतिक्रिया