आजका समाचार : दल र जेन-जी दुवैलाई फकाउँदै प्रधानमन्त्री, संसद् पुनर्स्थापनाका लागि कांग्रेस-एमाले मोर्चाबन्दी, जेन-जी आन्दोलनको विध्वंशबारे सेनाको अर्को स्पष्टीकरण र उपग्रह प्रक्षेपणमा असफल भयो जापान « Khabarhub

आजका समाचार : दल र जेन-जी दुवैलाई फकाउँदै प्रधानमन्त्री, संसद् पुनर्स्थापनाका लागि कांग्रेस-एमाले मोर्चाबन्दी, जेन-जी आन्दोलनको विध्वंशबारे सेनाको अर्को स्पष्टीकरण र उपग्रह प्रक्षेपणमा असफल भयो जापान


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको पक्षमा रहेको बताएकी छन्। सिंहदरबारमा सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा लिनुपर्ने धारणा राखेकी छन्।

प्रधानमन्त्री कार्कीले दलहरू र जेनजी प्रतिनिधिको कुरा सुनेपछि भनिन्, ‘कुन दललाई के कुरामा चित्त बुझेको छैन, त्यो आआफ्नो कुरा हो। तर यो देशको सर्वेसर्वा जनता नै हुन्। राजनीतिक दलहरू जनताको सेवक हुन्। अहिले जनताको माग के छ ? जनतामा कस्तो प्रभाव परेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ।’

उनले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर कोही पनि सफल नहुने बताउँदै जनताको मागअनुसार दलहरू सच्चिनुपर्ने वकालत गरिन्।

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् ।

एघारौँ महाधिवेशनबाट निर्वाचित सचिव महेश बस्नेतलाई सिंहदरबारको बैठकमा पठाएर राजनीतिक सन्देश दिएका ओलीले महाराजगञ्ज जाँदा पनि महासचिव शंकर पोखरेल साथमा देखिए ।

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

फागुन २१ को निर्वाचन सार्न नमिल्ने नेकपाको अडान, वर्षमानले भने : खेल सुरू भएपछि नियम फेर्न मिल्दैन

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट

सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा काम सुरु गरेको छ ।

सार्वजनिक यातायातको अव्यवस्था र बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि २०८१ भदौ ५ गते दायर भएको रिटमाथि गत मङ्सिर ३ गते सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गरेको थियो ।

सो आदेश कार्यान्वयनका लागि सोमबारदेखि कार्यालय स्थापना गरी आयोगले काम सुरु गरेको हो ।

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध उक्त समूहले सोमबार बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ ।

आन्दोलनमा सहभागी जेन-जी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

जेन-जीलाई तितरबितर पार्दै प्रहरी, फेरि पक्राउ परे निकोलस र मिराज (तस्बिरहरू)

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

पृथ्वीनारायणको तस्बिरबारे सेनाको जवाफ : राजनीतिक प्रयोग होइन, राष्ट्रिय एकताको सन्देश हो

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाका तर्फबाट सार्वजनिक गरिएको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर प्रयोग गरिएको विषयलाई लिएर भएको आलोचनाप्रति नेपाली सेनाले स्पष्ट प्रतिक्रिया दिएको छ।

जङ्गी अड्डाले सार्वजनिक एक गरेको लेखमा पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता तथा राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गरिएको छ।

जेन-जी आन्दोलनको विध्वंशबारे सेनाको स्पष्टीकरण : मानिसको ज्यानभन्दा ठूलो सिंहदरबार होइन

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् ।

राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा यो दुर्घटना भएको हो ।

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ८ : ०५ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन