टुँडिखेलमा मनाइयो घोडेजात्रा
राष्ट्रपति रामचन्द्र पौडेल घोडेजात्रा समारोह २०८१ का अवसरमा नेपाली सेनाद्वारा शनिबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी थिए।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वरा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे। सो अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे।
चैत्र कृष्ण औंसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ ।
स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एक हुनुपर्छ : प्रचण्ड
धवलशमशेर पक्राउ परेको पत्र संसद् सचिवालयमा, राज्यविरुद्ध अपराधको मुद्दा
पूर्वराजालाई सिटौलाको प्रश्न- शुक्रबारको हिंसात्मक घटनाबारे धारणा के हो ?
हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’
आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ: महासचिव पोखरेल
पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना, कुन शीर्षकमा कति ?
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै आठ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । महानगरपालिकाले चैत १५ (शुक्रबार) तीनकुनेमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्यायको भन्दै ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।
महानगरले पूर्वराजाको नाम उल्लेख गरेर आठवटा छुट्टाछुट्टै पत्र काटेको छ । खबरहबलाई प्राप्त पत्रहरूमा फरक(फरक शीर्षकमा फरक(फरक जरिवाना रकम तोकिएको छ ।

महाननगरले कोटेश्वर, जडिबुटी, तीनकुने, बालकुमारी, महादेवस्थान र सिनामंगल क्षेत्रमा सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै ६ लाख रुपैयाँ जरिवाना तोकेको छ ।
महानगरले आगो निभाउन प्रयोग भएको न्युरोड वारुण यन्त्रको दमकलमा ढुंगामुढा गरेर तोडफोड गरेको भन्दै एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
कार्यालय जलाउन आएपछि पेस्तोलसहित उत्रिन बाध्य भएका थिए ब्यूरोका प्रहरी
लुटपाट र आगजनीमा संलग्न राजावादी धमाधम समातिँदै
देशभरीबाट राजसंस्थाको पक्षमा आवाज बुलन्द पारौँ : दुर्गा प्रसाईं
पूर्वराजालाई जरिवाना तिराउने कामपाको निर्णय हास्यास्पद : कमल थापा
तीनकुनेमा तोडफोड र विध्वंस : पूर्वराजासहितलाई कम्तिमा १० लाख जरिवाना तिराउने महानगरको तयारी
लुटपाट र आगजनीमा संलग्न राजावादी धमाधम समातिँदै
विवादास्पद धर्मगुरु पुस्कर खतिवडा पक्राउ
तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग
दोषीलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता
गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकरुले शुक्रबार काठमाडौंको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गरेका छन् ।
गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी र गृहमन्त्रालयका उच्चपदस्थ अधिकारी र प्रहरी अधिकृतहरूले आगजनी भएको तीनकुनेस्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोष्ट दैनिक, जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सञ्चारगृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउने बताए। उनले लोकतन्त्रको महत्वपूर्ण अङ्ग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।
गृहमन्त्रीले गरे एकीकृत समाजवादीको कार्यालय निरीक्षण
रवीन्द्र मिश्रसहितलाई मुद्दा अघि बढाउन आइतबार म्याद लिइने
पूर्वराजाबारे सर्वेन्द्रको स्पष्टीकरण- मैले कोही आऊ, देश बचाऊ भनेको छैन
तीनकुने घटनाको नैतिक जिम्मेवारी गृहले लिनुपर्छ : राजेन्द्र महतो
मिडियामाथिको तोडफोड र पत्रकारको हत्याविरुद्ध माइतीघरमा महासंघको विरोध
शुक्रबार पूर्वराजा समर्थकको विरोधप्रदर्शनका क्रममा जलेर एक पत्रकारको निधनको विरोधमा पत्रकार महासंघले माइतीघर मण्डलामा कार्यक्रम गरेको छ। राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको थियो।

राजावादीको उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको हो। उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत थिए।
भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो। जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको थियो।
कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक
आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि वनमन्त्रीले दिए राजीनामा
राजावादीको अराजकता: दुईको मृत्यु, १५ सवारी साधन र १४ ठाउँमा आगजनी, १० लुटपाट
काठमाडौं तीनकुने क्षेत्रमा शनिबार बिहान ७ बजेसम्म कर्फ्यू : के छ अहिलेको अवस्था ?
काठमाडौं तीनकुने क्षेत्रको कर्फ्यू १४ घण्टापछि स्थगित
तीनकुनेमा हिंसा भड्किएपछि सटरमा लुकेका थिए दुर्गा प्रसाईं
नेकपा एसको पार्टी कार्यालय अनुगमनमा पुगे समाजवादी मोर्चाका नेता
क्यानडाको सार्वभौम सत्तामा ट्रम्पको सम्मान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सार्वभौमिकतामा सम्मान गरेको क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बताएका छन्। जारी व्यापार युद्धको समयमा यी दुईबीच भएको फोन वार्तापछि कार्नीले यस्तो बताएका हुन्।
यसअघि ट्रम्पले क्यानडा अमेरिकाको ५१ औँ राज्य बन्नुपर्ने कुरा उठाएपछि यसले क्यानडाका नागरिकमा आक्रोश पैदा गरेको थियो। फोन वार्तालाई कार्नीले सिर्जनात्मक भएको बताएका छन्। ट्रम्पले पनि यो वार्ता उपलब्धि मूलक भएको बताए।

इतिहासदेखि नै क्यानडाका प्रधानमन्त्रीले पदभार ग्रहण गरेपछि अमेरिकी राष्ट्रपतिसँग फोन वार्ता हुने प्रचलन भए पनि १४ मार्चमा पदभार ग्रहण गरेको कार्नीले शुक्रबार मात्र ट्रम्पसँग वार्ता गरेका हुन्।
नयाँ निर्वाचनपछि आर्थिक र अहिलेको घटनाक्रमका विषयमा वार्ता गर्न दुवै देशमा नेता सहमत भएका छन्। क्यानडामा २८ अप्रिलमा निर्वाचन हुँदैछ।
भूकम्प प्रभावित म्यान्मामा भारतीय सहायता पठाइयो
म्यानमा भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो
भारतमा झडपमा १६ माओवादीको मृत्यु
चीनले हरित ऊर्जा रूपान्तरणका लागि हाइड्रोजन प्रविधि उपयोग गर्दै
प्रतिक्रिया