अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी « Khabarhub

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

बालेन र रविलाई नेताहरूले भने ,'यसरी हुँदैन,बेइज्जत भयो'



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्। बाँके क्षेत्र नम्बर ३ बाट विजयी भएका उनी विभिन्न विवाद र महिला हिंसासँग सम्बन्धित विषयमा जोडिएपछि उनीमाथि पार्टीले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । 

एक महिलालाई दुर्व्यवहार गरेको र सार्वजनिक अभिव्यक्तिहरूमा पनि उछिन्दो गतिविधि गरेकाले सुरुवातदेखि नै उनीमाथि प्रश्न उठिरहेको थियो। 

नेपाल प्रहरीका उच्च अधिकारीलाई थर्काउने देखि लिएर विभिन्न सार्वजनिक अभिव्यक्तिहरूमा पनि सुनुवारले आपत्तिजनक शब्द बोलेपछि पार्टीभित्र उनलाई लिएर विभिन्न सुझावहरू आइरहेका थिए। 

तर पछिल्लो समय सामाजिक सञ्जालमा एक महिलामाथि गरिएको हिंसा सार्वजनिक भएपछि पार्टीले उनीमाथि  एक्सन सुरुवात गरेको छ।  

अहिले अनुशासन आयोगले उनीमाथि अनुसन्धान गरिरहेकाले आरोप प्रमाणित भएको खण्डमा ‘राइट टु रिकल’ मार्फत उनी फिर्तासम्म जान सक्ने अवस्था रहेको बताइन्छ । 

उसो त महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गरेर उनीमाथि कडा अनुसन्धान भइरहेको र अहिले सार्वजनिक कार्यक्रमहरूमा उपस्थितिका लागि रोक लगाइएको जानकारी गराए । 

राष्ट्रिय स्वतन्त्र पार्टी महिला हिंसाप्रति शून्य सहनशीलता अपनाएकाले सुनुवारको अडियोप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ।

यसबारे प्रश्न गर्दा महामन्त्री विपिनकुमार आचार्यले अहिले सबै ढङ्गले अनुसन्धान भइरहेकाले अनुसन्धानपछि कहाँ पुग्ने भन्ने निष्कर्ष आउने बताउँछन् । उनी अपराध प्रमाणित भएको अवस्थामा कुनै पनि नेतालाई बचाउने पक्षमा पार्टी नरहेको उल्लेख गर्छन् । 

उसो त रास्वपा सचेत प्रकाशचन्द्र  परियारले पनि कुनै पनि व्यक्ति विवादित भएपछि र हिंसात्मक घटनामा मुछिएपछि रास्वपाले  गम्भीर रुपमा लिएको बताउँछन्। 

पार्टीकै सांसद विभिन्न घटनामा मुछिएपछि कडा रूपमा अनुसन्धान भइरहेकाले घटना प्रमाणित भएको अवस्थामा उनी निलम्बन हुनसक्ने परियारले संकेत दिए । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमै राई टु रिकल यानी कि जनप्रतिनिधि फिर्ता बोलाउने भन्ने विधान समावेश छ। त्यसकारण उहाँमाथि सबै ढङ्गबाट अनुसन्धान भइरहेको छ । म फेरि के भन्न चाहन्छु भने पार्टीले उहाँलाई बचाउने अथवा रोक्ने पक्षमा छैन । उहाँले यदि कानुन विपरीत र आपराधिक गतिविधि गर्नुभएको र महिलामाथि हिंसा भएको अवस्थामा कारबाही हुन्छ ।’ सचेतक परियारले भने,’कुनै पनि व्यक्ति बचाउनुपर्छ भन्ने पार्टीको लाइन छैन। हामीले स्पष्ट रूपमा भनेका छौँ आपराधिक गतिविधि गर्ने पार्टीका जो कोही व्यक्ति पनि कानुनी दायरामा आउनुपर्छ।’

उसो त महामन्त्री विपिनकुमार आचार्य पनि कारबाहीको सन्दर्भमा जोसुकै भए पनि गल्ती गर्नेलाई छुट नहुने बताउँछन् । उनी सबै कुरा अनुसन्धानको प्रक्रियामा रहेकाले अनुसन्धानपछि मात्रै थप कुराहरू आउने उल्लेख गर्छन्।

बालेन र रविलाई नेताहरूले भने ,’यसरी हुँदैन,बेइज्जत भयो’

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा जनप्रतिनिधिले आफ्नो उत्तरदायित्व पूरा नगरे र विवादमा परेको अवस्थामा सांसदहरूलाई फिर्ता बोलाउन सक्ने प्रावधान राखिएको छ। कुनै पनि जनप्रतिनिधि आपराधिक गतिविधिमा मुछिएको र प्रमाणित भएको अवस्थामा पार्टीले तत्काल एक्सन लिने भनिएको छ। 

त्यसका लागि अहिले महामन्त्री विपिनकुमार आचार्य, समीक्षा वासकोटा लगायतको टिमले काम गरिरहेको देखिन्छ । सुनारको विषयमा पनि यसअघि नै पटक-पटक प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेसामु राई टु रिकल प्रयोग गरेर फिर्ता बोलाउनुपर्ने माग तीव्र रुपमा उठेको छ। 

पार्टीको अनुशासन आयोगले पनि सुनुवारको विषयमा थप अनुसन्धान गरिरहेको बताउँछ । अहिले   पार्टीमा आधाभन्दा बढी सांसदले उनीलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् । 

सुनुवारको विषयमा विभिन्न अभिव्यक्तिहरू आएकाले विचार गर्नुपर्ने माग आएको दाबी पार्टीका शीर्ष नेताहरू गर्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग त धेरै जना सांसदहरूले सामूहिक रुपमा पनि यसरी नहुने र “राइट टु रिकल”को अधिकार प्रयोग गरेर सुनुवारलाई तत्काल बर्खास्त गर्नुपर्ने माग राखेका थिए।  

जवाफमा रविले अनुसन्धानको प्रक्रियालाई सघाउन आग्रह गरे । अनुसन्धानबाट अपराधी गतिविधि गरेको पुष्टि भएको अवस्थामा सुनुवार कारबाहीमा पर्ने रविको ती सांसदहरूलाई विश्वास छ । 

रास्वपाको विधानमा पार्टीका सम्बन्धित क्षेत्रको साधारण सदस्यहरूले आफ्ना जनप्रतिनिधिले चित्त बुझ्दो काम नगरे फिर्ता बोलाउन पाउने अधिकार हुनेछ । 

केन्द्रीय समितिले बनाउने नियमावली बमोजिम सम्बन्धित क्षेत्रका साधारण सदस्यहरू निश्चित संख्या वा प्रतिशतले निर्णय गरे पार्टीको केन्द्रीय समितिले सम्बन्धित जनप्रतिनिधिको पदको खारेजीलाई  प्रक्रिया सुरु गर्ने भनिएको छ । 

विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रम रोजगार तथा सुरक्षा मन्त्री दीपक कुमार शाहलाई पदबाट बर्खास्त गरिएको थियो। त्यसमा पनि राइट टु रिकलको प्रक्रिया अपनाइएको दाबी गरिन्छ । 

विवादमा परेका व्यक्तिहरूलाई राइट टु रिकल मार्फत फर्काउन सक्ने राष्ट्रिय स्वतन्त्र पार्टीको विधान रहेकाले यो विधानको पालना खगेन्द्र सुनुवारको अवस्थामा पनि गरिनुपर्ने माग उठिरहेको छ । 

तर उनी अहिलेसम्म अनुसन्धानकै प्रक्रियामा रहेकाले दोषी देखिएको अवस्थामा जुनसुकै बेला पनि पदमुक्त हुने पार्टीका नेताहरू बताउँछन् ।

हुसो त तर राइट टु रिकल मार्फत जनताले मत दिएर पठाएका जनप्रतिनिधिलाई उनीहरूले नै फिर्ता बोलाउने व्यवस्था भएका कारण पार्टीले यो अधिकार प्रयोग गर्न नसक्ने आवाज पनि उठिरहेको छ ।

‘राइट टु रिकल’ भन्नाले जनताले आफैँले निर्वाचित गरेको प्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि नै फिर्ता बोलाउन पाउने अधिकार हो ।  जसले जितायो, उसैले हटाउन पनि पाउनुपर्छ भन्ने मान्यतामा आधारित छ ।

यदि कुनै निर्वाचित प्रतिनिधिले जनताको विश्वास गुमायो, वाचा पूरा गरेन वा जनहित विपरीत काम गर्‍यो भने जनताले अर्को चुनाव कुर्नु नपरी बीचमै हटाउन सक्छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ११ : ४३ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट