आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान | Khabarhub Khabarhub

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई(मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापमा कायम गराउन सुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदनमा उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा आदिवासी नेवार समुदायको विस्थापनको जोखिम निम्त्याएको तथा स्थानीयवासीको मानव अधिकारको उलङ्घन भएको र बागमती नदी सफाइ सुधार आयोजनाको कार्यान्वयनबारे संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयअन्तर्गतको कार्य समूह र विशेष एयरपोर्टबाट व्यक्त चासोका सम्बन्धमा नेपाल सरकारले पठाउनुपर्ने जवाफको कार्यमा सघाउन आयोगले सो प्रतिवेदन दिएको हो ।

जेलमा रहेका दीपक मनाङेको सांसद पद पनि खारेज

बालुवाटारमा शीर्ष नेतृत्वबीच छलफल जारी

पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

 नेपाली महावाणिज्य दूतावासबाट नेपाल-चीन व्यापार सहजीकरणबारे‍ अन्तरक्रिया

नेपालमा एमसीसी परियोजना जारी रहने

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो स् राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२’ वितरण समारोहमा उनले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले राजनीति तर्फको सम्मान शान्त मानवी, इतिहासतर्फका सम्मान डा मेदिनीप्रसाद सेढाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि १ लाख रहेको छ ।

प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

वाम लोकतान्त्रिक आन्दोलनले नै देशमा ठूला आन्दोलनहरू सफल भए  : मन्त्री पाण्डे

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

पार्टीको झण्डा ओढाएर शास्त्रीलाई देउवाले दिए श्रद्धाञ्जली

इजरायली दूतावास अगाडी मानवअधिकार तथा शान्ति समाजको प्रदर्शनी (तस्बिरहरू) 

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

राजुनाथलाई कारबाही नगर्न उच्च अदालतको आदेश
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू-दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा उल्लेख छ ।

पाण्डेले अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।न्यायाधीशहरू ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलास नं। ९ मा पाण्डेले आफूलाई पदबाट निलम्बन गर्ने काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको निर्णयविरुद्ध उच्च अदालत दायर रिटमा आदेश दिएको हो ।

पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईँ, महानगर प्रहरी बलका निमित्त प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

बिहानै डाकिएको काठमाडौं महानगरको श्रोत व्यवस्थापन बैठक अनिश्चित,

भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

३० दिने सिप मेला टुँडिखेलमा जारी, स्वरोजगारतर्फ महानगरको ठोस पहल (तस्बिरहरू)

श्रम अभियानले विवादमा हर्क, डोर हाजिरी उठाएर समर्थकलाई नगरको पैसा बाँड्न खोज्दा तनाव

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन
रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्धि भएको हो । गत आवको ११ महिनामा १८ अर्ब ९८ करोड २१ लाख राजस्व संकलन भएको थियो ।

चालु आवमा विद्युतीय सवारिसाधन र अन्य गरी करिब ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै उनले तीन अर्ब बराबरका सामग्री निर्यात भएका बताए। उनका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म छ हजार २६६ थान जिप, कार, भ्यान, तीन पाङ्ग्रे चार सय ६९ वटा र माइक्रोबस तथा बसट्रक एक हजार १७६ वटा विद्युतीय सवारिसाधन आयात भएका हुन् ।

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक’ 

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी

धोबिखोला सफा बनाउने र करिडोरमा अतिक्रमित जग्गा फिर्ता ल्याइने

भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली

ट्रम्पलाई खामेनीको जवाफ- इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन्
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । उनले इजरायलसँगको जारी युद्धका क्रममा अमेरिकाको सैन्य हस्तक्षेपलाई अपूर्णनीय क्षतिका रुपमा दिइने बताएका छन् ।

खामेनीका तर्फबट जारी बयानमा भनिएको छ, ‘अमेरिकाको कुनै पनि किसिमको सैन्य हस्तक्षेपको जवाफ निश्चित रूपमा अपूरणीय क्षतिका रूपमा दिइने छ ।’ उनले इरानको आत्मसमर्पण गर्ने नभएको पनि बताएका छन् ।

‘जो इरान, इरानी नागरिक र इरानको इतिहासबारे जानकारले कहिल्यै पनि यो देशसँग धम्कीको भाषामा कुरा गर्दैनन्,’ सर्वोच्च नेता खामेनीले भनेका छन्, ‘किनकी इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् ।’

यसअघि मंगलबार राती ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका थिए, ‘तथाकथित सुप्रिम लिडर कहाँ लुकेर बसेका छन् भन्ने बारे हामीलाई राम्रोसँग थाहा छ । उनी एउटा सहज निशानामा छन् । तर तत्कालका लागि सुरक्षित छन् ।’

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

इजरायल र अमेरिकालाई खामेनीको सन्देश- जबरजस्ती थोपरिएको युद्ध र शान्ति दुवै मान्दैनौँ

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

वाल स्ट्रीट जर्नलको दाबी- इजरायलमा मिसाइल रोक्ने भण्डार हतियार सकिँदै

भारतद्वारा मस्कको स्टारलिंकलाई लाइसेन्स प्रदान

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

मोदी-ट्रम्प फोनवार्ता : अपरेशन ‘सिन्दूर’देखि इजरायल-इरान युद्धबारे कुराकानी

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आईएईए




















प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ५८ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक