आजका समाचार : आलमलाई सफाइ दिने न्यायाधीशलाई कारबाही थालियो, पत्रकारहरूलाई अदालतको राहत र झन् चर्कियो इजरायल-इरान तनाव  | Khabarhub Khabarhub

आजका समाचार : आलमलाई सफाइ दिने न्यायाधीशलाई कारबाही थालियो, पत्रकारहरूलाई अदालतको राहत र झन् चर्कियो इजरायल-इरान तनाव 


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

 संसद्‌मा पलेँटी कसेर पुस्तक पढ्दै रास्वपा सांसद 

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बिहीबारको बैठक चलिरहेको छ । बैठकमा विनियोजन विधेयक २०८२ का विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भइरहेको छ । 

छलफलमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका विभिन्न दलका सांसदहरू भाग लिइरहेका छन् । तर, भिजिट भिसा प्रकरणको विषय अघि सारेर आन्दोलनरत दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सदनमा फरक ढङ्गले प्रस्तुत भइरहेको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पुस्तकहरू अध्ययन गरिरहेका छन् । 

अघिल्ला बैठकहरूमा वेल घेराउ गरेर नाराबाजी गर्दै आएका रास्वपाका सांसदहरू बिहीबार वेलमै पलेँटी कसेर पुस्तक पढी रहेका छन् ।  भिजिट भिसा प्रकरणमा रास्वपाजस्तै आन्दोलनरत अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठक बहिष्कार गरेर सुरुवात मै सदनबाट बाहिरिएको थियो ।

राप्रपाले आज पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार

गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएनन् : रास्वपा

निजामतीसम्बन्धी विधेयकमा सरकारले खुट्टा नकमाओस् : राजेन्द्र पाण्डे 

निजामती विधेयक संसद्को कार्यसूचीबाट हटाइएकोमा माओवादीको आपत्ति

जनताको भावना नसमेटेको भन्दै सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गरौँ : ज्ञानेन्द्र शाही 

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ?

दलभित्रको असहमतिको तत्काल समाधान खोजियोस् : सांसद भण्डारी

रास्वपालाई कांग्रेसको जवाफ-भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषी किटान गर्न नमिल्ने उनले बताए । भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गरे ।घिमिरेले संदनमा देखिएको समस्या केही दिनमा नै समाधान हुने उल्लेख गरे।

आलमलाई सफाइ दिने दुवै न्यायाधीश सर्वोच्च तानिए, छानबिन थालियो

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षा र उद्धारप्रति सरकारको ध्यानाकर्षण

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी 

कार्यभार सम्हालेपछि राजुनाथले भने- पुरानो कुरा बिर्सिन चाहन्छु

तत्कालीन निर्देशक ठाकुरसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा, पौने दुई करोड बिगो

प्रचण्ड काठमाडौं बाहिर हुँदा रोकियो शीर्ष नेताको बैठक
समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

फाइल फाटो

बुधबारका लागि तय भएको बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं बाहिर रहेकाले आज दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भएको थियो ।

रिहा भएपछि रवीन्द्र मिश्रले भने- न्यायालयप्रति आभारी छु

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन : श्रममन्त्री 

निजामती विधेयक संसद्को कार्यसूचीबाट हटाइएकोमा माओवादीको आपत्ति

उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति

मेटमणिलाई संकट, अघि बढ्यो साढे ५ करोडको चेक अनादार मुद्दा

धोबीखोलापछि बागमती पुगे प्रकाशमान, बाढीको जोखिम न्यूनिकरणमा चासो

एमालेको आरोप- निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो

दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास हुनसक्ने प्रारम्भिक अनुमान
पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि गरेको अनुसन्धानले दैलेखमा ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको हो ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानले एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । तर, ग्यासको व्यावसायिक उत्पादनको विषयमा भने थप अनुसन्धान गर्नुपर्ने उनले बताए ।

‘चिनियाँ अनुसन्धान पक्षले दिएको जानकारीअनुसार अनुसन्धान गरिएको ठाउँमा एक अर्ब १२ घनमिटर क्षेत्रमा ग्यास रहेको हुनसक्ने देखिएको छ, तर, यो प्रारम्भिक अनुमान हो, व्यावसायिक उत्पादनको सम्भाव्यताको विषयमा थप अध्ययन गर्नुपर्छ’, उनले भने । दैलेखको तीनवटा क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने अनुमानमध्ये मुख्य धेरै सम्भावना भएको ठाउँमा चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेको थियो । चिनियाँ पक्षले नेपाललाई सहयोग स्वरूप सम्झौता गरेर गरेको अध्ययनको समय सकिएर फर्किसकेको छ ।

जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो…

आयोडिनयुक्त नुनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

एनओसीमा अनियमितताविरुद्ध नेविसंघको चेतावनी

सरकारलाई अल्टिमेटम दिँदै व्यवसायीले खोले सुनचाँदी पसल (तस्बिरहरू)

नेपाल-बङ्‌लादेश पर्यटन सहकार्य : बंगालको खाडीदेखि हिमालयसम्मको यात्रा

बढ्दै कोरोना, सात दिनमा ३० जनामा सङ्क्रमण

टर्कीले सम्भावित युद्धका लागि थाल्यो सैन्य तयारी, एर्दोआन भन्छन्- नेतन्याहूले हिटलरलाई पनि उछिने
इजरायल–इरान युद्ध साता पुग्ने लाग्दा टर्कीले इरानसँगको सिमानामा सुरक्षा सतर्कता उच्च बनाएको छ।

रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै टर्कीको रक्षा मन्त्रालयका एक अधिकारीले सम्भावित युद्धका लागि उच्च तयारी थालिएको बताएका छन् । अहिलेसम्म इरानबाट पलायन भएका मानिसहरूको ठूलो लहर आप्रवासनको लहर देखिएको छैन।अलजजिराले उल्लेख गरेअनुसार टर्कीले हाल स्वदेशमै निर्मित रडार र हतियारहरूलाई दुरूस्त राख्न थालेको छ ।

टर्कीले एकीकृत हवाई तथा क्षेप्यास्त्र सुरक्षा प्रणाली पनि विकास गरिरहेको छ। स्रोतका अनुसार टर्कीले सम्भावित युद्ध तयारीलाई उच्चस्तरमा राख्ने कामलाई तीव्र बनाएको हो । इजरायलले आफ्नो दक्षिणपूर्वी छिमेकी इरानमाथि हमला गरेपछि टर्कीका ‘क्विक रियाक्सन एलर्ट’ विमानहरू उडाइएको थियो ।

यी विमानहरूले इजरायलले हवाई क्षेत्र उल्लङ्घनको सम्भावनालाई ध्यानमा राख्दै सीमामा गस्ती तीव्र बनाएका छन् ।

दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु

कम्बोडियाका पूर्वशासक हुन सेनसँगको गोप्य अडियो चुहिएपछि थाई प्रधानमन्त्री सिनावात्रालाई सङ्कट

रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी

ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन

म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन 

इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प


 





























प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ५३ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको