कांग्रेसमा क्रियाशील सदस्यता झमेला, अब असार मसान्तसम्म नवीकरण सक्नुपर्ने
नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ ले आगामी असार मसान्तसम्म मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
समितिका संयोजक महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले असार मसान्तसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।

समिति सदस्य एवम् केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले क्रियाशील सदस्यता नवीकरण आगामी असार मसान्तसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको जानकारी दिए । ‘आगामी असार मसान्तसम्म नवीकरण गरी सक्ने निर्णय भएको छ,’ उनले खबरबहसँग भने, ‘नवीकरण नगरेमा सिस्टम अटोलक हुन्छ हाम्रो केन्द्रमा ।’
केन्द्रीय सदस्य रसाइलीले ७७ वटै जिल्लामा प्राविधिक राखेर नवीकरणको तथ्यांक प्रविष्ट गर्ने काम भइरहेको पनि बताए । समितिले आगामी साउन १ गतेबाट नयाँ सदस्यता वितरण अघि बढाउने निर्णय गरेको छ ।
गभर्नर पौडेलको पहिलो निर्णय- पाँच सय र एक हजार दरका नयाँ नोट छाप्ने
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार
आचरण सुधार गरेमा असल समाज निर्माण हुन्छ : महासचिव पोखरेल
बिजुली गएर दिक्क महावीर पुनको आक्रोश- ऊर्जामन्त्रीले दिउँसै रात पारे, पदबाट हटाइजाऊँ
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : संसदीय उपसमितिको प्रतिवेदन अख्तियारलाई जिम्मा
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको बैठकले उपसमितिको प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका भ्रष्टचारका बिषयमा अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले बताए।
उपसमितिको प्रतिवेदनमा बिमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ ।
विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ
विमानस्थलबाट फिर्ता गरिएलगत्तै गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा
राप्रपा कार्यकर्ता सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
रास्वपालाई नवराज सुवेदीको प्रस्ताव- राजसंस्था र हिन्दुराज्य फर्काउन सहकार्य गरौँ
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजा र हिन्दु राज्य फर्काउने आन्दोलनमा सहकार्य प्रस्ताव गरेका छन् ।
सुवेदीले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र फर्काउन सहकार्यको प्रस्तावसहित पत्र लेखेका हुन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि शिथिल बनेको आन्दोलनलाई उठाउन सुवेदीले रास्वपासँग सहकार्य प्रस्ताव गरेका हुन् । देशव्यापी जनआन्दोलन थाल्न लागेको जानकारी दिँदै सुवेदीले वर्तमान व्यवस्था परिवर्तन गर्नु अहिलेको ऐतिहासिक आवश्यकता रहेको जिकिर गरेका छन् ।
वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षा पूरा गर्न असफल भएको जिकिर संयोजक सुवेदीले गरेका छन् ।
मौसम विभागले भन्यो- यसपाली मनसुनमा सरदरभन्दा बढी वर्षा हुनसक्छ
मेची भन्सार कार्यालयबाट चिया निर्यात ४६ प्रतिशतले वृद्धि
शिक्षामन्त्रीले भने- शिक्षा विधेयकलाई टुङ्गोमा पुराउँछु
बागमती प्रदेशसभा : बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
राष्ट्रियसभामा संस्कृतिमन्त्रीको जवाफ- हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन् ।

राष्ट्रियसभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो । जसले पर्यटकीय क्षेत्रको प्रवर्द्धन र दिगो विकास गर्ने, पर्यटकलाई सहज बनाउने र मुलुकको आर्थिक स्थिति बलियो बनाउने गरी काम गर्नेछ ।’
मन्त्री पाण्डेले पर्यटन ऐनलाई राम्रो बनाउनका लागि राष्ट्रिय सभाले महसुस गरेको उल्लेख गर्दै भने, ‘दफावार छलफलका माध्यमबाट विधेयकलाई थप समृद्ध बनाउने छौँ । समितिमा लगेर छलफल गर्नेछौँ । मन्त्रीको तर्फबाट कुनै पनि जडता नराखीकन विधेयकलाई सुदृढ बनाउनका लागि संशोधन गर्न तयार छौँ ।’
हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस
‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’
नेपालको धर्मनिरपेक्षताबारे भारतीय नेता जोलीको सुझाव- जनताको मत बुझ्दा राम्रो
भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालको धर्मनिरपेक्षताबारे जनताको मतलाई बुझ्दै जानुपर्ने बताएका छन् ।
नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले धर्मनिरपेक्षताबारे जनताको मत बुझ्दा राम्रो हुने सुझाएका हुन् ।

यद्यपि उनले नेपालीभित्रका सबै बिषयको निर्णय लिने अधिकार नेपाली जनता र यहाँका राजनीतिक दलहरूलाई रहेको पनि बताएका छन् ।
ज्ञानेन्द्र शाहीको दाबी- मौद्रिक नीतिको ज्ञान नभएका पौडेलले राष्ट्र बैंक सम्हाल्न सक्दैनन्
गौशालामा ७ वटा सवारी साधन एक आपसमा ठोक्किए
काठमाडौंको गौशालामा बस अनियन्त्रित हुँदा १५ जना घाइते भएका छन् । आज बिहान ११ बजे तिर गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बस अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो ।

बा ५ ख ६७३५ नम्बरको बस अनियन्त्रित हुँदा एकै पटक ७ वटा सवारीसाधन दुर्घटनामा परेका प्रहरीले बनाएको छ ।
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु
गौरवको आयोजना ६ वर्षदेखि अलपत्र बनेपछि बनाइयो वैकल्पिक मार्ग
महिला समितिका पुरूष सभापतिलाई सांसदले बैठकमै हानिन् माइक र नेमप्लेट
संघीय संसद् बैठकमा देखिने घमासान अहिले संसदीय समितिमा पनि पुगेको छ ।
सत्तारूढ र प्रतिपक्षी दलहरूबीच हुने मारमारको अवस्था बुधबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिमा देखिएको छ ।
जहाँ महिला नामको उक्त समितिका पुरूष सभापति एवम् एमाले सांसद किरण कुमार साह र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीबीच हात हालाहालको अवस्था आएको हो ।

बुधबार बिहान ७ बजे बसेको समितिको बैठकमा विवाद हुँदा सांसद कुसारीले सभापति साहलाई आफ्नो नेमप्लेट र माइकको झट्टी हानेकी हुन् । यद्यपि दुवै वस्तुले साहलाई नलागेकाले कुनै चोटपटक लागेन ।
प्रत्यक्षदर्शीका अनुसार सांसद कुसारी बैठकमा ढिला आएकी थिइन् । त्यसपछि उनले सभापति साहको अनुमतिबिना नै आफ्ना कुरा राख्न थालेकी थिइन् । त्यसमा सभापति साहले आपत्ति जनाए भनाभन हुँदा आक्रोशित मुद्रामा देखिएकी कुसारीले रिस सम्हाल्न नसक्दा माइक र नेमप्लेट उठाइन् ।
सभापति साहका अनुसार शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका उपसमितिका प्रतिवेदन समितिमा बुझाउन बैठक डाकिएको थियो । त्यहीक्रममा ढिलो आएकी कुसारीले आफूखुसी बोल्न थालेपछि रोक्न खोज्दा आक्रमण भएको साहले बताए ।
रूकुम पूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादीमा समाहित
दक्षिण अफ्रिकामा हुने जी२० को कार्यक्रम अमेरिकाले बहिष्कार गर्ने
संयुक्त राज्य अमेरिकाले दक्षिण अफ्रिकाद्वारा आयोजना गरिने आगामी जी२० कार्यक्रमहरू बहिष्कार गर्ने भएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार यो कुराको पुष्टि गरेका छन् ।

गत साता आएको समाचारअनुसार दुई देशको बढ्दो तनावबीच अमेरिकाले यस्तो निर्णय लिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दक्षिण अफ्रिकामाथि ‘जातीय घृणाबाट प्रेरित नरसंहारलाई सहयोग पुर्याएको’ आरोप लगाएको छ ।
जसलाई दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले ‘पूर्णतय झूटो प्रचार’ भन्दै अस्वीकार गरेका छन्।
सेनेटको विदेश सम्बन्ध समितिमा बोल्दै रुबियोले सहभागी नहुनुका कारणहरू दिए । ‘कार्यक्रमको कार्यसूची हाम्रो प्रशासनका प्राथमिकतासँग मेल खाँदैन’, उनले भने ।
दक्षिण अफ्रिकाले इरान र चीनजस्ता राष्ट्रहरूसँग व्यापक रूपमा सहकार्य गर्ने गरेको छ । जसलाई अमेरिका रणनीतिक प्रतिद्वन्द्वीको रूपमा हेर्छ ।
‘जब कुनै देश पटक–पटक हरेक विषयमा अमेरिकासँग असहमत रहन्छ, तब तपाईंले त्यसबारे निष्कर्ष निकाल्नैपर्छ,’ उनले भने।
ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक
युक्रेनी सैनिकसम्म पुगेको रुसी सेनाको त्यो आवाज…
जनता महंगीको मारमा परिरहँदा चामल किन्दिनँ, दानले चलेको भनेपछि जापानका कृषि मन्त्रीले गुमाए पद
विशाल कार्य : पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि
दक्षिणी सुडानका आप्रवासी डिपोर्ट गर्ने विषयमा ट्रम्पको चासो
गाजामा अझै राहत वितरण भएन : १४ हजार बालबालिकाको ज्यान जाने राष्ट्रसंघको चेतावनी
आणविक केन्द्रमा प्रहार गर्ने इजरायलको योजना बारे अमेरिकी गुप्तचरको खुलासा
प्रतिक्रिया