अस्पतालबाट केपी ओली डिस्चार्ज
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज भएका छन् । सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया गराएका ओली शनिबार डिस्चार्ज भएका हुन् । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा शल्यक्रिया गरी झिकिएको थियो ।

स्वास्थ्यमा अवस्था सुधार आएपछि अस्पतालले ओलीलाई डिस्चार्ज गरेको हो । चैत १४ पूर्वप्रधानमन्त्री ओलीलाई गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको थियो ।
सरकारले माग्यो स्थानीय तहको सीमा र संख्या हेरफेर गर्न सुझाव
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाना हेरफेरका लागि सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।
मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सम्बन्धित निकायलाई पत्राचार गर्दै राय र सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का विभिन्न प्रावधानअनुसार स्थानीय तहको सिमाना हेरफेर, मर्जर तथा नगरपालिकाको वर्गीकरण पुनरावलोकन गर्ने उद्देश्यले प्रारम्भिक मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त मस्यौदालाई अन्तिम रूप दिन जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई समेत सहजीकरणका लागि बोधार्थ पठाइएको छ ।
मन्त्रालयका अनुसार ऐनको दफा ३, ५, ६, ७ र ८ अनुसार गाउँपालिका तथा नगरपालिकाको सिमाना हेरफेर, दुई वा बढी स्थानीय तह गाभ्ने तथा वडाको संख्या समायोजन गर्ने विषय समेटिएको छ ।
एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत
तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण
सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने देउवा पक्षका नेताहरुको निष्कर्ष
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेका छन् । सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा सभापति गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा देउवा पक्षका नेताहरुले छलफल गरेका थिए ।
छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता मीनबहादुर विश्वकर्माले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको जानकारी दिए ।

सर्वोच्चको फैसलापछि आफूहरूले थापालाई पार्टी सभापति मानेको उनले उल्लेख गरे । उनले हिजोदेखि पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति भइसकेकाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको भएको बताए ।
‘अब पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा गोल थियो भने अब सर्वोच्च अदालतले अहिलेका विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा अदालतले गोल फाल्दिएको छ ।’ उनले भने, त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले नेपाली कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, मलाई लाग्छ अब पार्टी सभापति गगन थापाको खुट्टामा छ ।’
सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताका दिनुका तीन आधार
खड्का निवासमा कांग्रेस पूर्वपदाधिकारीहरुको बैठक जारी
नेता पौडेलको प्रश्न- ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको चर्चा कसले चलायो ?
इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी
पित्तथैलीको शल्यक्रिया गराएका ओली अस्पतालबाट डिस्चार्ज
‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्यो
राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।

उनका अनुसार आवेदन दिएकामध्ये करिब ९० प्रतिशतले अनलाइनबाटै नाम दर्ता गरेका छन् । हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयमा भौतिक रुपमा उपस्थित भएका पाँच जना गरी ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।
मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न यहाँका सबै स्थानीय तहलाई पत्राचार गरिएको छ ।
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु
एक अर्ब ४७ करोड बढी राजस्व सकंलन
सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति
विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने
‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सुरु, शनिबार सवारी प्रवेश निषेध
काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ।
असन क्षेत्रको मौलिकता जोगाउन काठमाडौं महानगरपालिकाले ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सञ्चालनमा ल्याएको हो। महानगरका अनुसार काठमाडौंको सांस्कृतिक पहिचान, परम्परागत जीवनशैली, जात्रा–पर्व, संस्कार तथा पुर्खाको ज्ञान र सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।

कमलाछी चोक, भोटाहिटी चोक र महाबौद्धबाट असनसम्मको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएपछि हरेक शनिबार उक्त क्षेत्रमा सवारिसाधन प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ।
महानगरले यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गर्दै स्थानीय रैथाने व्यापार तथा परम्परागत व्यवसाय प्रवर्द्धन गर्ने जनाएको छ।
चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल
स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी
स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई लक्षित गरी गोली प्रहार भएको छ । बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सी यूकेएमटीओका अनुसार इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभलुसनरी गार्ड कोर ९आईआरजीसी० का दुई वटा लडाकु डुङ्गाले एउटा ट्याङ्करलाई लक्षित गरी गोली चलाएका हुन् ।
समाचारमा जनाइएअनुसार ओमनको तटबाट २० नौटिकल माइलको दूरीमा उक्त ट्याङ्करमाथि हमला भएको हो । ट्याङ्करका क्याप्टेनका अनुसार ती दुई वटा लडाकु डुङ्गाले रेडियोमार्फत कुनै चेतावनी वा जानकारी नदिई अचानक अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

बेलायती निकायले आफ्नो पछिल्लो सूचनामा आक्रमणबाट जहाज र त्यसमा रहेका चालक दलका सदस्यहरू सबै सुरक्षित रहेको जानकारी दिएको छ ।
यसअघि समाचार संस्था रोयटर्सले दुई व्यवसायिक जहाजलाई लक्षित गरी गोली प्रहार भएको जनाएको थियो । यससँगै स्ट्रेट अफ हर्मुजमा थप अनिश्चय पैदा भएको छ ।
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक
सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प
ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री













प्रतिक्रिया