आजका समाचार : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, बालुवाटारमा त्रिपक्षीय छलफल, राष्ट्रियसभा चुनाव माघ ११ मा र रोकिएन गाजामा इजरायली आक्रमण | Khabarhub Khabarhub

आजका समाचार : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, बालुवाटारमा त्रिपक्षीय छलफल, राष्ट्रियसभा चुनाव माघ ११ मा र रोकिएन गाजामा इजरायली आक्रमण


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

बालुवाटारमा त्रिपक्षीय छलफल

सरकारले बुधबार राजनीतिक दल र जेन-जीहरूबीच वार्ता गरिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। जारी छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जनाको सहभागिता रहेको छ ।

निर्वाचनको वातावरण बनाउन पहिलो पटक हुन लागेको यस प्रकारको महत्त्वपूर्ण छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र शिक्षामन्त्री महावीर पुन रहेका छन्।

बैठकमा दलको तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत लगायतका नेताहरूको सहभागिता रहेको छ ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

जेन-जी र सरकारसँगको बैठकमा एमालेले पठाएन शीर्ष नेता, महेश बर्तौला र क्षितिज थेबे सहभागी

बालुवाटारभित्र त्रिपक्षीय बैठक, बाहिर धर्ना (तस्बिरहरू)

सरकार, राजनीतिक दल र जेन-जीबीच बालुवाटारमा छलफल सुरु (तस्बिरहरू)

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन

राष्ट्रपति पौडेल कतार जाँदै

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइ सकेपछि विपक्षीहरूका नाममा कारण देखाऊ आदेश मात्रै दिएको हो ।

भदौ २३ र २४ को जेन-जी उथलपुथलपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेर उनकै सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गरेका थिए ।

पौडेलको उक्त निर्णयविरुद्ध परेका १६ वटा रिटमाथि एकमुष्ट सुनुवाइका क्रममा विपक्षीका नाममा सात दिनभित्र कारण देखाऊ आदेश सर्वोच्चले दिएको हो ।

विभिन्न अधिवक्ता र विद्यार्थीलेसमेत हालेको १६ वटा रिटमाथि प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोज शर्माको इजलासमा सुनुवाइ हुँदा अन्तरिम आदेश दिन अस्वीकार भएको हो ।

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

राजुनाथ पाण्डे निलम्बनमै रहने, उच्चले खारेज गरिदियो रिट निवेदन 

ज्ञानेन्द्र शाहीले भने- जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा जानुको अर्थ छैन

आगजनी तथा लुटपाटमा संलग्नलाई कारबाही गर्नुपर्छ : आयोग अध्यक्ष कार्की

पार्टी विभाजनको औचित्य पुष्टि भएको छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु भएको छ । बैठकको आरम्भ गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेन-जी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट आफूहरू अलग भएपछि चार वर्षको अवधिमा भएका कामले पार्टी विभाजनको औचित्य पुष्टि भएको जिकिर गरे ।

सो पार्टीका सम्मानित नेता झलनाथ खनालले विभाजनको औचित्य पुष्टि नहुँदै कुनै अर्को दलसँग एकतामा जाने प्रस्ताव आएको विषयमा गम्भीर छलफल हुनुपर्ने धारणा व्यक्त गरे ।

निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुन्छ : प्रवक्ता महत

दिवंगत पत्रकार सुरेश रजकको परिवार भेट्न पुगे सञ्चारमन्त्री खरेल

आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गरौँ : प्रचण्ड 

ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

सञ्चारमन्त्री खरेलले भने- अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन

स्वास्थ्यमन्त्री शर्माको नेतृत्वमा पहिलो बैठक सम्पन्न, मुख्य तिन विषयमा निर्णय

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली

नेत्रविक्रम चन्द ‘विप्लव’ भन्छन्– ‘चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ’ 

सरकारी सुरक्षाबिना केन्द्रीय कमिटी बैठकमा पुगे माधव नेपाल (तस्बिरहरू)

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताए ।

आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उनले बताए ।

उनले मंसिर ७ गते दिल्लीमा दलहरू र माओवादीबिच १२ बुँदे सम्झौता भएको र त्यही कारण मुलुक अप्ठेरो अवस्थामा आइपुगेकाले मंसिर ७ गते देखि नै आन्दोलन सुरु गर्न लागेको उल्लेख गरे ।

पाल्पामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

डेडिकेटेड लाइन विवाद : उद्योगमा बिजुली काटेपछि थप २ सय मेगावाट विद्युत् खेर

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

निजी स्वास्थ्य क्षेत्रमा उत्पन्न परिस्थितिप्रति अफिनको ध्यानाकर्षण

आन्दोलनबारे छलफल गर्न मानव अधिकार आयोग पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

गत सोमबारदेखि परेको हिमपात रोकिएको छ। मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका लागि सहज बन्दै गएको छ ।

मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल र ८ नम्बर वडास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत थोराङ्ला भञ्ज्याङको पदयात्रामा आएका पर्यटक यात्रामा असहज भएपछि फर्किन थालेका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । उनका अनुसार आज बिहानैदेखि सडकमा थुप्रिएको हिउँ हटाएपछि पर्यटक फर्कन थालेका छन् ।

रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

सुरक्षाकर्मीले पन्छाए मुक्तिनाथ मन्दिर परिसरको हिउँ

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

मुस्ताङमा आज पनि भारी हिमपात

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

निरन्तर हिमपात : ‘हिडन भ्याली’मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा

सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह

रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द 

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

शेख हसिनाको चेतावनी- अवामी लिगबिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएकी छन् ।

उनले एएफपीलाई पठाएको लिखित प्रतिक्रियामा, आफ्नो पतनपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गरिन् ।

सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि उनको १५ वर्ष लामो शासन अन्त्य भएको थियो । भीडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेका थिइन्। संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलनमा दमनका क्रममा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो । यो अहिले उनीमाथि चलिरहेको मुद्दाको केन्द्र विषय बनेको छ ।

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए

गाजामा भएको इजरायली आक्रमणमा परी ६० जनाको मृत्यु

ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भने– “संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण”

‘चीनले सैन्य प्रयोजनका लागि ताइवान स्ट्रेमा नागरिक जहाजको प्रयोग गर्‍यो’

पाकिस्तानमा बालश्रम शोषणको अवस्था भयावह

पाकिस्तानको बलोचिस्तानमा दुई जना पक्राउ, जबरजस्ती बेपत्ता पारिएको परिवारको आशङ्का
























 









प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ४४ बजे

एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि

काठमाडौँ- बुधबार साँझ बालुवाटारमा सकिएको सरकार, राजनीतिक दल र जेन–जीका

वेस्ट इन्डिजले एक खेल अगावै जित्यो बङ्गलादेशविरुद्धको टी–२० सिरिज

ढाका – वेस्ट इन्डिजले बङ्गलादेशविरुद्धको दोस्रो टी–२० खेलमा १४ रनको

त्रिपक्षीय छलफलमा एमालेले भन्यो– संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ

काठमाडौं– नेकपा एमालेले संसद् पुर्नस्थापना गरेर जेनजीलाई सँगै लैजान सकिने

बालुवाटार बैठकमा जेन्जीको प्रस्तावमा जेनजीकै खण्डन

काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार, दल र जेनजीका

बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बिहीबार अपराह्नदेखि