आजका समाचार : ओलीसँग अझै रोकिएन रावलको आक्रोश, वामदेव साढे ३ वर्षपछि एमालेमा फर्किँदै र पूर्वडीआईजी जोशी हिरासततिर | Khabarhub Khabarhub

आजका समाचार : ओलीसँग अझै रोकिएन रावलको आक्रोश, वामदेव साढे ३ वर्षपछि एमालेमा फर्किँदै र पूर्वडीआईजी जोशी हिरासततिर


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

ओली र महासचिव पोखरेलमाथि खनिँदै रावलले भने- निरंकुशता गाड्ने खाल्डो झापा र दाङमा तयार भइसक्यो

नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीम रावल यतिबेला गृहजिल्ला अछाम यात्रामा छन् ।

मातृभूमि जागरण अभियान चलाइरहेका रावल पार्टी कारबाहीपछि पहिलो पटक अछाम यात्रामा निस्किएका हुन् ।

अछाममा रावलले देश र जनताको भविष्यका लागि मातृभूमि जागरण अभियान सुरु गरेको दाबी गरे ।

रामारोशन गाउँपालिकाले आयोजना गर्ने कार्यक्रममा भाग लिनेगरी पुगेका रावलले गृहपालिका साँफेबगरमा औपचारिक रुपमा पहिलो सम्बोधन गरेका हुन् ।

रावलले अछामी जनताको भाग्य र भविष्यको जिम्मेवारी बोकेर हिँडेको यात्रा रोक्ने ताकत कसैसँग नभएको जिकिर गर्दै मातृभूमि जागरण अभियान साकार पार्ने बताए ।

गृहमन्त्रीले भने- सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु हो 

‘कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलाे भूमिका’

एमालेले सिन्धुपाल्चोकका दुई पालिकामा छान्यो नयाँ नेतृत्व

समावेशी, समानुपातिक कोटाको दुरुपयोग नरोके बंगलादेशकै अवस्था आउन सक्छ : वर्षमान पुन

३२ सिटेले दम्भ देखाएपछि वर्तमान गठबन्धन बन्यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् ।

पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीन महिने ‘जरा केन्द्रित अभियान’ को आज उद्घाटन गर्दै उनले साना दलविना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेकाले यो निरन्तर अगाडि बढ्ने बताए ।

महासचिव पोखरेलले हालको संसद्मा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको धारणा राखे ।

नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन सरकार विघटनको प्रसङ्ग सुनाउँदै उनले ३२ सिट भएको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको जिकिर गरे ।

साढे तीन वर्षपछि एमालेमै फर्किँदै वामदेव गौतम

एमालेसँग मिल्न खोज्दा वामदेवको एकता अभियान नै फुट्यो

ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ : वामदेव गौतम (अन्तर्वार्ता)

वर्तमान सरकारको तानाशाह शैली छ : माधव नेपाल

स्वास्थ्य बीमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन

वार्षिक प्रतिवेदन छलफलमा प्रधानमन्त्री गएनन्, सरकारको ध्यानाकर्षण

नेपाल सरकारको वार्षिक प्रतिवेदन छलफल गर्ने क्रममा प्रधानमन्त्री उपस्थित नभएको भन्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा सभापति सभापति ठाकुरप्रसाद गैरेले सरकारको वार्षिक प्रतिवेदन छलफल गर्ने क्रममा प्रधानमन्त्री उपस्थित नभएको भन्दै ध्यानाकर्षण भएको बताए ।

उनले समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री अनिवार्य हुनुपर्ने अभ्यास रहेको अवगत गराए । समितिले आर्थिक वर्ष २०७९/०८० नेपाल सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको थियो । सभापति गैरेले सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन आउन ढिलाइ भएकोप्रति ध्यानाकर्षण भएको बताए ।

बैठकमा मुख्यसचिव एकनारायण अर्यालले आगामी दिनमा सरकारका तर्फ प्रतिनिधित्व गर्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउने बताए । उनले तीन तहका सरकारबीच देखिएका असमझदारीलाई अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन तयार पारेको उल्लेख गरे । मुख्यसचिव अर्यालले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक कानूनलाई छिटो अघि बढाउनुपर्नेमा जोड दिए ।

बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि महानगरका दुई विकल्प

दुर्घटनामा एकै परिवारका तीन जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

धोविखोला करिडोरका संरचनामा प्राधिकरणले चलायो डोजर 

निर्माणाधीन सडकमा पर्ने सम्पदा संरक्षण गर्न आग्रह

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

विदेशबाट फर्किएका युवामा कृषि मोह 

अधिवक्ता त्रिपाठी कुटिएको विरोधमा उत्रिए वकिल (तस्बिरहरू)

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

आइतबार सर्वोच्च अदालत बार एशोसिएशन अगाडी बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

लिपुलेकबारे चीन-भारत सहमतिविरुद्ध प्रदर्शन (तस्बिरहरू)

ठमेलमा चिनियाँ नयाँ वर्षको रौनक (तस्बिरहरू)

सर्वोच्चद्वारा रिट खारेज, राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुल्यो

थुनछेक बहस नसकिएपछि पूर्वडीआईजी जोशी पनि हिरासततिर

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशीको मुद्दा हेर्दाहेर्दैमा बसेको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका जोशीबारे न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासमा थुनछेक बहस भएको थियो ।

आइतबार थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले जोशीलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएका छन् । यससँगै जोशीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं हिरासतमा लगिएको छ ।

गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) का साझेदार जोशी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा ८८ लाख धरौटी राखेर छुटेका थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले जोशीलाई ८८ लाख धरौटीमा छाडेपछि काठमाडौं चलेको मुद्दाका लागि उनी हाजिर भएका हुन् ।

अर्थसंक्षेप : अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल, नेप्से १२ अंकले बढ्यो

एक सय ९५ किलो गाँजासहित ६ जना पक्राउ

अन्तर्राष्ट्रिय…

हमासद्वारा अपहृतमध्ये ३३ बन्धकको सूची सार्वजनिक, विपीन जोशी परेनन्

इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्।

यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई ७अक्टोबर २०२३ मा अपहरण गरिएको थियो।

प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास पनि छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध छन्।

इजरायलले सार्वजनिक गर्‍यो ३३ बन्धकहरूको सूची, विपिन जोशी परेनन्

जापानस्थित नेपाली दूतावासद्वारा आयोजित घुम्ती शिविरमा १४०० भन्दा बढीले लिए सेवा

योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी

युद्धविरामको विरोध गर्दै इजरायलका सुरक्षा मन्त्रीले गरे राजीनामा

कोलम्बियामा विद्रोहीको आक्रमण : कम्तीमा ६० जनाको मृत्यु

गाजामा आक्रमण जारी, युद्धविराम अझै लागू नभएको इजरायली सेनाको दाबी

मोरक्कोमा किन मारिदैँछ ३० लाख सडक कुकुर 

युद्ध विरामको केही घण्टा अगाडि इजरायली प्रधानमन्त्रीको अर्को आक्रमणमा जानसक्ने चेतावनी

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : ५९ बजे

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज

राप्तीमा घडियाल गोहीको गणना सुरु

नेपालगञ्ज – बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

लागोस – नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता