आजका समाचार : राप्रपाको घोषणापत्र सार्वजनिक, देश जलाउने-कुशासन गर्नेहरु हार्ने प्रचण्डको दाबी र युक्रेनमा रुसी आक्रमण जारी « Khabarhub

आजका समाचार : राप्रपाको घोषणापत्र सार्वजनिक, देश जलाउने-कुशासन गर्नेहरु हार्ने प्रचण्डको दाबी र युक्रेनमा रुसी आक्रमण जारी


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमनकारी प्रवृत्तिलाई जनताले पराजित गर्ने दाबी गरेका छन् ।

रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्‍न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालै बङ्गलादेशमा सम्पन्न निर्वाचन परिणामबारे टिप्पणी गरे ।

‘सिंहदरबार, संसद् भवन जले, सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति र व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्,’ उनले भने, ‘गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।’

उनले बङ्गलादेशको निर्वाचनबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याउँदै त्यहाँ आगजनी र अस्थिरता निम्त्याउने शक्तिहरू पराजित भएको उल्लेख गरे । ‘चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। स्थिरता चाहनेहरू विजयी भए,’ उनले भने।

विगतका शासक दलकै असफलताले वर्तमान संकटमा : उपेन्द्र यादव

१४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख मतपत्र छपाइ

झापा-५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

सामाजिक सञ्जालका प्रतिक्रिया मतदानको आधार हैन : कांग्रेस

प्रचण्डबाट शान्तियात्रा तय गर्ने तत्कालीन माओवादीको ऐतिहासिक बैठकस्थल चुनबाङ भ्रमण

राजसंस्था, निर्वाचन प्रणालीमा सुधार र दुई तहको संरचना राप्रपाको मुख्य एजेण्डा (घोषणापत्र सहित)
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजसंस्थालाई अघि सार्दै खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार आवश्वक रहेको जनाएको छ ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा राप्रपाले हिन्दू राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजीजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएको छ ।

प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचनाको परिकल्पना गर्दै पार्टीले सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र गैरदलीय स्थानीय तहको योजना अघि सारेको छ ।

घोषणापत्रमा पार्टीले अबको गन्तव्य पृथ्वीपथमा आधारित सबल, समृद्ध र समुन्नत नेपाल रहेको जनाएको छ । पार्टीले मलुकको राजनीति राजनीतिक दल र नेताको विकासका लागि भएपनि देश र जनताका विकासका लागि हुन नसकेको उल्लेख गरेको छ ।

घोषणापत्र 

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

‘विपद्मा एपीएफ अस्पतालको भूमिका सराहनीय छ’

‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यसहित न्यायपूर्ण समाज निर्माणमा एमालेको जोड

राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने

मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर भयो : राप्रपा

महाशिवरात्रि : पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ । देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ ।

महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ। कतिले सेवा सुरु गरिसकेका छन्भने कतिले सेवाको तयारी गरेका छन् ।

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन् ।

हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिनुभएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सफाइमा विशेष ध्यान दिइएको बताए । पशुपति क्षेत्रमा आएका साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको उनले उल्लेख गरे। यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको उनले जानकारी दिए ।

महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

प्रणय दिवसमा युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा

‘स्ट्रबेरी’खेतीबाट वार्षिक तीस लाख आम्दानी

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

आम्दानीको स्रोत अटोरिक्सा : मासिक ४० हजार रुपैयाँ आम्दानी

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा एक आवासीय भवनमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । ओडेसा क्षेत्रका गभर्नर ओलेह किपरले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिए ।

उनका अनुसार उद्धारकर्मीहरूले आगो चाँडै नियन्त्रणमा लिएका थिए, तर दुर्भाग्यवश आक्रमणमा एक महिलाले ज्यान गुमाए। उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै ड्रोन विस्फोटका कारण आसपासका भवनका झ्यालहरू समेत फुटेको बताए।

यसैबीच, उत्तर–पूर्वतर्फ पर्ने जापोरिझ्झिया क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका आक्रमणमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । क्षेत्रीय सैन्य प्रमुख इभान फेदोरोभका अनुसार उक्त अवधिमा ४१ बस्तीमा ६५५ वटा आक्रमण गरिएको छ ।

यी घातक आक्रमणहरू जर्मनीको म्युनिखमा आयोजित उच्चस्तरीय सम्मेलनको समयमा भएका हुन्, जहाँ अमेरिका र युरोपेली नेता, कूटनीतिज्ञ तथा रक्षा अधिकारीहरू युक्रेन युद्ध अन्त्यका उपायबारे छलफल गरिरहेका छन् ।

सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख

चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति

अमेरिकी विदेशमन्त्री रुबियो र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु

बङ्गलादेश : जमातद्वारा चुनावी हार स्वीकार

अफगानिस्तानमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते

ट्रम्पले इरानमाथि दबाब बढाउँदै, अमेरिकी सैन्य उपस्थिति बलियो

आर्टेमिस द्वितीयको प्रक्षेपणतर्फ अर्को परीक्षण

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प






















प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ८ : ०२ बजे

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति

आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै सहारा सेमिफाइनलमा

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब

कांग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण

आजका समाचार : राप्रपाको घोषणापत्र सार्वजनिक, देश जलाउने-कुशासन गर्नेहरु हार्ने प्रचण्डको दाबी र युक्रेनमा रुसी आक्रमण जारी

चुनबाङबाट प्रचण्डको चेतावनी- ‘देश जलाउने र कुशासन गर्नेहरू हार्नेछन्’नेपाल कम्युनिष्ट