आजका समाचार : एक करोड ५० लाख मतपत्र छापियो, गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल, तालमेल नहुने प्रचण्डको प्रष्टोक्ति र बंगलादेशमा निर्वाचनको तयारी पूरा « Khabarhub

आजका समाचार : एक करोड ५० लाख मतपत्र छापियो, गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल, तालमेल नहुने प्रचण्डको प्रष्टोक्ति र बंगलादेशमा निर्वाचनको तयारी पूरा


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधिसभा निर्वाचन : एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही र रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो ।

मङ्गलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप छ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको उनले बताए । हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र

नवीन प्रवृत्तिका कारण भ्रष्टाचार नियन्त्रणमा चुनौती थपियो : अख्तियार

अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति पौडेल

कार्यालय प्रमुखले नै भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ : प्रधानमन्त्री कार्की

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ- रोक्का आयोजनाको रकम फुकुवा भइसकेको छ


गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका नेता तथा कार्यकर्तामाथि ‘झोले’ को रूपमा विपक्षीहरूले नकारात्मक टिप्पणी गर्ने गर्थे ।

सामाजिक सञ्जालमा स्टाटस लेख्नेदेखि प्रतिक्रिया दिने क्रममा विशेष गरी एमालेमाथि आक्रमणको शैलीमा नै झोले टिप्पणी हुन थालेपछि एमालेको नेतृत्व तहबाट नै त्यसलाई सकारात्मक अभिव्यक्तिमा बदल्ने नयाँ शैली ‘म झोले हुँ’ भन्ने क्याम्पिङ सुरु गरिएको थियो ।

नकारात्मक प्रहारमाथि आक्रमण गर्ने उद्देश्यले सुरु गरिएको सो अभियानमा एमालेभित्र नै एक प्रकारको धार जस्तो बन्न पुग्यो । जहाँ सबै एमालेका नेता तथा कार्यकर्ता नै सहभागी नभएको स्पष्ट देखिन्थ्यो ।

राजनीतिक रूपमा विचार तथा नीति फरक हुने हुँदा एक पक्षले अर्को पक्षको राजनीति तथा विचारमाथि स्वाभाविक रूपमा सहमति जनाउँदैन । तर, विशेष गरी नेतृत्वले गरेको र भनेको कुरालाई आलोचनात्मक दृष्टिले हेर्ने र ग्रहण गर्ने भन्दा पनि सबै कुरालाई सही भन्ने नकारात्मक प्रवृत्तिको रूपमा एमालेका नेता तथा कार्यकर्तामाथि झोलेको टिप्पणी भएको स्पष्ट बुझ्न सकिन्थ्यो ।

गगनलाई सभापति मानेरै म उम्मेदवार भएको हो, अरु हिसाब चुनावपछि हुन्छ : डा. शेखर कोइराला

अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी : गगन

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

रास्वपाले धनगढीबाट चुनावी अभियान सुरु गर्दै

दोलखाका युवा नेता खड्काले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका शिवाकोटीलाई सघाउने

निर्वाचनमा कुनै तालमेल हुँदैन, नेकपा एक्लै संसद्‌मा ठूलो पार्टी बन्छ : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन् ।

पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिएका हुन् ।

निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको तीन हप्ता पार्टीलाई दिन अनुरोध गर्दै उनले भने, ‘जेन-जी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुनलागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकर्ता तथा शुभेच्छुक आआफ्नो ठाउँबाट खटिन आवश्यक छ, आजैदेखि सक्रिय भई आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस् ।’

‘निर्वाचनको अन्तिम अवस्थामा अन्य पार्टीसँग चुनावी तालमेल गरी नेकपाले उम्मेदवारी निष्कृय गराउने हल्ला फैलाउन सक्नेतर्फ सचेत गराउँदै अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समीकरण वा तालमेल गर्ने पक्षमा छैनौँ, आफ्नै खुट्टामा उभिएर आमजनताको विश्वास जिती संसद्मा ठूलो पार्टी बन्न चाहन्छौँ’, संयोजक दाहालले भने।

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

पर्यटन र चलचित्र विकास बोर्डबीच चार बुँदे समझदारी

ग्यास अभावको गुनासो बढेपछि आयल निगमले टेकु कार्यालयबाट थाल्यो वितरण (तस्बिरहरु)

चलचित्र विधेयक–२०८१ राष्ट्रियसभाबाट पारित

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं

रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध
रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् ।

१२ जनाको मृत्यु हुने गरी दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरूले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन् ।

स्थानीयहरूले काठमाडौंबाट गएका सवारी साधनलाई खुर्कोट, मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशे र गाँउबाट छुटेका गाडीहरूलाई खिम्तीमा नै रोकेका हुन् ।

स्थानीयहरूले दुर्घटनाको छानबिनका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको सहज उपचार लगाएका माग राखेका छन् ।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ (तस्बिरहरू)

जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

सुक्खाबन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत सामान भित्रियो

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

इजरायली कब्जा बल ९आइओएफ० ले बुधबार वेस्ट ब्यांकका विभिन्न क्षेत्र बाट २३ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ । वफा समाचार एजेन्सीले स्थानीय सुरक्षा स्रोतहरूले अल–खलिलमा १० जना प्यालेस्टिनीहरूलाई पक्राउ गर्नुका साथै धेरै घरहरूमा छापा मारेको रिपोर्ट गरेको छ ।

आइओएफले बेथलेहेममा चार प्यालेस्टिनी, नब्लसको गवर्नरेटमा पाँच र उत्तरी रामल्लामा अन्य तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

उत्तरपूर्वमा कब्जा गरिएको जेरुसेलमा आईओएफले एक जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको जनाइएको छ ।

वेस्ट ब्यांक र अल–कुद्सका सहरहरू, र शरणार्थी शिविरहरूमा आईओएफद्वारा दैनिक छापा र आक्रमणहरू भई रहेको जनाइएको छ भने प्रायः द्वन्द्व, गिरफ्तारी, र जीवित र रबरको गोलीको साथसाथै युवा प्यालेस्टिनीहरूमा अश्रु ग्याँस पनि प्रहार गरेको जनाइएको छ ।

मेक्सिकामा जफत हतियारमध्ये ७७ प्रतिशत अमेरिकाबाटै आएको खुलासा

दबाबबीच इरानमा क्रान्ति दिवस

फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो, २७ अझै बेपत्ता

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने संकेत

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलंकाको निर्णायक कदम

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरू बङ्गलादेशमा

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान

साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरू बङ्गलादेशमा




















प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ७ : ५८ बजे

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले