सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण लेदोले थुनिएका जलविद्युत् आयोजनाका सुरुङमा तत्काल उद्धार सम्भव नभएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले बाढीले सुरुङ पूर्ण रूपमा थुनिएकाले उद्धारका लागि अनुकूल अवस्था पर्खनुपर्ने बताए।

उनका अनुसार भोटेकोशी र त्रिशूली क्षेत्रमा थुनिएका सुरुङ पहिरोका कारण नभई बाढीसँगै आएको लेदोले भरिएका हुन्। यस्तो प्रकृतिको घटना विश्वमै नयाँ भएकाले तत्काल उद्धार गर्न सक्ने प्रविधि नेपालसँग नरहेको उनको भनाइ छ।
प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड
भीष्मराज आङ्देम्बे भन्छन् : सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ सरकारको अमानवीय व्यवहार
बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन
देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)
कांग्रेस देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्ने, भदौ २५ भित्र जिल्ला अधिवेशन तयारी समिति बनाइसक्ने
नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाएको छ।
देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बुधबार बसेको दोस्रो बैठकले महाधिवेशनदेखि वडा तहसम्मका अधिवेशनको प्रस्तावित कार्यतालिका तय गरेको हो।

समितिले आगामी भदौ १८ गतेभित्र महाधिवेशन तयारीका लागि चारवटा समिति गठन गर्ने प्रस्ताव गरेको छ। केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ र आदिवासी जनजाति महासंघका तदर्थ समिति गठन गर्ने प्रस्ताव पनि बैठकले गरेको छ।
गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)
संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव
गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको रसुवाका दुई क्षेत्रमा १०५ जनाको शव भेटएको छ।
नेपालले बनाएको टिमुरेस्थित सुख्खा बन्दरगाह क्षेत्रदेखि माथि घट्टेखोलासम्म भोटेकोशीका दुवै किनारमा १०५ जनाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रुमख डीएपी अशोक थापाले ती दुई क्षेत्रका विभिन्न स्थानमा केही दिनयता गरिएको खोजीका क्रममा १०५ वटा शव भेटिएको बताए ।

‘टिमुरेको एकै स्थानमा ती शव भेटिएका होइनन् । हेलिकप्टरबाट खोजीका क्रममा टिमुरेदेखि घट्टे खोलासम्मको माथिल्लो क्षेत्रमा छरिएको अवस्था फेला परेका हुन्’, उनले भने, ‘ती शवमध्ये केही बाढीले बगाएर ल्याएका हुन् भने केही त्यहीँका घरमा लेदोले पुरिएको अवस्थामा भेटिएका हुन्। हामीले तीन दिनयता संकलन गरेका शव नुवाकोट हुँदै काठमाडौं पठाइसकेका छौँ।’
बाढी प्रभावित क्षेत्रमा दैनिक उडिरहेछन् डेढ दर्जन हेलिकप्टर (तस्बिरहरू)
रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्यो, एउटामा अझै संघर्ष
रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !
रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको खुलेको छ। द फाइनान्सियल टाइम्स को एक प्रतिवेदनअनुसार सन् २०२३ देखि सञ्चालनमा रहेको ‘सी४३०एल’ नामक बहुवर्षीय कार्यक्रममा रुसी मिसाइल विशेषज्ञहरू संलग्न छन्।

प्रतिवेदनअनुसार उक्त कार्यक्रमअन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कैयौँ गुणा तीव्र गतिमा उड्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको छ।
रुसी पत्राचार, यात्रा विवरण तथा सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनले अमेरिका, इजरायल र इरानबीच सैन्य तनाव तथा द्वन्द्व जारी रहेका बेला पनि उक्त कार्यक्रम सञ्चालनमा रहेको देखाएको छ।
भारत, इजरायल र युरोपलाई जोड्ने आर्थिक करिडोर : मध्यपूर्वको सबैभन्दा ठूलो तर ओझेलमा परेको रणनीतिक कथा
रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न
इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी
म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास
जेलेन्स्कीको चेतावनी : रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने
विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै












प्रतिक्रिया