आजका समाचार : एमालेले देशव्यापी आन्दोलन गर्ने, ऊर्जामन्त्रीलाई बरखास्त गर्न माग र भारतमा २२ माओवादी विद्रोही मारिए | Khabarhub Khabarhub

आजका समाचार : एमालेले देशव्यापी आन्दोलन गर्ने, ऊर्जामन्त्रीलाई बरखास्त गर्न माग र भारतमा २२ माओवादी विद्रोही मारिए


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

राजावादी सक्रिय भएपछि एमालेले घोषणा गर्‍यो देशव्यापी आन्दोलन
नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।

यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्‍याली आयोजना गरिने छ ।

एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छवटै प्रदेशका निम्न शहरहरू– धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।

विपिन जोशीको रिहाइको प्रयास- प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का

सानेपामा खेलकुदमन्त्री चौधरीलाई कालोझण्डा, कांग्रेस कार्यकर्ताले मागे राजीनामा

प्रविधिको द्रुत विकासलाई पछ्याउन नसके पछि परिन्छ : परराष्ट्रमन्त्री

प्रभु साहले गरे ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको छ : प्रचण्ड

स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको छ : प्रधानमन्त्री

शेखरले भने- सुशासन कायम गर्न सरकार असफल भयो, कांग्रेसले खबरदारी गर्नुपर्छ

देशमै अवसर हुँदाहुँदै युवाहरू विदेशिनु राम्रो होइन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

ओलीले बाहिर जाने जनशक्तिलाई देशमै रोक्न सकिने बताएका छन् । ‘यहाँको भन्दा ठूलो शुल्क तिरेर खर्च गरेर पढ्नु पर्ने हुन्छ । यहाँ त्यही शिक्षा, त्यसै लेभलको, त्यही कोर्स हुँदा पढ्न बाहिर जानु हुँदैन । त्यही कुरा हामीले नयाँ पिढीलाई सुशिक्षित गर्न जरुरी छ’, उनले भने, ‘हामीले नयाँ पिढीलाई बताउनु पर्छ, यहीँ अवसर हुँदाहुँदै बाहिर जाने प्रवृत्ति राम्रो होइन । देशलाई माया गर्ने कुरा सिकाउनु पर्छ, आफ्नो देश बनाउने कुरा सिकाउनु पर्छ ।’

उनले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जनाउँदै अहिले संसार ग्लोबल भिलेज बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुची अनुसार विदेश जाने शिलशिला विश्वव्यापी रहेको बताए ।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका लागि कार्ययोजना कार्यान्वयन’

संसदमा ज्ञानेन्द्रको चेतावनी- पूर्वराजाबारे बोल्दा होस पुर्‍याएर बोल्नुहोस्

ईपीजी प्रतिवेदनबारे प्रधानमन्त्रीको जवाफ- भारत तयार नभएसम्म नेपालले एक्लै बुझ्न मिल्दैन

जलन पीडितको उपचार र पुनर्स्थापनामा सरकार संवेदनशील : प्रधानमन्त्री

बजार अनुगमनले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुगेको छ : प्रधानमन्त्री

प्रधानमन्त्रीले भने- तल्लो बाटोबाट अमेरिका पुगेर निष्कासित हुनु राम्रो होइन

संसदमा ज्ञानेन्द्रको चेतावनी- पूर्वराजाबारे बोल्दा होस पुर्‍याएर बोल्नुहोस्

स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब आवश्यक : स्वास्थ्यमन्त्री  

पूर्वराजाले भिडियो सन्देशमा श्री ५ महाराजधिराज र शाही निशाना राखेकोप्रति सांसद खतिवडाको आपत्ति  

लोडसेडिङबारे ऊर्जामन्त्री र कुलमानको दोहोरी संसद्‍सम्मै पुग्यो

प्रधानमन्त्रीलाई १० सांसदले प्रश्न सोध्दै, जवाफपछि स्पष्टीकरण नदिने

महायज्ञका नाममा सिरहामा भत्काइयो दलितको घर, दोषीलाई कारबाही गर्न सांसद् सिंहको माग

कुनै समुदाय पछाडि नपरोस् भन्नेमा सरकार गम्भीर छ : प्रधानमन्त्री

प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिए १० सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

दलित परिवारलाई उठीबास लगाउने घटनाले तात्यो मधेस प्रदेशसभा, विभेद गर्नेलाई कारबाहीको माग
सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ लगाइने नाममा दलित परिवारको उठीबास लगाएको भन्दै मधेश प्रदेशसभाका सांसदहरूले आपत्ति जनाएका छन् । उनीहरूले यस घटनामा संलग्न रहेका जो सुकैलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

मधेश प्रदेशसभाको बिहीबार बसेको बैठकमा विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परिवारको उठीबास गरिएकामा प्रदेश सांसदहरूले निन्दनीय भन्दै भर्त्सना गरेका छन् ।

शून्य समयमा बोल्दै प्रदेश सांसद निलमकुमारी रजकले कुनै पनि नाममा दलितको घर भत्काउने र उठीबास लगाउनेलाई कडा कारबाही हुनुपर्ने माग गरिन् । ‘यज्ञका नाममा दलित परिवारमाथि अन्याय भएको छ,’ रजकले भनिन्, ‘उठीबास गराउनेलाई कानुनबमोजिम कारबाहीको माग गर्छु ।’

एमालेका सांसद लखन दास तत्माले मधेश प्रदेशमा दलितमाथि नै पटक पटक ज्यादती हुँदा पनि सरकार मौन बसेको आरोप लगाए । ‘३० वर्षदेखि परिवारसहित बसोबास गरिरहेका मलिक परिवारलाई उठीबास गराउनु अमानवीय काम भएको छ,’ सांसद तत्माले भने, ‘छुवाछुतलाई मलजल गर्ने सबै व्यक्तिलाई कारबाही हुनुपर्छ ।’

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

पोखरा महानगरका कर्मचारी कपिल गिरी घुससहित पक्राउ

कर्णाली प्रदेशसभाबाट दलित विधेयक पास

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

‘कृषि क्षेत्र सुधार्न कृषि र किसानको सम्मान आवश्यक’

व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक : देउवा

बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान

उपप्रधानमन्त्री सिंह र खेलकुदमन्त्री चौधरीद्वारा त्रिवि खेल मैदानको प्यारापिट अवलोकन (तस्बिरहरू)

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईंको उम्मेदवारी घोषणा

गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ७ जनाको आवेदन

भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु
लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ ।

भारतको स्रोत साधनले सम्पन्न केन्द्रीय क्षेत्रका सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’ विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। छत्तीसगढ राज्यमा दिनभरि चलेको दुई छुट्टाछुट्टै झडपमा एक भारतीय अर्धसैनिक सुरक्षा अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय जनता पार्टीका नेता तथा सङ्घीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा विद्रोही आन्दोलनका लागि साझा भारतीय नाम प्रयोग गर्दै लेख्नुभएको छ, ‘हाम्रो सुरक्षा बलको दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सलवादी मारिएका छन् ।’

बिजापुर जिल्लामा बिहान सबेरै भएको झडपमा १८ जना लडाकूसमेत २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राज्यको दक्षिणी क्षेत्रमा भएको छुट्टाछुट्टै भिडन्तमा अन्य चार जना विद्रोही मारिएका छन् ।

दुवै युद्धस्थलमा खोजी कार्य जारी रहेको र सुरक्षा बलले दुवै क्षेत्रबाट हातहतियार र गोलबारुद बरामद गरेको दावी गरेको छ ।

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ७१ पुग्यो

रूस र युक्रेनबीच ३५० बन्दीको आदानप्रदान

इरानी जेलमा रहेका एक फ्रान्सेली नागरिक रिहा : म्याक्रोँ

के अन्तरिक्षमा महिला गर्भवती हुन सक्छन्, वैज्ञानिकहरूले गरेका थिए प्रयोग

गाजामा रोकिएन इजरायली हमला, ४० जनाको मृत्यु

इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए

ट्रम्प र जेलेन्स्कीको फोन वार्ता : भेटको तनाव बिर्सिएर गरे सकारात्मक छलफल






प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ४९ बजे

गोधूली रनिङ कप फुटबल प्रतियोगिता- दर्शकले भरियो प्यारापिट 

सुनसरी– धरान रंगशालामा बिहीबार रातीदेखि अन्तरवडास्तरीय गोधूली रनिङ कप फुटबल

नारायणघाट- बुटवल सडक : पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

नवलपुर– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५

बालेनले नदेखेको दुःख : भोको पेटले कसरी पढ्नु मेयरसाब ?

दुर्गम तथा ग्रामीण क्षेत्रका बालबालिका भोकभोकै विद्यालय गएको हामीले धेरै

चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित

टोरोन्टो– क्यानडाले चीनमा ४ क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा कडा निन्दा

शंकरदेवका विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय

काठमाडौं– शंकरदेवका स्ववियु सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियनको चुनावविरुद्ध