आजका समाचार : निम्सदाइको निधन, कांग्रेस इतरले राष्ट्रिय भेला गर्ने, दीपमाला बनिन् मिस नेपाल र मध्यपूर्वमा तनाव जारी « Khabarhub

आजका समाचार : निम्सदाइको निधन, कांग्रेस इतरले राष्ट्रिय भेला गर्ने, दीपमाला बनिन् मिस नेपाल र मध्यपूर्वमा तनाव जारी


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

निर्मल पुर्जाको निधन
चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परी बेपत्ता भएका पुर्जाको निधन भएको पुष्टि भएको हो ।

एलिट एक्सपेडले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् पुर्जाको निधन भएको जानकारी दिएको हो ।

बिहीबार क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लिरहेका बेला १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली हिमपहिरोमा परेको थियो। विश्वप्रसिद्ध बेलायती–नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको नेतृत्वमा रहेको उक्त टोलीसँग त्यसयता सम्पर्क टुटेको थियो।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उक्त अन्तर्राष्ट्रिय टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र अन्य सदस्य सहभागी थिए।

अलविदा निम्सदाइ !

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन
नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ।

शनिबार चूनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिइएको हो। मूल आयोजक समितिसँगै १६ वटा विभिन्न उपसमिति समेत गठन गरिएको नेता कोइरालाले बताए।

कांग्रेसलाई वैचारिक, नीतिगत र संगठनात्मक रूपमा सबल तथा सक्षम बनाउने उद्देश्यसहित राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको कोइरालाले बताए। उनका अनुसार भेलामा पार्टीको वर्तमान अवस्था, मुलुकमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक विषयसँगै नागरिक जीवनसँग जोडिएका गम्भीर सवालमा गहन छलफल गरिनेछ।

पार्टीभित्र एकताका लागि निरन्तर प्रयास, धैर्यता र पहल गरिए पनि पदमा रहेका नेतृत्वबाट अपेक्षित भूमिका देखिन नसकेपछि नेता, कार्यकर्ता, जनप्रतिनिधि र शुभेच्छुकमा देखिएको चिन्ता तथा निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्नुपरेको कोइरालाको भनाइ छ।

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

राहदानी आवेदन फाराम शुक्रबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि
दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् ।

पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको हो ।

आर्या निशांत मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए ।

ढकालले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधि पनि जितेकी थिइन् ।

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु
एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट ग्यास बिक्री वितरण सुरु गरेको छ।

निगमले शनिबारदेखि १४ दशमलव २ केजी क्षमताका ग्यास सिलिन्डर बिक्री गर्न थालेको हो। काठमाडौं उपत्यकामा बजार आपूर्ति गर्ने केही ग्यास उद्योगका सिलिन्डरको माग उच्च भएपछि निगमले वैकल्पिक व्यवस्थास्वरूप बिक्री सुरु गरेको जनाएको छ।

निगमका अनुसार नेपाल ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर टेकु कार्यालयबाट बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।

निगमले बिक्री सुरु गरेसँगै उपभोक्ताहरू ग्यास खरिदका लागि टेकु पुगेका छन्। पछिल्लो समय बजारमा ग्यास अभाव भएको गुनासो आएपछि निगमले सबै ग्यास उद्योगीलाई बजारमा सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति
सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले जानकारी दिए ।

गृहमन्त्रीका अनुसार सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर दाहसंस्कार गरिने सहमति भएको छ। दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने सहमति भएको छ ।

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी

अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गर्ने योजना बनाइरहेको एक रिपोर्टले जनाएको छ।

अमेरिकी समाचार पोर्टल एक्सियोसले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वासिङ्टनका युद्धविरामसम्बन्धी सर्त स्वीकार गर्न बाध्य पार्ने रणनीतिअन्तर्गत यस्तो योजना बनाइरहेको जनाएको हो। यद्यपि, ट्रम्पले यस विषयमा अन्तिम निर्णय भने गरिनसकेको रिपोर्टमा उल्लेख छ।

रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूबीचको छलफल इरानी पूर्वाधार र ऊर्जा सुविधालाई लक्षित सम्भावित आक्रमणमा केन्द्रित छ। प्रस्तावित सैन्य अभियानको उद्देश्य जारी युद्धविराम वार्ताका क्रममा इरानमाथि दबाब बढाउनु रहेको जनाइएको छ।

अमेरिकी रिपोर्टहरूका अनुसार इजरायल पनि सम्भावित अभियानमा सहभागी हुन सक्ने देखिएको छ। यस्तो संयुक्त कारबाही भएमा इरानले इजरायल वा क्षेत्रका अमेरिकी सैन्य आधारमाथि थप क्षेप्यास्त्र आक्रमण गर्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ।

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

















प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ७ : ५३ बजे

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको