संसदभित्र र बाहिर एक ढिक्का भएर प्रस्तुत हुने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले संसदभित्र र संसदबाहिर एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको पदाधिकारी, पूर्व पदाधिकारी, प्रमुख सचेतक-सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले पार्टीमा आन्तरिक केही कुरा भए आइतबार र सोमबार बस्न गइरहेको संसदीय दलको बैठकमा प्रस्तुत गरेर छलफल गर्ने र संसद् र संसद् बाहिर प्रस्तुत हुँदा एक ढिक्का भएर प्रस्तुत हुने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘भोलि र पर्सी संसदीय दलको बैठकमा छलफल गरेर कांग्रेसभित्र रहेका केही कुरा छन् भने दलकै बैठकमा प्रस्तुत गर्ने र एक ढिक्का भएर एउटै आवाजका साथ एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदाखेरि एक ढिक्का भएर प्रस्तुत हुने सहमति भयो । निर्णय भयो,’ बैठकपछि प्रमुख सचेतक घिमिरेले भने ।
बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम–कारबाही, संसद्मा प्रस्तुत भएका विधेयक र प्रस्तुत हुने विधेयक तथा अध्यादेशहरूका बारेमा गृहमन्त्री रमेश लेखकले ‘ब्रिफिङ’ गरेका थिए ।
एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड
८४ पछिमात्रै सरकार परिवर्तन हुन्छ : उपप्रधानमन्त्री पौडेल
कांग्रेसले स्टार्टअप र साना तथा मझौला सम्मेलन गर्दै
नयाँ पुस्तालाई राजनीतिसँग जोड्न आवश्यक : महासचिव पोखरेल
संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाउनुपर्नेमा जोड
‘भारतीय नाकाबन्दी असफल भएकै कारण एमालेमाथि प्रहार भइरहेको छ’
‘अर्थतन्त्र बलियो बनाउन सबै राजनीतिक दल एक हुन आवश्यक’
संगठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी संगठनको शनिबार आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले ‘पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो’, भने।
उनले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु हो भन्दै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट गरे।
रास्वपा कार्यकर्ताद्वारा पूर्वमुख्यमन्त्री रावलमाथि दुर्व्यवहार, छानविन गर्न सचिवालयको माग
अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह
‘कानून अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन’
सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्छ : मुख्यमन्त्री शाह
पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौँ : मन्त्री पाण्डे
उत्पादन र जीवनसँग जोडिने शिक्षा आवश्यक : प्रचण्ड
‘सडकमा माग र खोजी भइरहेको बेला निर्णायक नबने राप्रपालाई इतिहासले धिक्कार्ने छ’
क्रान्तिकारीमा निर्वाचन – पञ्चा सिंहले छाडिन् जनार्दन समूह
नेकपा ९माओवादी केन्द्र०को विद्यार्थी घटक अखिल(क्रान्तिकारी)की निवर्तमान अध्यक्ष पञ्चा सिंहले पार्टी उपमहासचिव जनार्दन शर्मा समूह छाडेकी छन् ।
क्रान्तिकारीको नयाँ अध्यक्ष चुन्न निर्वाचन हुनै लाग्दा सिंहले शर्माको साथ छाडेकी हुन् । कालिकोट निवासी सिंह यसअघि शर्माकै जोडबलमा अध्यक्ष निर्वाचित भएकी थिइन् ।
शर्माको दबाबका कारण अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहलाई अध्यक्ष बनाएका थिए । त्यतिबेला क्रान्तिकारीको अध्यक्षमा सिंहभन्दा सिनियरहरू तिलकराज भण्डारी, दीपक देवकोटा, उत्तम अधिकारी, सुरेन्द्र बस्नेत र विजय गौतम अध्यक्षका आकांक्षी थिए ।
अखिल क्रन्तिकारीको २३ औं नेतृत्व छनोटका लागि मतदान (तस्बिरहरू)
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
गरिबको लागी निःशुल्क निवेदन लेख्न रौतहट एसपीको निर्देशन
नदीजन्य पदार्थको अवैध उत्खनन रोक्ने प्रयास
नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
इजरायलमा बन्दी रहेका करिब २०० प्यालेष्टिनी रेडक्रसको सहयोगमा गाजामा
प्यालेस्टिनी लडाकुहरूले शनिबारको कैदी आदानप्रदानमा चार जना इजरायली महिला बन्धकहरूलाई सुपुर्दगी गर्ने अपेक्षा गरिएको गाजाको एक चोकमा रेडक्रसका चार वटा गाडी आइपुगेको एएफपीका एक संवाददाताले बताएका छन्।
गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चार जना इजरायली बन्धक सैनिकलाई मुक्त गरिने प्यालेस्टिनी स्रोतले जनाएको छ ।
यस विषयमा विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको बताउँदै नाम नबताउने सर्तमा स्रोतले भन्यो, ‘यी कैदीहरूमध्ये १२० जना आजीवन कारावासको सजाय काटिरहेका छन्।
हमासले थप चार इजरायली बन्धकलाई रिहा गर्ने
सुडानको डार्फरस्थित अस्पतालमा ड्रोन आक्रमण, ३० जनाको मृत्यु
युक्रेनको विषयमा वार्ताका लागि रुस तयार
पाकिस्तानमा सन् २०२४ मा जन्मेका १४ लाख शिशु भोकमरीको चपेटामा
अफगानिस्तान सरकारसँग सहकार्य गर्न तयार छौँ : भारत
भारतले दियो किर्गिज सेनालाई प्रशिक्षण
अमेरिकाको मिसिगनले चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक साझेदारी तोड्ने
अमेरिकी राष्ट्रपति ट्रम्प डढेलो प्रभावित लस एन्जलसमा : गर्भनरको कामप्रति आक्रोश
प्रतिक्रिया