शिक्षक आन्दोलनबारे माओवादीसहितका प्रतिपक्षले संसद्मा लगे जरुरी सार्वजनिक महत्वको प्रस्ताव
नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले नेपाल शिक्षक महासंघको आह्वानमा २७ दिनदेखि जारी आन्दोलनलाई लिएर प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको उक्त जरूरी सार्वजनिक महत्त्वको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवर, आमजनता पार्टीका सांसद प्रभु साह र राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसी समर्थक छन् ।

यी सांसदले विगतमा सरकार र महासंघबीचका सम्झौता कार्यान्वयन मागसहित भइरहेको शिक्षकहरूको आन्दोलनप्रति आफूहरूको गम्भीर ध्यानाकार्षण भएको बताएका छन् ।
समग्र शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण माग राखी स्थानीय तह, प्रदेश र राजनीतिक दलका केन्द्रीय कार्यालय हुँदै शिक्षा तथा मानवश्रोत विकास केन्द्रमा रिले अनशनपछि काठमाडौं केन्द्रित शिक्षक आन्दोलनबारे सरकार गम्भीर नभएको यी पाँच दलको निष्कर्ष छ ।
प्रतिपक्षी दलहरूले विद्यालय शिक्षा जस्तो महत्वपूर्ण विषयप्रति सरकारको बेवास्तालाई ‘गैह्रजिम्मेवारपूर्ण व्यवहारको द्योतक’ को संज्ञा पनि दिएका छन् ।
सांसद योगेश एसियाली फोरम अफ पार्लियामेन्टेरियन्सको युवा समिति अध्यक्षमा निर्वाचित
अमरेशको आरोप- गगन थापाको बेडरुमसम्मै पुग्छन् बिचौलिया
शिक्षकमाथि दमन प्रकरण पुग्यो संसद्मा, विपक्षीले घेरे सरकारलाई
प्रतिनिधिसभा : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
लिङ्देनलाई चुनौती- भाटभटेनी लुटपाटमा सह-महामन्त्रीका छोराको संलग्नता पुष्टि गर्नुस्
आवासीय चिकित्सकले निर्णय भएकै मितिदेखि सरकारी सरह निर्वाह भत्ता पाउने
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ ।
आयोगको गत माघ २५ गतेको १६ औँ बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार सात सय ३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो ।

बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबीबीएस र बीडीएसको सीट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवदन स्वीकार गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीसमक्ष कार्यदलका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले प्रतिवेदन हस्तान्तरण गरे ।
शिक्षकको आन्दोलनमा पुगेका माधव नेपालसहित नेताविरुद्ध उल्टै नाराबाजी
स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री
प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयो : वर्षमान
पदको भारीले प्रधानमन्त्रीको कुर्सी थिलथिलो ! कार्यकारी प्रधानमन्त्रीमा आलङ्कारिक राजाको झल्को
राष्ट्रिय मुक्ति पार्टीद्वारा शिक्षकमाथि भएको दमनको विरोध
पोखरा अन्तराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन समितिमा बुझाइयो
लिङ्देनले बुझाए ‘पोखरा विमानस्थलमा भ्रष्टाचार’को अध्ययन प्रतिवेदन, एमाले सांसद बास्कोटाको फरक मत
राजाको नाममा फुटेका थापा र लिङ्देन राजाकै नाममा जुटे
छुट्टिएको साढे तीन वर्षपछि कमल थापा र राजेन्द्र लिङ्देन नजिकिन थालेका छन् ।
२०७८ मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अप्रत्याशित रुपमा पराजित भएपछि राप्रपा नेपाल ब्युँताएका कमल थापाको राजनीतिक कार्यक्रममा सम्भवतः पहिलो पटक राजेन्द्र लिङ्देन सहभागी भए ।

सोमबार काठमाडौंको रत्नपार्कमा आयोजित कार्यक्रममा राजेन्द्र लिङ्देन पुग्दा राजावादी पंक्ति उत्साहित देखिएको छ ।सडकमै राखिएको कुर्सीमा एकसाथ यी दुई नेता बसेपछि राजा र हिन्दुवादी खुसी भए । कमल थापा सँगैको कुर्सीमा बस्न पुग्दा लिङ्देनले दाजु भनेर सम्बोधन गरेका थिए ।
लिङ्देनको उपस्थितिले थापा पनि हँसिलो मुद्रामा देखिए । २०७८ मंसिरको महाधिवेशनपछि लामो समय नबोलेका यी दुई नेताबीच पहिलो पटक यो तहको सौहार्दता देखिएको हो ।
पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ
राप्रपा नेपालको मञ्चमा उपचार गरेर फर्किएका धवल शमशेरदेखि प्रहरी निगरानीमा रहेका नवराज सुवेदीसम्म
कमल थापाको आयोजनामा राजावादीहरू एकैठाउँ (तस्बिरहरू)
बाबुरामले दिल्लीमा भेटे भारतीय रक्षामन्त्री सिंहलाई
सहकारी पीडितले सरकारको विरोधमा निकाले अर्धनग्न जुलुस
अर्थतन्त्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका : सभापति देउवा
निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति ल्याइनेछ : मन्त्री अधिकारी
सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरू बर्दिबासमा
सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीको सहभागितामा महोत्तरीको बर्दिबासमा ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम आजदेखि सुरु भएको छ ।
मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा सुरु भएको यस कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ(आफ्ना प्रदेशका विकासका अभ्यासहरू, सम्भावना र चुनौतीहरू साटासाट गर्नाका साथै एक प्रदेशले अर्को प्रदेशलाई के(कसरी सहयोग गर्न सकिने भन्ने विषयहरूमा छलफल भइरहेको छ ।

सरकारका भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह र भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे।
उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रसारणलाइन धमाधम
सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति
वर्गीकरण थालेपछी बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं महानगरमा कुकुर बिरालो अनिवार्य दर्ता गर्नुपर्ने
नवलपरासीको सुस्ता झोलुङ्गे पुल जोखिममा
गण्डकी प्रदेशसभाबाट दुई विधेयक प्रमाणीकरण
पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई घाइते
रुसका राष्ट्रपतिले गरे तीन दिने युद्धविरामको घोषणा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेको क्रेमलिनले जनाएको छ ।
किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । साथै, युद्धमा रोक लगाउने कुनै पनि उल्लङ्घनको जवाफ दिन रूस तयार रहेको पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

पुटिनले इस्टरको अवसरमा युद्ध रोक्न पनि यस्तै आदेश जारी गर्नुभएको थियो तर उक्त युद्धविराममा दुवै पक्षले एकअर्कालाई सयौँ पटक उल्लङ्घन गरेको आरोप लगाएका थिए।
‘रुसी पक्षले विजय दिवसको ८० औँ वार्षिकोत्सवको अवसरमा मे ७ को मध्यरातदेखि मे १० को मध्यरातसम्म युद्धविरामको घोषणा गर्दैछ। यस अवधिमा सबै लडाकू अभियानहरू स्थगित गरिनेछ,’ क्रेमलिनले एक विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गरी उल्लेख गरेको छ ।
इरानमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
गाजामा युद्ध फेरि सुरु भएकोमा आईसीआरसी निर्देशक चिन्तित
सय दिनमा घट्यो ट्रम्पको लोकप्रियता
भान कोभर दुर्घटनामा मर्नेको उमेर पाँचदेखि ६५ वर्षसम्म
प्रतिक्रिया