आजका समाचार : शिक्षामन्त्रीको राजीनामाबारे बोले प्रधानमन्त्री, शिक्षकद्वारा कक्षा १२ को परीक्षा बहिष्कार र इजरायलले गाजाको सहायता रोक्यो | Khabarhub Khabarhub

आजका समाचार : शिक्षामन्त्रीको राजीनामाबारे बोले प्रधानमन्त्री, शिक्षकद्वारा कक्षा १२ को परीक्षा बहिष्कार र इजरायलले गाजाको सहायता रोक्यो


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

‘म बिरामी छैन, २५ वर्षपछि बुढो हुन्छु, ओलीबिनाको एमाले र एमालेबिनाको देश कल्पना नगरे हुन्छ’
नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यबारे कसैले चिन्ता लिनु नपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको बताए । उनले आफू अस्वस्थ्य नरहेको पनि उल्लेख गरे ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चाबीच ओलीले अहिले नै नेतृत्व नछाड्ने बताएका हुन् ।

‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन । केपी ओलीबिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ’, ओलीले भने, ‘कसैले एमालेबिनाको देशको कल्पना गरेका छन् । ओलीबिनाको एमाले किन खोजेको होला रु तिनको मनसाय राम्रो भए म सरक्क छोड्ने थिएँ । एमालेबिनाको नेपाल हेरौँला, मिसन २०८४ मा झन् बलियो भएर आउनेछौँ ।’

अध्यक्ष ओलीले एमाले अस्तित्वको लडाइँमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने बताए ।

सरकारले पंगु बनाएपछि गभर्नर सिफारिस समितिबाट भट्टराईको राजीनामा

प्रधानमन्त्रीको स्पष्टीकरण- स्वास्थ्यका कारण शिक्षामन्त्रीलाई ठूलो मन्त्रालय सम्हाल्न गाह्रो भयो

वातावरण मन्त्रीले भने- सरकारले थामे बस्तीको पुनः निर्माण अघि बढाउँछ

बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव

थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीले गरे अरुण तेस्रो आयोजनाको अवलोकन

प्रचण्डले फेरि लगाए कम्युनिस्ट एकताको रटान
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दाहालको सचिवालयका अनुसार उनले ‘लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो’, भने।

झलनाथ खनाल भन्छन्- प्रधानमन्त्रीकै कारण शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो

७२ घण्टाभित्र माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने कर्मचारी संगठनको चेतावनी

राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल

प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धालाई सम्मान प्रदान  

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी

उद्घाटनस्थलमै नपुगी फर्किए नेपाल र भारतका मन्त्री, जिल्लिए स्वागतमा बसेका तीन जिल्लाका कर्मचारी

खनालको प्रतिवेदनले पनि औँल्याएको छैन शिक्षकका समस्या
विगत २१ दिनदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । नेपालको शैक्षिक क्षेत्रमै एक तहको समस्या छ । आन्दोलनमा उत्रिएका शिक्षकहरूले आफ्ना पेशागत माग सरकारसमक्ष राखिरहेका छन् ।

लामो अध्ययनपछि केही दिनअगाडि मात्रै अर्थमन्त्री विष्णु पौडेललाई पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदनले शैक्षिक क्षेत्रका समस्या औँल्याएको छ । ती समस्या समाधानका सुझाव पनि सरकारलाई प्रतिवेदनमार्फत् दिइएको छ । तर, शैक्षिक क्षेत्रको जनशक्तिको कमजोरी र समस्याबारे आयोगले खासै टिप्पणी गरेको देखिँदैन ।

नेपालमा पाँच वर्षमाथिको औसत साक्षरता दर ७६.३ प्रतिशत रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको थियो । जसमध्ये मधेशका अधिकांश जिल्लामा साक्षरता दर न्यून र पहाडी जिल्लामा उच्च रहेको तथ्यांकले देखाएको छ ।

त्यही तथ्यांकलाई लिएर आयोगले नेपालमा शिक्षाको विकास असमान प्रकृतिको भएको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै, आयोगले नेपालको पाँच वर्षमाथिको जनसंख्याको २२.१२ प्रतिशतले मात्रै प्रवेशिका वा त्यसभन्दा माथिको शिक्षा हासिल गरेको भन्दै दक्ष मानव संशाधनको न्यूनता देखिने जनाएको छ ।

सरकारले पेल्न खोजेपछि आन्दोलित शिक्षकको निर्णय- कक्षा १२ को परीक्षा बहिष्कार

सार्वजनिक यातायात सञ्चालन सहज नभए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

शिक्षकहरू २१ दिनदेखि सडकमै (तस्बिरहरू)

शिक्षक आन्दोलनले सडक अस्तव्यस्त

प्रशासन कार्यालयमा धर्ना दिन बसे राप्रपा कार्यकर्ता (तस्बिरहरू)

शिक्षामन्त्री बन्ने भनेर मिथ्या प्रचार भयो : सांसद अन्जान शाक्य

अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पुरा
नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ देखि काठमाडौंमा सुरु हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पुरा भएको जनाएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख २५ देखि २९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने मेलाको तयारी पुरा भएको नजाएको हो ।

मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टलहरू सहभागी हुने व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले जानकारी दिए । मेलाले नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न मेलाले सघाउ पुर्‍याउने उनले बताए ।

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीले ज्यान गुमाए

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गोरखाकी मीना

बेगनास तालमा सशस्त्र प्रहरीको कम्युनिटी सर्च एन्ड रेस्क्यु अभ्यास 

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

तीन हजार बढी करदाताले बुझाएनन् विवरण

भीमाद नगरपालिकाका पूर्वमेयर थापाको निधन

ट्रम्पको धम्कीले क्युबेकलाई क्यानाडाको नजिक ल्याउँदै
लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानाडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।

अमेरिकाको उत्तरी छिमेकी विरुद्ध अमेरिकी राष्ट्रपतिको आक्रमण र यसलाई ५१औँ राज्य बनाउने उहाँको घोषित लक्ष्यले देशभरका मानिसहरूलाई २१औँ शताब्दीमा क्यानाडाली हुनुको अर्थ के हो भनेर पुनर्विचार गर्न प्रेरित गरेको छ । उक्त पुनर्विचारलाई आउँदै गरेको सामान्य निर्वाचनले थप प्रोत्साहन दिएको छ ।

अपेक्षाहरू विपरीत क्यानाडाको बहुमतबाट आफूलाई अलग राख्न मन पराउने क्युबेक–फ्रान्सेली भाषी प्रान्त नयाँ देशभक्तिको भावनालाई सबैभन्दा बढी उत्साहपूर्वक अपनाउनेहरू मध्ये एक भएको छ ।

‘यो पागलपन हो, केवल केही हप्तामा मैले धेरै कुरामा विकास गरेको छु– म आफूलाई धेरै क्यानोडाली भएको महसुस गर्दछु’, क्यारोल पोटभिनले स्वतन्त्रता समर्थक ब्लक क्युबेकिस पार्टीको गढ रहेको मन्ट्रियल छिमेकमा कफी पिउँदै बसेर फ्रान्सेली भाषामा भने, ‘हामीले खतरामा परेको महसुस गर्यौं र अमेरिकी शत्रुको सामना गर्न मलाई यो स्पष्ट लाग्छ कि हामी एकजुट हुनुपर्छ ।’

विश्वव्यापी सौर्य ऊर्जा उत्पादन क्षमता ३० प्रतिशतले वृद्धि हुने अनुमान

इजरायलले गाजामा ५० दिनका लागि सहायता रोक्यो : राष्ट्रसङ्घ

प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

विश्व नेताहरू फ्रान्सिसको अन्त्येष्टिमा उपस्थित हुने

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

केन्द्रीय बैंकका प्रमुखविरुद्ध ट्रम्प आक्रामक बन्दा ओरालो लाग्यो अमेरिकी शेयर बजार

विश्वव्यापी सौर्य ऊर्जा उत्पादन क्षमता ३० प्रतिशतले वृद्धि हुने अनुमान





प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ५४ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड