चारवटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सामाजिक न्याय र समानता स्थापित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आज काठमाडौंमा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण गरेकाले महिलाको समान सहभागिता आवश्यक भएकोमा जोड दिए ।
‘रथको एउटा पाङ्ग्रो मात्रै चलेर रथ गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा महिलालाई स्थापित गरिसकेको बताए ।
राउटेलाई देखाउने काम भयो, उपयोग हुन सकेन : मन्त्री भण्डारी
ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय दुई वर्ष थप
मुलुकलाई असफल राष्ट्रबाट हुनबाट सरकारले जोगाएको छ : सञ्चारमन्त्री
सञ्चारमन्त्रीले सुनाए उपलब्धि- वर्तमान सरकारले मुलुकलाई असफल हुनबाट जोगायो
पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानून बनाउन खोज्दै छौँ : प्रवक्ता महत
राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष हो : नेता महर
भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा गर्ने गृहमन्त्रीको निर्णय
निजीकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिएका छन् ।
त्यस क्रममा उनले सार्वजनिक संस्थानको संरक्षण गर्ने दायित्व सबैको भएको तथा सदनमा प्रतिनिधित्व गरेका ठूला सबै पार्टी पालैपालो सरकारमा रहेकाले सार्वजनिक संस्थान घाटामा जाँदा त्यसको जिम्मेवारी पनि ती दलले लिनुपर्ने बताए ।
ज्ञानेन्द्र शाही भन्छन्- अहिलेको व्यवस्था जनतालाई होइन, सीमित नेतालाई चाहिएको हो
‘पूर्वविशिष्टहरूलाई सुविधा बढाउने होइन, सांसदहरूकै घटाऊँ’
निजामती अस्पतालको निर्देशकबारे अमरेशको आरोप- पहिलो नम्बरका प्रमोद यादवलाई मधेसी भनेर हेपियो
रघुजीले जुम्लामा हा हो गरेर जितेको भनेपछि ज्ञानेन्द्रको जवाफ- तपाईं जस्तो ओलीको निगाह थापेको होइन
सरकारबारे संसद्मा चित्रबहादुरको टिप्पणी- स्याल बहुलायो भने सहर पस्छ
एमाले सांसद पन्तको दाबी- राजा महेन्द्रले हटाएको चुच्चे नक्सा गणतन्त्रले फर्कायो
माओवादी सांसदको दाबी- गणतन्त्र पक्षधरहरूको सरकार बन्ने ढोका खुल्यो
सांसदहरूले भने- पूर्वविशिष्ठलाई सुविधा थप्ने होइन, अहिले दिइरहेकै पनि रोकौँ
प्रचण्ड भन्छन्- विरोध गर्न पाइन्छ, फोटो जलाउँदैमा पक्राउ गर्नु हुँदैन

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमा विरोध गर्न पाइने बताएका छन् ।
आफ्नो तस्बिर जलाएको आरोपमा प्रहरीले चितवनबाट आइतबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य-सचिव निराजन बमलाई पक्राउ गरेको सन्दर्भमा उनले यस्तो बताएका हुन् ।
बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको तस्बिर जलाएपछि आइतबार चितवनबाट पक्राउ गरिएको हो ।
प्रचण्डको तस्वीर जलाउने राप्रपानिकट युवा निराजन बम पक्राउ
‘सुकुमबासीलाई वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’
विवादमा तानिए युवराज संग्रौला, छानबिन गर्न तीन सदस्यीय समिति
सञ्चारमन्त्री गुरुङले भने- राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस्
उच्चस्तरीय अध्ययन समितिको सुझाव- कर्णाली प्रदेश अस्पताललाई प्राज्ञिक केन्द्र बनाऔँ

प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नति सम्बन्धमा अध्ययन गर्न बनेको उच्चस्तरीय अध्ययन समितिले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल समक्ष अन्तिम प्रतिवेदन बुझाएको छ । प्राडा.भगवान् कोइरालाको नेतृत्वमा गठन गरिएको छ सदस्यीय टोलीले आइतबार प्रतिवेदन बुझाएको हो ।
प्रदेश अस्पतालको संस्थागत एवं संरचनात्मक सुधारका विकल्पहरूका लागि कर्णाली प्रदेश सरकारले प्रा.डा. कोइरालाको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो । समिति गठन भएको चार महिना लगाएर अन्तिम प्रतिवेदन बुझाएको हो ।
जनस्वास्थ्य नियमावली, २०७७को अनुसूची–४ बमोजिमका विशिष्टीकृत स्वास्थ्य सेवा सुचारु गरी प्रदेशमा विद्यमान स्वास्थ्य सेवाको पहुँच र गुणस्तरलाई सुदृढ बनाउनका लागि प्रदेश अस्पताललाई प्रदेशको नेतृत्वदायी अस्पताल र स्वास्थ्य प्राज्ञिक केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको देखिएको समितिका संयोजक प्रा.डा. कोइरालाले बताए ।
विष्णुमती नदी सफाइका क्रममा मूर्ति भेटियो
मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ : प्रधानसेनापति
फोहर प्रशोधन गर्दै जुम्लाको चन्दननाथ नगरपालिका
ऊर्जामन्त्रीलाई सर्वोच्चको अर्को अंकुश, कुलमानले काटेको बिल हेर्न बनाएको समितिविरुद्ध अन्तरिम आदेश
डेडिकेटेड फिडर तथा ट्रंकलानइको नेपाल विद्युत् प्राधिकरणले काटेको बिल अध्ययन गर्न सरकारले गत मंसिर २ गते बनाएको विज्ञहरूको कार्यदललाई तत्काल काम अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

ऊर्जामन्त्री दीपक खड्काले मिश्र नेतृत्वमा कानुनविपरित उक्त कार्यदल बनाएको भन्दै अधिवक्ता खडानन्द कँडेलले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशहरू सारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आइतबार अन्तरिम आदेश जारी गरेको हो ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कुनै हालतमा हटाउने अभियानमा रहेका ऊर्जामन्त्री खड्काले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा.डा. अरविन्दकुमार मिश्रको संयोजकत्वमा बनाएको समितिले सर्वोच्चको यो आदेशसँगै काम गर्न नपाउने भएको हो ।
निराजन बमको रिहाइ माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)
आजदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली, प्राधिकरण भन्छ- तत्काल लोडसेडिङ हुँदैन
ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै

अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौँ देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भएको छ ।
ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा दश देशहरू समावेश छन् ।
हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्यो हवाई आक्रमण
आँधीमा परेर अमेरिकामा २० जनाको मृत्यु : केही राज्यमा जोखिमको चेतावनी
रुस र अमेरिकाबीच युक्रेनमा ‘अर्को कदम’ बारे छलफल
युरोपेली देशको युक्रेन जोगाउने सैन्य योजना अन्तिम चरणमा
रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु
स्पेसएक्स यान आईएसएसमा पुग्न सफल
प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई लुम्बिनीले ४८ रनले हरायो

जारी पीएम कपमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछाएको बागमतीले २२.५ ओभरमा अल आउट हुँदै ६७ रन मात्र बनाएको थियो ।
प्रतिक्रिया