साप्ताहिक ब्रिफिङ : कांग्रेस महाधिवेशन फेरी सर्‍यो, पाँच नेताको फरक मत, लेखकमाथिको प्रतिबन्ध हट्यो, ओलीलाई बयानमा बोलाइँदै, पूर्वमन्त्री गुप्ता जेलतिर र किमकी छोरी उत्तराधिकारी « Khabarhub

साप्ताहिक ब्रिफिङ : कांग्रेस महाधिवेशन फेरी सर्‍यो, पाँच नेताको फरक मत, लेखकमाथिको प्रतिबन्ध हट्यो, ओलीलाई बयानमा बोलाइँदै, पूर्वमन्त्री गुप्ता जेलतिर र किमकी छोरी उत्तराधिकारी


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा दुई महामन्त्रीसहित ५ नेताले फरक मत राखेका छन् ।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको नयाँ कार्यतालिकासहितको प्रस्ताव पारित गर्दा पाँच नेताको फरक मत आएको हो ।

चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले राखेको प्रस्ताव पास भएको सन्दर्भमा महामन्त्री गगनकुमार थापाले आफूसहित पाँच नेताले फरक मत राखेको बताए ।

कांग्रेस महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका

एमालेपछि कांग्रेस पनि पुरानै नेतृत्व लिएर चुनावतिर, महाधिवेशन आगामी वैशाख अन्तिमसम्म धकेलियो

विश्वप्रकाशको दाबी : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ, कांग्रेस फुट्दैन

कांग्रेस महाधिवेशन अब वैशाख २८-३१ मा गर्न प्रस्ताव, कार्यसमितिको अवधि जेठसम्म लम्ब्याउने तयारी

विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए

रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली

अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ । विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका हुन् ।

नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गरेको विभागले जनाएको छ ।

उक्त सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले अध्यागमन सुधारको रणनीतिक योजना अन्तर्गत विदेशी नागरिकहरूको नेपाल बसाइको सूचना व्यवस्थापनलाई नजितामूखि बनाउन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

नागरिक बचाउ अभियानसँगको वार्ता सकारात्मक : मन्त्री खरेल

निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार लागिसकेको छ : गृहमन्त्री 

बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद रहेको बताएका छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलिक बाठै भन्ने ठानेको तर निर्णय देख्दा हस्यास्पद रहेको उनले बताए ।

‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ । प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होलान् भन्ने ठानेको तर त्यस्तो होइन रहेछ’ रवि लामिछाने र शाहबीच भएको सम्झौताप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने,‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री रु यो अस्ति सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो यो ।’

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ

बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

यी हुन् कांग्रेसबाट समानुपातिकमा समावेश ११० उम्मेदवार (सूचीसहित)

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण

निर्वाचन आयोगले निर्वाचन खर्चसम्बन्धी विषयमा हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘निर्वाचन आयोगले दुःख दियो’ र ‘चुनावी खर्च लुकाउने उम्मेदवार उठ्न नपाउने’ जस्ता शीर्षकमा आएका समाचार भ्रामक भएको आयोगको भनाइ छ।

निर्वाचन ऐन, २०७३ को दफा ३१ अनुसार खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको आयोगले स्पष्ट पारेको छ। तोकिएको मितिमा सम्बन्धित निर्वाचन कार्यालयमा जरिवाना रकम बुझाउने उम्मेदवारका हकमा उम्मेदवारी बदर गर्ने वा थप कारबाही नहुने पनि आयोगले जनाएको छ।

आयोगले सम्मानित अदालतबाट अन्यथा आदेश भएका उम्मेदवारको हकमा भने अदालतको आदेशअनुसार नै प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तथ्यमा आधारित सूचना प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

खालिदाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले आज थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो ।

आज जनकपुरधामस्थित मधेस भवनमा छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख डा। सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयले जिम्मेवारी पाएका छन्।

शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गर्न माग

विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा. निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षाका निम्ति राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जनाएको छ । ‘निजहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनशनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्‍याउन र उनीहरूको जीवनरक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत विभिन्न मागसहित उनीहरू अनशनमा रहेका आयोगले जनाएको छ । ‘आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रा समेत घटेको पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य अवस्था कमजोर बनेपछि भुसाल र विष्टलाई बुधबार नेपाल चिकित्सक संघको पहलमा अस्पतालमा लगेर भर्ना गरिएको छ ।

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

किम जोङ उनकी छोरी उत्तराधिकारी हुने सङ्केत

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले पारिवारिक समाधिमा गरेको पहिलो सार्वजनिक भ्रमणलाई लिएर उनको सम्भावित उत्तराधिकारीको रूपमा स्थान बलियो बनाउने कदमका रूपमा विश्लेषकहरूले हेरेका छन् ।

नयाँ वर्षको दिन बिहीबार सम्पन्न उक्त भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ सङ्केत दिएको बताइएको छ । करिब १३ वर्षकी किम जु ए नाम भएकी किशोरीले प्योङयाङस्थित कुमसुसन प्यालेस अफ द सनमा आफ्ना आमाबुबासँगै उपस्थित भई गहिरो सम्मान प्रकट गरेकी थिइन् । यही दरबारमा उनका दिवङ्गत जिजुहजुरबुबा किम जोङ इल र हजुरबुबा किम इल सुङको शव संरक्षण गरी राखिएको छ ।

संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित

मदुरो वार्ताका लागि खुला, सीआईए हमलाबारे मौन

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी ९बिएनपी० की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।

पार्टीले जारी गरेको विज्ञप्तिमा उनको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहेकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।

खराब स्वास्थ्य अवस्थाका बाबजुद पनि जियाले आगामी फेब्रुअरी २०२६ मा तय गरिएको आम निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उक्त निर्वाचन गत वर्ष दीर्घकालीन प्रतिद्वन्द्वी शेख हसिनाको सरकार जनविद्रोहपछि पतन भएपछिको पहिलो आम चुनाव हो । बिएनपीलाई यस निर्वाचनमा प्रमुख अग्रपङ्क्तिको दलका रूपमा हेरिएको थियो र धेरैले जियाको नेतृत्वमै पार्टी चुनाव जित्ने विश्वास गरेका थिए ।

ताइवानतिर चीनले हान्यो रकेट

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ८ : ०८ बजे

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

काठमाडौँ- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ

५११ प्रहरी नायव निरीक्षकको सरुवा, १७० को बढुवा (हेर्नुहोस् सूची)

काठमाडौं- नेपाली प्रहरीको जनपथ समूहतर्फ ठूलो संख्यामा प्रहरी नायब निरीक्षकको

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी

सियोल – दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक

यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिका निर्णयहरू

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका