राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ
राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र जीविकोपार्जनका आधार गुमाएका नागरिकको पीडा गहिरो रहेकाले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताएका छन्।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नलिई समस्या समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा बुझ्न सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गरेका हुन्।

राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार, खोजी, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सरकारबाट स्थानीय तहलगायत राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेकोमा आफू विश्वस्त रहेको बताए।
‘यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ।
रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल
भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)
चिलिमे जलविद्युत् आयोजनामा अझै उद्धारको सम्भावना, सुरुङ खोल्न ब्लास्टिङ सुरु
गत भदौ १० गते बुधबार आएको बाढीका कारण तहसनहस भएको रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाबाट अझै पनि फसेका व्यक्तिहरूको उद्धारको सम्भावना कायमै रहेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर ढकालले सोमबार यसबारे जानकारी दिएका हुन्।

उनी र उक्त पार्टीको खानी तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपाने दुई दिनअघि नै रसुवास्थित २२.१ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा पुगेका थिए।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङ थुनिएको छ। सुरुङभित्र फसेका कम्तीमा आधा दर्जन कर्मचारीको अहिलेसम्म उद्धार हुन सकेको छैन
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग
‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना
विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू
सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो
बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म
सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीपीडित व्यवसायीका लागि राहत, कर छुट, भन्सार महसुल छुट, ऋण तथा ब्याजमा सहुलियत र बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको हो ।

नेपाल–चीन सीमाक्षेत्रमा यहि भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा उद्योग, व्यापार, व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले व्यवसाय पुनरुत्थानको पहिलो चरणअन्तर्गत यस्तो प्याकेज ल्याएको हो ।
बाढीका कारण मर्मत तथा सम्भार गर्न नसकिने गरी क्षतिग्रस्त भएका वा बाढीले बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानी साधनका धनीलाई सरकारले राहत दिने भएको छ ।
भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू)
भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन
माइतीघरमा बिलौना : १३ दिन बित्यो, त्रिशूलीमा फसेका आफन्तको अझै उद्धार भएन
भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो ।
यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि टिपाइ गर्न पाइने निर्णय भएको थियो । आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाइ गर्न पाइने गरी खुल्ला गरिएको छ ।
मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिअन्तर्गत पर्छन् । अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचीअन्तर्गत पर्दछन् ।

मुस्ताङी स्याउको ‘ब्रान्ड’लाई जोगाई राख्न जिल्लास्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो । जिल्ला समन्वय समिति, मुस्ताङको अगुवाइमा सराकोरवाला कार्यालय र मुस्ताङका अगुवा कृषकहरू सम्मिलित जिल्लास्तरीय बैठकले छिटो पाक्ने स्याउ र ढिलो पाक्ने स्याउको टिपाइ गर्न पाइने समय कार्यतालिका निश्चित गरेका छन् ।
समिति प्रमुख माया गुरुङले आजदेखि मुस्ताङका सबै प्रजातिका स्याउ टिपाइ गर्न खुल्ला भएको जानकारी दिइन् ।
इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु
शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् ।
आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व समाधानका लागि रोकिएको शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उनले बताए ।

जेलेन्स्कीले युक्रेनले हवाई प्रतिरक्षा तथा ऊर्जा क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गरे। साथै अमेरिकी तरलीकृत प्राकृतिक ग्यासको पर्याप्त आपूर्ति र त्यसको उपयोगका सम्भावनाबारे पनि आफूहरूले आशा राखेको उनले बताए।
वार्ताको तेस्रो चरणमा बेलायत, फ्रान्स र जर्मनीसहित केही युरोपेली मुलुकका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । आगामी दिनमा शान्ति वार्तालाई निरन्तरता दिने उद्देश्यले पुनः बैठक बस्ने सहमति भएको जेलेन्स्कीले जानकारी दिएका छन् ।
भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता
हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम
नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु
मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी
अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु
खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार
मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री












प्रतिक्रिया