अर्थसंक्षेप : भेनेजुयलाको असर नेपालमा नपर्ने, १० अंकले घट्यो नेप्से र होटेल फरेस्ट इनलाई आईपीओको अनुमति « Khabarhub

अर्थसंक्षेप : भेनेजुयलाको असर नेपालमा नपर्ने, १० अंकले घट्यो नेप्से र होटेल फरेस्ट इनलाई आईपीओको अनुमति


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भेनेजुयलामा पैदा भएको संकटबाट नेपालको वैदेशिक व्यापारमा कस्तो असर पर्ला ?

शनिबार अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई सैन्य आक्रमण गर्दै कब्जामा लिएपछि त्यहाँ गम्भीर राजनीतिक संकट पैदा भएको छ ।

विश्वमा तेल उत्पादकमध्ये एउटा महत्वपूर्ण राष्ट्रको रूपमा रहेको भेनेजुयलामा अमेरिकी आक्रमणपछि कतिपय देशसँगको सम्बन्ध र व्यापारमा उतारचढाव आउने अनुमान गरिएको छ । तर, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भने सो देशसँगको सम्बन्ध न्यून अवस्थामा रहेको देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनामा भेनेजुयलाबाट नेपालमा जम्मा ३९ लाख २९ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको थियो भने नेपालबाट ३१ लाख ५९ हजार रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपालको ८ खर्ब ८२ अर्ब ६९ करोड बढीको वैदेशिक व्यापार भएकोमा भेनेजुयलासँगको व्यापार भने निकै नगन्य मात्रामा रहेको देखिन्छ । जसले गर्दा भेनेजुयलामा पैदा हुने राजनीतिक वा आर्थिक संकटको प्रत्यक्ष ठूलो असर नेपालमा नपर्ने अनुमान गर्न सकिन्छ ।

होटेल फरेस्ट इनले पायो आईपीओको अनुमति

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै

साताको पहिलो दिन १० अंकले घट्यो नेप्से

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अंकले घटेको छ । ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६१०.६३ बिन्दुमा पुगेको हो ।

आज नेप्से घटेसँगै कारोबार भएका १७१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा विन लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने न्यादी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । आज नेप्सेमा सबैभन्दा धेरै एसवाई प्यानलको टर्नओभर भएको थियो ।

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

रसुवागढी भन्सार : धमाधम सरसामान तथा सवारीसाधन आयात

स्थानीय पहिचान झल्काउने थरिथरिका ‘स्तम्भ’

कोटगढीको संरक्षण र प्रवर्द्धन गर्दै पौवादुङमा गाउँपालिका

भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ ।

आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यसहित गाउँपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो ।


गाउँपालिकाको सदरमुकाम नजिकै अवस्थित कोटगढी क्षेत्रमा पुग्न सहज पहुँच सुनिश्चित गर्न पालिकाको ३५ लाख बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहित पदमार्ग निर्माण गरिएको छ । यसले स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको सुविधा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्न गाउँपालिकाले विशेष योजना बनाएर काम गरिरहेको छ ।

काठमाडौं महानगरद्वारा दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मान

आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै

कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै






प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : २० बजे

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल,

काठमाडौं– तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना

सेमिफाइनलमा अर्जेन्टिनाको जित छायामा पार्ने कट्टर दुश्मनी

काठमाडौं – विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-० ले हराउनु

कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी, घरमै पसे व्यापारीमाथि गरेका थिए कुटपिट

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरूद्व बिहीबार पक्राउ पुर्जी जारी

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार