आजका समाचार : विद्याले खोजिन् एमालेमा भूमिका, मालपोतका हाकिम साढे २४ लाख घुससहित पक्राउ, घुसले नै गुम्यो मन्त्री गुप्ताको पद र युक्रेनलाई हतियार दिँदै अमेरिका | Khabarhub Khabarhub

आजका समाचार : विद्याले खोजिन् एमालेमा भूमिका, मालपोतका हाकिम साढे २४ लाख घुससहित पक्राउ, घुसले नै गुम्यो मन्त्री गुप्ताको पद र युक्रेनलाई हतियार दिँदै अमेरिका


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

विद्या भण्डारीको स्वीकारोक्ति- संसद् विघटनको घटनाले मलाई पछ्याइरहन्छ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो भूमिकाका बारे केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् । जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेको राजनीतिमा सक्रिय भएर आफूले देशको सेवा गर्ने बताइन्।

तर आफ्नो भूमिकाबारे एमाले केन्द्रीय कमिटीले निर्णय गर्ने पनि उनले बताएकी छन् । महाधिवेशनअघि केन्द्रीय कमिटी नै माथिल्लो निकाय भएकाले एमालेमा आफ्नो कुन संरचनामा के भूमिका हुने माथिल्लो तहको नेतृत्वले निर्णय गर्ने उनले बताइन् ।

त्यस्तै भण्डारीले विधान महाधिवेशनमा सन्दर्भमा दशौँ महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भए पनि नयाँ सदस्यसमेत थपिएकाले यसबारे पनि पार्टी केन्द्रीय कमिटीले नै निर्णय लिने उल्लेख गरिन् ।

अबदेखि एमालेको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने

एमालेको निष्कर्ष- जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको छ

घुस प्रकरणमा रञ्जिताको गुनासो- मलाई र पार्टीलाई बदनाम गर्न खोजियो

परराष्ट्र मन्त्रालयमा डा. राणाको एक वर्ष : के काम भयो ?

विद्या भण्डारीले भनिन्- एमालेमा मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ  

मदन भण्डारीको ७५औं जन्मजयन्ती तीन वर्षसम्म मनाइने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद तथा गोपनियताको सपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका थिए ।

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

ठूला पूर्वाधार निर्माण लागि वैकल्पिक वित्त परिचालन गरिन्छ : अर्थमन्त्री 

‘आगामी निर्वाचनमा कांग्रेस बाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन’

कृषि तथा वन विज्ञान विश्वविद्यालयको एक अर्ब ६८ करोड बजेट स्वीकृत

जनार्दनलाई उर्जामन्त्रीको काउन्टर : १२ वर्षमा माओवादीले ऊर्जा मन्त्रालय सम्हाल्दा के काम भयो ?

सरकारले ऊर्जा विकासका लागि सहजीकरण र समन्वय गर्न आवश्यक : देउवा

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री

बैंकिङ क्षेत्र सुधार कार्यदलले गभर्नरलाई बुझायो प्रतिवेदन

राप्रपा र रास्वपालाई कांग्रेस सांसद्को सुझाव- सदनमा आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा बाहिरै आन्दोलन गर्नुस्

सत्तारुढ दलका सांसदहरूले रास्वपा र राप्रपाका सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले आफ्नो धारणा राख्ने र सदन बहिष्कार गर्ने रास्वपा र राप्रपाका सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् । बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सदनमा आएर आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा सदन बाहिर आन्दोलन गर्न सुझाव दिए ।

बोल्नका लागि सदन चाहिने र बोलेपछि त्यही सदन बहिष्कार गर्ने नौटंकी भइरहेको उनले बताए । सांसद गिरीले बैठकको सुरुमा अरु पार्टीलाई बोल्न दिएको तर पहिलो र दोस्रो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै एमाले सांसद ज्वाला कुमारी साहले एक जना व्यक्तिले गरेको गल्तीका आधारमा सरकारलाई लाञ्छना लगाउने काम गलत भएको बताइन् । मिडियामा प्रचारमा आउन केही सांसदहरूले सदनमा अनावश्यक कुरा उठाइरहेको उनको भनाइ छ ।

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

बाँकेको राप्ती सोनारी क्षेत्रमा पुल निर्माण गर्न माग

रास्वपालाई प्रतिमा गौतमको प्रश्न : हस्ताक्षर संकलन अभियान राजनीति कि रियालिटी शो ?

माओवादीले भन्यो- शंकै शंकाको घेरामा वर्तमान सरकारले १ वर्ष बितायो

रास्वपाको हस्ताक्षर अभियानबाट अदालतको अवहेलना आकर्षित हुन्छ : राजेन्द्र बजगाईं  

सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेले भ्रम छर्न खोजे : पदम गिरी

प्रतिनिधिसभा बैठकमा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिँदै

संसद्‍मा रास्वपाको गुनासो- हामी बोलेको बोल्यै छौँ, सरकार पेलेको पेल्यै छ

संसद्‍मा ज्ञानेन्द्र शाहीको कटाक्ष- भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू

गृहका पाँच सहसचिव सरूवा : अध्यागमन विभागमा तिवारी, त्रिभुवन विमानस्थलमा घिमिरे

गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित पाँच सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक रामचन्द्र तिवारीलाई बनाएको छ। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा नरहरि घिमिरेलाई पठाइएको छ । तिवारीलाई अध्यागमन विभाग गएपछि गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा तानिएको छ। उनको स्थानमा सहसचिव घिमिरेलाई पठाइएको हो।

घिमिरे अहिले खोटाङका प्रमुख जिल्ला अधिकारी छन्। उनी त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ता थिए । मन्त्रालयबाट सहसचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

साउनबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने

देशभरका छाउगोठ भत्काउन सांसदहरूको माग

सुर्खेतका तीन जनालाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार 

स्याफ्रुबेँसी-रसुवा सडक : ९० प्रतिशत काम सम्पन्न, स्थानीयलाई राहत

झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता

खानेपानीको समस्या समाधान गर्न सरकार प्रयासरत : मुख्यमन्त्री सिंह

सङ्घीयता कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण : प्रदेशका सभामुख गुरुङ

मन्त्री गुप्तासँग बिचौलियाले घुस डिल गरेको ‘लिची गार्डेन’ (तस्बिरहरू)

कालीगण्डकी नदीमा बेलिब्रिज जडान
यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो । बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको रु एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख लागत साझेदारी गरी जम्मा दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए ।

सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ-१ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले उल्लेख गरे ।

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

अट्ठाइस जातका केराको परीक्षण गरिँदै

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

नवजात शिशु र आमाको उद्धार

धरान–चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुरको बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै शक्तिशाली हतियार पठाउने बताएका छन्। साथै उनले रुस ५० दिन भित्रमा शान्ति वार्ताका लागि तयार नभएमा रुसी सामानमा कडा करको नीति पनि लिने बताएका छन्। ‘हामीले युक्रेनको यसो गर्न चाहेमा गर्न सक्छ भन्ने प्रमाणित गर्नु छ,’ नाटो प्रमुख मार्क रुटसँग वासिङ्टनमा भएको भेटमा उनले भने।

अमेरिकाले नाटो मार्फत हतियार पठाउने चाहेको कुरा रुटले स्वीकार गरे। युरोपेली देशले नै युक्रेनलाई प्याट्रियक एयर डिफेन्स सहयोग गर्ने भइसकेका छन्। यसले रुसले गर्ने भीषण आक्रमणबाट बचाउने अपेक्षा गरिएको छ।

ट्रम्प र युरोपेली नेताको बीचमा मिसाइल र गोला बारुदको विषयमा पनि वार्ता भएको छ। ट्रम्पले यस ‘टप अफ द लाइन हतियार’को व्ययभार बिलियन डलर भए पनि युद्ध मैदानमा भएकाका लागि सहयोग गर्ने बताए।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले ट्विटरमा पोस्ट गर्दै रुटसँगको बैठकपछि उनको ट्रम्पसँग कुरा भएको बताउँदै युक्रेनलाई सहयोग गर्दै मान्छे मर्नेक्रम रोक्ने चाहना राखेकोमा धन्यवाद दिएका छन्।

९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना

बेइजिङमा रूसी विदेशमन्त्री लाभरोभ र राष्ट्रपति सीबीच भेट

पाँच वर्षमा द्विपक्षीय व्यापार २० अर्ब डलर पुर्‍याउन ब्राजिल र भारत सहमत

इरानी राजदूत भन्छन्– भारतले क्षेत्रीय शान्ति प्रवर्द्धन गर्न थप भूमिका खेल्नुपर्छ

प्रेस सेन्सरसिप बढ्दै गएकोमा पाकिस्तानी मानव अधिकार आयोग चिन्तित

मलेशियामा इस्लामिक स्टेटको प्रचार गर्ने र पैसा उठाउने सञ्जाल ध्वस्त, ३६ बंगलादेशी पक्राउ












































प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : ५७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग