आजका समाचार : श्रमसंस्कृतिका सांसदलाई सभामुखको चेतावनी, संसद्‍मा दुई विधेयक, रुबीले तोडिन् अनशन र नर्वेकी पत्रकारले मोदीलाई प्रश्न सोध्दा भारतमा खैलाबैला « Khabarhub

आजका समाचार : श्रमसंस्कृतिका सांसदलाई सभामुखको चेतावनी, संसद्‍मा दुई विधेयक, रुबीले तोडिन् अनशन र नर्वेकी पत्रकारले मोदीलाई प्रश्न सोध्दा भारतमा खैलाबैला


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हर्कले भने : यो सरकार संसद्‍प्रति जिम्मेवार छैन, हाम्रो विरोध रोकिँदैन
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै विरोध जारी रहने बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित रहने प्रवृत्तिप्रति आपत्ति जनाए। उनले संसद् जनताको प्रश्न उठाउने थलो भएकाले सरकार त्यसप्रति अनिवार्य रूपमा उत्तरदायी हुनुपर्ने बताए।

सदन अघि बढेको सातौँ दिनसम्म श्रम संस्कृति पार्टीले पर्चा र पम्प्लेटसहित निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै उनले सरकार जिम्मेवार नबन्दासम्म आन्दोलन नरोकिने चेतावनी दिए।

एमाले सांसद्को आरोप- सुकुम्वासीलाई बलपूर्वक हटाएर सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गर्‍यो

हर्क भन्छन्- सरकारलाई जवाफदेही बनाउन पाँचै वर्ष विरोध गर्छौँ, निलम्बन हुन तयार छौँ

मतदाता नामावली अद्यावधिक गर्न प्रतिस्थापन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

संसद्‍मा कांग्रेसले भन्यो- संवेदनशील निकाय पदाधिकारी हटाएर सरकारले भ्याक्युम बनायो

प्रतिनिधिसभा : विपद्, सुकुम्वासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे

तस्बिरमा हेर्नुहोस्, आजको प्रतिनिधिसभा बैठक

अभद्र गतिविधि गरेको भन्दै सभामुखले दिए श्रमसंस्कृतिका सांसदहरूलाई चेतावनी

रुबी खानको अनशन २३ औँ दिनमा टुंगियो, सरकारसँग ५ बुँदे सहमति
बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको अनुसन्धानसहितका माग राख्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खानको आन्दोलन टुंगिएको छ।

सरकारका प्रतिनिधिसँग मंगलबार ५ बुँदे सहमतिसँगै उनको आन्दोलन रोकिएको हो ।

सहमति भएसँगै उनले आफ्नो अनशन २३ औं दिनमा टुंग्याएकी छन् । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाइन् ।

नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो।

पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान

काफल बेच्दा नगर प्रहरीको दुर्व्यवहार भोगेकी धमिलासँग मेयरले मागिन् माफी

मधेसमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली

वर्षमानले भने- सत्तापक्षका सांसद निरीहजस्तो देखिए, आफ्नो क्षेत्रका विषय उठाउन सकेनन्

स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन परिपत्र
स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई परिपत्र जारी गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय तथा नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ बमोजिम मन्त्रालयको नयाँ नामकरण गरिएको हो । मन्त्रालयको आन्तरिक प्रशासन शाखाका अनुसार नाम परिवर्तनसम्बन्धी सूचना २०८३ वैशाख ३० गते राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

अब मन्त्रालयको नेपाली नाम ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’ कायम गरिएको छ भने अङ्ग्रेजी नाम ‘ ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका शाखा अधिकृत नन्द किशोर यादवद्वारा जारी परिपत्रमार्फत सम्पूर्ण मातहतका निकायलाई नयाँ नाम तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।

तस्बिरमा हेर्नुहोस्, कांग्रेस देउवा पक्षको अनामनगरस्थित सम्पर्क कार्यालय  

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

खानेपानी र विद्युत् महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीको प्रदर्शन

बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान स्थगन

तिलगंगा बस्ती हटाइएपछि पशुपतिमा धर्ना

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

नर्वेकी एक पत्रकारले मोदीलाई प्रश्न सोध्दा भारतमा खैलाबैला !
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हत्तपत्त देशभित्रका पत्रकारसँग दोहोरो सवाल(जवाफ गर्दैनन् । उनी स्वदेशमा बोलाइएका अतिथिसँग पनि आफ्ना कुरा राख्छन्, हिँड्छन् । अर्थात्, उनी पत्रकारका कुनै प्रश्नको जवाफ दिँदैनन्।

विदेश भ्रमणमा जाँदा पनि उनी पत्रकारका प्रश्नबाट टाढिइरहन्छन् । तर यस पटक उनी नर्वे भ्रमणका क्रममा एक नर्वेजियन पत्रकारले सोधेको साधारण प्रश्नका कारण विवादमा तानिए ।

एकजना युवा पत्रकारको साधारण तर असहज प्रश्नले भारतमा प्रेस स्वतन्त्रता, मानवअधिकार र सरकारको जवाफदेहितामाथि नयाँ बहस छेडिदिएको छ। अवस्था यतिसम्म भएको छ कि यो बहसमा भारतीय विपक्षी नेता राहुल गान्धीसमेत जोडिएका छन् ।

नर्वेको दैनिक पत्रिका डागसाभिसेनकी पत्रकार २८ वर्षीया हेल्ली लिङ स्भेन्डसेनले ४३ वर्षपछि आफ्नो देशमा आएका मोदीलाई ‘किन तपाईं स्वतन्त्र प्रेसका प्रश्न लिनुहुन्न रु’ भनेर सोधिन् । संयुक्त वक्तव्यपछि नर्वेका प्रधानमन्त्री जोनास गर स्टोसँगै उभिएका उनी हेल्लीको उक्त प्रश्नपछि जुरुक्क उठेर हिँडे ।

इरानको कडा चेतावनी : फेरि आक्रमण भए मध्यपूर्वमा अझै तनाव फैलिने

थाइल्यान्ड सीमावर्ती सहर नियन्त्रणमा लिएको म्यान्मा सेनाको दाबी

रुस–चीन ग्यास सम्झौता अनिश्चित, ‘पावर अफ साइबेरिया–२’ परियोजना अलपत्र

इरानको कडा चेतावनी : फेरि आक्रमण भए मध्यपूर्वमा अझै तनाव फैलिने

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित

इरान युद्धमा नष्ट भए ४२ अमेरिकी फाइटर जेट

ट्रम्पलाई झट्का : रिपब्लिकन सांसदकै साथ मिलेपछि सिनेटमा बढ्यो इरान युद्ध रोक्ने प्रस्ताव

चीन–अमेरिका व्यापार तनावमा नरमी, पारस्परिक महसुल कटौतीतर्फ सहमति







प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ७ : ५८ बजे

उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड

काठमाडौं– सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण

इरान–अमेरिका तनावबीच बेलायतले रुसी तेलसम्बन्धी प्रतिबन्ध कार्यान्वयनमा गर्‍यो ढिलाइ

लन्डन– इरान–अमेरिका तनावका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढ्दै गएपछि बेलायत

ढुङ्गाले लागेर बालकको मृत्यु

अदानचुली– हुम्लामा ढुङ्गा लागेर घाइते भएका अदानचुली गाउँपालिका–६ पाल्स गाउँका

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

वीरगञ्ज– सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर