आजका समाचार : गगनमाथि खनिए प्रधानमन्त्री, शिक्षक आन्दोलन तनावतिर, रविलाई अर्को संकट र इरानको बन्दरगाहमा विस्फोट | Khabarhub Khabarhub

आजका समाचार : गगनमाथि खनिए प्रधानमन्त्री, शिक्षक आन्दोलन तनावतिर, रविलाई अर्को संकट र इरानको बन्दरगाहमा विस्फोट


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीको आक्रोश- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेले प्रमाणित गर्न सक्छन् ?

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरूलाई त्यस्ता कुराहरू प्रमाणित गर्न चुनौती दिएका छन् ।

मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाज शरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए ।

देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको बताए ।

‘झुटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बरबाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आजकाल निलो रङ्गका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।’

विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहसम्म आपत्कालीन गोदामघर आवश्यक : गृहमन्त्री

लगानी बोर्डद्वारा रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत

सगरमाथा चढ्ने तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीले गरे बिदाइ

शिक्षकबारे महेश बर्तौलाको आरोप- प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरे

सुदूरपश्चिम मानव विकास सूचकाङ्कमा पछि पर्‍यो, सुधार ल्याउने योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री

वार्ता नगरी शिक्षकमाथि सरकारले बल प्रयोग गर्‍यो : शेखर कोइराला

प्रचण्डको निष्कर्ष- देश एक पटक फेरि माओवादीमय हुँदै गयो

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादीमय हुँदै गएको बताएका छन् ।

आइतबार बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले देश प्रचण्डमय भइसकेको बताएका हुन् ।

माओवादीको पक्षमा आएको उभार जोगाउन सकिन्छ कि सकिँदैन भन्नेमात्रै आफूहरूलाई डर रहेको प्रचण्डले बताए ।

‘माओवादी फेरि एक पटक जनतासँग जोडिएको छ, वर्गसँग जोडिएको छ । करोडौँ जनता फेरि माओवादीसँग जोडिए । जनताको उत्साह, कार्यकर्ताको उत्साह देश माओवादीमय भएको देखेँ मैले’, उनले भने, ‘मलाई अलिअलि डर लाग्छ कहिलेकाँही, प्रचण्डमयजस्तो भइरहेको छ अहिले देशै । यसलाई थाम्न सकिन्छ कि सकिँदैन, जिम्मेवारी पूरा गर्न सकिन्छ कि सकिँदैन ? जनताले फेरि भारी बोकाएको महसुस भएको छ ।’

शिक्षकमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखायो : सांसद दाहाल

शिक्षकमाथि सरकारको अपमान पीडादायी र आपत्तिजनक : चन्द्र भण्डारी

शिक्षकहरूलाई सुमनाले भनिन्, ‘सरकारको तानाशाही प्रवृत्तिको विरोध गर्नुस्, दलको सदस्यता त्याग्नुस्’

रास्वपाको कामना- ओली सरकार अहिले नढलोस्, अझै कतिसम्म गिर्छ, हेर्न बाँकी छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार अझै धेरै गिरेको देख्न बाँकी रहेकाले अहिले ढल्न नहुने बताएका हुन् ।

‘गठबन्धन सरकार ढल्नु हुँदैन । गठबन्धनले यसरी नै काम गरिरहनुपर्छ भन्ने हाम्रो कामना छ । अझै धेरै हामीले देख्न बाँकी छ, हामी हेर्न चाहन्छौँ, अझैँ धेरै गिर्न बाँकी छ’, उनले भने, ‘हामी देख्न चाहन्छौँ, त्यसैले गर्दा पनि यो गठबन्धन टिकिरहोस्, नढलोस् ।’

‘सुदन किरातीको मन्त्री पद प्रचण्डले होइन, प्राधिकरणका डीजीले खाइदिए’

राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’ बाट हटाउन माग

ठाकुर गैरेको माग- ज्ञानेन्द्र शाह र उनका सचिवलाई तत्काल कारबाही होस्

राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति संसद्‍मा कांग्रेसको आक्रोश

बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

संसदमा पर्यटनमन्त्रीले भने- नेपाल हवाई सेवा प्राधिकरण विधेयक संस्था टुक्र्याउने होइन

कांग्रेस सांसद बजगाईंको आरोप- देशको पर्यटनक्षेत्र ठूला घोटालाले बदनाम भयो

संवैधानिक परिषद् विधेयक राष्ट्रियसभामा

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबल गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्रको बेहोरा वाचन गरेर सभासमक्ष जानकारी गराएका थिए । त्यसै गरी अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा समेत जानकारी गराएका थिए ।

‘गणतन्त्रवादी शक्तिहरू एक हुनुपर्ने बेला आएको छ’

राष्ट्रियसभा : शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण

रविलाई अर्को संकट : सानो पाइला सहकारी ठगीको मुद्दा पनि अघि बढ्यो, ५ करोड ७४ लाख बराबरको बिगो मागदाबी

पर्साको वीरगञ्जस्थित सानो पाइला बचत सहकारीको रकम अपचलनबारे लामो अनुसन्धान पूरा गरेर जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयलाई दुई दिनअघि प्रतिवेदन बुझाएको छ ।

जिप्रका पर्साले अनुसन्धान पूरा गरेर उक्त सहकारीमा भएको ठगी प्रकरणको फाइल सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार बुझाएको हो ।

पर्सा प्रहरीका प्रवक्ता, प्रहरी एवम् डीएसपी किशोर लम्सालका अनुसार सानो पाइला सहकारीको बचत हिनामिना प्रकरणमा ठगी र सङ्गठित अपराध कसुरमा अनुसन्धान पूरा गरेर फाइल सरकारी वकिलकहाँ पठाइएको हो ।

प्रहरीसँग झडप भएपछि शिक्षक महासंघले बोलायो आकस्मिक बैठक

नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ ।

विगत चैत २० देखी जारी रहेको शान्तिपूर्ण काठमाडौं केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भएपछि महासंघले आकस्मिक बैठक बोलाएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

प्रहरीसँगको झडपमा ५० बढी शिक्षक घाइते, पत्रकार कार्कीको आँखामा चोट

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ ।

बिजलीबजारबाट प्रदर्शनसहित बानेश्वर पुगेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो ।

झडपका क्रममा ५० भन्दा बढी शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै आन्दोलनको समाचार संकलन गर्न बानेश्वर पुगेकि पत्रकार सविना कार्की पनि घाइते भएकी छन् । पानीको फोहोराबाट कार्कीको आँखामा गम्भीर चोट लागेको छ ।

सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा क्यानाडामा ‘धेरै’ जनाको मृत्यु

क्यानाडाको भ्यान्कुभरमा आयोजित सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा ‘धेरै’ जनाको ज्यान गएको छ । भ्यान्कुभरमा फिलिपिनो समुदायले मनाउने लापु–लापु पर्वका अवसरमा आयोजित सडक महोत्सवमा सहभागीलाई लक्षित गरी चालकले सवारी जोतेका थिए ।

भ्यान्कुभरको इस्ट ४१ एभिन्यू र फ्रेजर स्ट्रिटमा स्थानीय समयअनुसार शनिबार राति ८ बजे घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ । घटनामा कति जनाको हताहती भएको भन्ने अझै विवरण दिइएको छैन ।

क्यानाडाको सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

ट्रम्पको चेतावनीपछि ग्रीनल्याण्डका प्रधानमन्त्री डेनमार्क भ्रमणमा

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी

भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

इरानको बन्दरगाहमा भयानक बिष्फोट १४ जनाको मृत्यु

ट्रम्पको पुटिनमाथि शंका : एकै दिन जेलेन्स्कीले भेटे विश्वका शीर्ष नेता

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : १० बजे

भारतीय रक्षा मन्त्रीसँग बाबुरामको भेट, कस्मिर आक्रमणको निन्दा

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम

सहकारी पीडितले सरकारको विरोधमा निकाले अर्धनग्न जुलुस

काठमाडौं- लामो समयदेखि आन्दोलित सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा

शिक्षक आन्दोलनबारे माओवादीसहितका प्रतिपक्षले संसद्‍मा लगे जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं– काठमाडौं- नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले नेपाल शिक्षक महासंघको

उत्तर कोरियाले रुसको कुर्स्कमा सेना तैनाथ गरेको पुष्टि

सियोल– उत्तर कोरियाले पहिलो पटक रुसमा सैनिक तैनाथ गरेको पुष्टि

बाबुरामले दिल्लीमा भेटे भारतीय रक्षामन्त्री सिंहलाई

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतका रक्षामन्त्री राजनाथ सिंहलाई सोमबार