साप्ताहिक अर्थसंक्षेप : ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत, बजेटप्रति सत्ता पक्षकै आक्रोश, एमसीएले बनाउन थाल्यो दुई नयाँ सब-स्टेशन र १९ खर्ब बढी भित्रियो रेमिट्यान्स « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत, बजेटप्रति सत्ता पक्षकै आक्रोश, एमसीएले बनाउन थाल्यो दुई नयाँ सब-स्टेशन र १९ खर्ब बढी भित्रियो रेमिट्यान्स


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा विपक्षी सांसदहरूले सांसदहरूले विनियोजन विधेयकमा चालु खर्च र पुँजीगत खर्चमा सन्तुलन नभएको, दीर्घकालीन ऋणको बोझ हटाउनेतर्फ सरकारले बजेटले कुनै ध्यान नदिएको टिप्पणी गरेका थिए भने सत्तापक्ष सांसदहरूले आर्थिक रूपान्तरणका लागि सरकारले ल्याएको बजेट निकै प्रभावकारी भएको जनाएका थिए ।

नेप्से परिसूचक चार अङ्कले घट्यो

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

शून्य प्रगतिको अवस्थामा रहेका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले दियो सुझाव

विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले सुझाव दिएको छ ।

सरकारको एक सय बुँदे शासकीय सुधार कार्य योजनाको ७४ (ख) बमोजिम विद्युत् विकास विभागबाट जारी भएका अनुमतिपत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमतिपत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो ।

समितिले उत्पादन अनुमति प्राप्त गरेको पाँच वर्षको अवधिमा समग्र प्रगति ५० प्रतिशतभन्दा माथि रहेका २२० मेगावाट क्षमताका १५ वटा आयोजनालाई प्राथमिकताको सूचीमा राखेको छ ।

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’

प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेटप्रति कडा आलोचना गर्दै संरचनागत कमजोरी, आर्थिक असन्तुलन र विकास प्राथमिकतामाथि प्रश्न उठाएका छन् ।

सभामा बोल्दै उनले बजेटमा व्यक्तिगत आयकर सीमा वृद्धि, स्टार्टअप र सूचना प्रविधि क्षेत्रलाई समेटिएको विषयलाई सकारात्मक पक्षका रूपमा स्वीकार गरे पनि समग्र बजेटले जनताको ठूलो हिस्सामा उत्साह सिर्जना गर्न नसकेको दाबी गरे।

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा थालनी गरेको छ।

संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा भइरहेको साझेदारीले अन्तरराष्ट्रिय स्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य गरिरहेको छ।

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्र गतिमा अगाडि बढाइएको छ ।

बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो ।

हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वका अनुसार बालुवा थिग्र्याउने पोखरी (डिसिल्टिङ बेसिन) मा जम्मा भएका अवरोध हटाइसकिएको छ भने ‘हेडरेस’ सुरुङ तथा विद्युत् उत्पादनसँग सम्बन्धित उपकरणको सफाइसमेत सम्पन्न गरिएको छ ।

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

कोशी प्रदेशको बजेट २ अर्बले बढ्ने

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, १० महिनामा १९ खर्ब बढी भित्रियो

चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म नेपालमा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले समीक्षा अवधिमा १९१६ अर्ब ९० करोड रेमिट्यान्स आएको देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २०९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४८० अर्ब २८ करोड रहेको थियो ।

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, १० महिनामा १९ खर्ब बढी भित्रियो

नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी 

रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात

नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ ।

रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन् ।

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छ : अध्यक्ष श्रेष्ठ

सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान

आर्थिक विधेयकमा संसदीय छानबिन समिति आवश्यक : वर्षमान पुन 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ६ : ५६ बजे

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं – ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा