आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे « Khabarhub

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ
प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व क्षेत्रमा गहिरिँदै गएको तनावप्रति सरकार गम्भीर र सतर्क रहेको बताएकी छन्।

देशवासीका नाममा सोमबार सम्बोधन गर्दै उनले इरान र वरपरको विकसित घटनाक्रमले चिन्ता बढाएको उल्लेख गरिन्।

नेपाल सरकारले पछिल्ला घटनाहरूलाई सूक्ष्म रूपमा नियालिरहेको उनले बताइन्। विशेषगरी त्यहाँ रोजगारी र विभिन्न कारणले बसोबास गरिरहेका नेपाली नागरिकको सुरक्षा सरकारको प्राथमिक चासोमा रहेको उनले स्पष्ट पारिन्।

उनले मध्यपूर्वमा रहेका सबै नेपाली नियोगहरूलाई आवश्यक सुरक्षा सहजीकरणमा सक्रिय बनाइएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयमार्फत निरन्तर अनुगमन भइरहेको बताइन्। कुनै आकस्मिक परिस्थिति उत्पन्न भएमा आवश्यक कदम चाल्न सरकार तयार रहेको उनको भनाइ छ।

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यक : राष्ट्रपति पौडेल

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

रोल्पामा एमाले र रास्वपाबीच चुनावी तालमेल प्रयास असफल


नेपालको चुनावमा बाह्‍य लगानी र भारत-चीनसँगको सम्बन्धबारे केपी ओलीले भने ?
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो राजनीतिक जीवनको कठिन चुनौतीको सामना गरिरहेका छन्।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कडा टक्कर दिइरहेका छन्।

यो क्षेत्र ओली र नेकपा एमालेको परम्परागत गढ मानिन्छ, तर यसपटक युवा तथा नयाँ पुस्ताको आकर्षण बालेनतिर देखिएको छ। ओलीले चुनावी अभियान तीव्र बनाउँदै घर-घर, टोल-टोल पुगेर मतदातासँग भेटघाट गरिरहेका छन्।

सोमबार पनि उनी मतदातामाझ पुगेका थिए, जहाँ एक भारतीय पत्रकारले उनलाई नेपालको आगामी निर्वाचनमा बाहिरी शक्तिको हस्तक्षेपबारे प्रश्न गरे।

गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

रुपन्देही–२ मा कसैसँग तालमेल गर्ने नीति लिएको छैन : राप्रपा

प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा हुनुपर्छ : नेता गुरुङ

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

वसन्तपुर दरबार स्क्वायरमा होलीको रौनक (तस्बिरहरू)
काठमाडौंको ऐतिहासिक क्षेत्र वसन्तपुर दरबार स्क्वायरमा होली पर्वको रौनक देखिएको छ ।

रंग, अबिर र पानीसँगै युवायुवतीदेखि बालबालिकासम्म उत्साहका साथ सहभागी भएका छन् ।

पर्यटकको उपस्थितिले पनि क्षेत्र थप रंगीन बनेको छ । सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ भने स्थानीय व्यवसायीहरूमा पनि चहलपहल बढेको छ ।

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

तस्बिरमा हेर्नुहोस् वसन्तपुरमा होलीको उल्लास

वसन्तपुरमा विदेशी पर्यटकसहितले मनाए होली (तस्बिरहरू)

यसरी मनाइँदै छ उपत्यका र पहाडमा होली (तस्बिरहरू)

 इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ।

अल जजीराको लाइभ ट्र्याकर सबैभन्दा बढी ५५५ जना इरानमा मारिएका छन् । इरानसहित विभिन्न देशमा युद्धका कारण मारिनेको संख्या ६०६ पुगेको छ।

अमेरिका-इजरायलले थालेको युद्धपछि इरानले प्रत्याक्रण गर्दा मध्यपूर्वका विभिन्न देशहरूमा हताहत हुनेको संख्या चुलिँदै गएको हो ।


इरान – मृत्यु : ५५५, घाइते : सयौँ

संयुक्त अमेरिकी–इजरायली आक्रमणमा इरानका १३१ जिल्लामा हालसम्म कम्तीमा ५५५ जनाको मृत्यु भएको छ । इरान रेड क्रिसेन्ट सोसाइटीले जनाएअनुसार एउटा विद्यालयमा भएको आक्रमणमा नरसंहार नै भएको छ।

सबैभन्दा घातक घटना दक्षिणपूर्वी सहर मिनाबमा भएको छ, जहाँ एक बालिका प्राथमिक विद्यालयमा गरिएको आक्रमणमा ठूलो संख्यामा बालबालिका मारिएका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केर्मानपुरका अनुसार आइतबार भएको उक्त आक्रमणमा करिब १८० बालिकाको ज्यान गएको छ।

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा इरानको मिसाइल आक्रमण

कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसे

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

बङ्गलादेशको महिला टोली पहिलो पटक एसियन कपमा

मध्यपूर्व तनाव : इजरायली–अमेरिकी आक्रमणमा ५५५ इरानीको मृत्यु, एक चिनियाँ नागरिक पनि मारिए

साउदी अरबस्थित विश्वकै ठूलो अरामको तेल रिफाइनरीमा इरानको हमला
























प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ७ : ५६ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा