सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन
सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
लेखा समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भने, ‘सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत बढेको तथा यस्तो मूल्यवृद्धि अस्वाभाविक देखिएकाले सम्बन्धित मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ । के कति कारणले मूल्य बढेको हो भनेर अध्ययन विश्लेषण गरी सात दिनभित्र पेस गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ ।’
त्यस्तै उपभोग्य वस्तुमा मूल्य निर्धारण प्रणाली विकास गरी कार्यान्वयन ल्याउन पनि समितिले निर्देशन दिएको छ ।
सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छ : मन्त्री भण्डारी
‘नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ’
वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार : शेखर कोइराला
आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह
सकियो रविको बयान, थुनछेक बहस आज नहुने
रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ।
न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ। लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए।
रविविरुद्ध बहस गर्न भैरहवा पुगे वरिष्ठ अधिवक्ता त्रिपाठी
सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु
सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस
‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’
यात्रुसँग यौन प्रस्ताव राखेपछि फन्दामा परे इन्ड्राइभ चालक
खेलौना पेस्तोल देखाएर पैसा माग्ने एक जना पक्राउ
जुनारले पहेँलपुर सिन्धुलीको खनियाँखर्क
धुलिखेल–सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको यति बेलाको मुख्य कोसेली नै जुनार र सुन्तला बनेको छ ।
बिपी राजमार्गमा यात्रा गर्ने सवारी साधनका यात्रुहरू जुनार किन्नैका लागि भए पनि केही समय खनियाँखर्कमा विश्राम गर्ने गर्दछन् ।
यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौं र भारतका विभिन्न सहरसम्म लोकप्रियता पाएको छ । राजमार्गमा जुनारको कारोबारसमेत राम्रो हुँदा त्यस क्षेत्रका किसान र व्यापारीहरूको जीवन स्तर उकासिएको छ ।
पूर्वी तराईका विभिन्न जिल्लाबाट यही राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने दैनिक हजारौँ साना ठूला सवारीका यात्रु नै जुनारको मुख्य ग्राहक हुन् ।
सुदूरपश्चिमका ६ वटा पालिका अझै केन्द्रीय सडक पहुँचभन्दा बाहिर
सुदूरपश्चिममा विद्यार्थी र शैक्षिक संस्था घट्दै
कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप दिइँदै
जंगली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
निर्वाचन आयोगमा ‘दलितका लागि दलित’ अभियानको धर्ना (तस्बिरहरु)
ट्रम्पले कर र प्रतिबन्धको धम्की दिएपछि संवादमा जुटे पुटिन र सी चिनफिङ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यभार सम्हाल्ने क्रममा गरेका घोषणाले विश्व राजनीति तरंगित छ ।
खासगरी अमेरिकाले अन्य शक्ति राष्ट्रलाई हेर्ने दृष्टिकोणलाई लिएर बहस भइरहेका बेला चिनियाँ राष्ट्रपति शी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भिडियो संवाद भएको छ। दुवै नेताहरूबीच द्विपक्षीय सम्बन्धलाई अझै उचाइमा पुर्याउने विकल्पबारेमा कुरा भएको बताइएको छ।
शी चिनफिङले पुटिनसँग ‘रणनीतिक सहयोगलाई अझै ब्यापक बनाउने, आपसी समर्थनलाई मजबुत गर्ने र वैध हितको रक्षा’मा जोड दिएका छन् । मंगलबार ट्रम्पले बेइजिङमाथि कर बढाउने धम्की दिइसकेका छन् । उता रूसलाई यदि युक्रेनविरुद्धको युद्ध रोक्ने सम्झौता नगरेमा मस्कोले ‘ठूलो मुश्किल’को सामना गर्नुपर्ने चेतावनी उनले दिएका थिए ।
बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानामा १० प्रतिशत कर लगाउने कुरामा विचार गरिरहेको बताएका छन् । चीनमाथि थप १० प्रतिशत कर आागमी फेब्रुअरीदेखि लगाउने तयारी ट्रम्पले गरेका छन् ।
ट्रम्पको शपथ समारोहमा खालिस्तानी नेता पुगेपछि भारतलाई तनाव
जापानमा बर्ड फ्लुको सङ्क्रमण बढ्यो
दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचना परिवर्तन गर्ने
बङ्गलादेशको विमानस्थलमा बमको धम्की
अमेरिकी विदेशमन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणा, जलवायु वित्त कार्यान्वयनमा चुनौती
प्रतिक्रिया