स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र सहजीकरणमार्फत खुसी पारेर कर उठाउन कर प्रशासनलाई निर्देशन दिएका छन् ।
बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा देशभरका विभागअन्तर्गतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले स्वेच्छिक कर अनुपालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ उनले भने, ‘मैले बजारमा सुन्न पाऊँ-कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्नु बोझ होइन भन्ने वातावरण बनेछ र करदाता त्रसित छैनन्।’

उनले कर सङ्कलनका लागि जबरजस्ती वा दबाबको नीति अपनाउनु उपयुक्त नहुने उल्लेख गर्दै करदाताको विश्वास जितेर करको दायरामा ल्याउनुपर्ने बताए। ‘करदाता त्रसित भएर करको दायरामा नआएको मैले सुन्न नपरोस्। कर तिर्नबाट लुकेका छन् भन्ने अवस्था कसैलाई नआओस्,’ उनले भने।
अर्थमन्त्री वाग्लेले कर प्रशासनलाई अझ प्रभावकारी बनाउन आवश्यक जनशक्ति, पूर्वाधार, सूचना प्रविधि वा अन्य स्रोतसाधनको अभाव भए खुलस्त जानकारी गराउन विभागीय नेतृत्वलाई आग्रह गरे। उत्कृष्ट कार्यसम्पादन गर्ने र राज्यलाई बढी लाभ पुर्याउने कर्मचारीलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ
अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री
रास्वपा सभापति लामिछाने चीन जाने, उच्चस्तरीय भेटघाटको तयारी
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा तर्क र विवेक हराउँदै गएको बताएका छन्।
त्यसको परिणामस्वरूप संसद्देखि सडकसम्मको राजनीति गालीगलौज र अहंकारमा परिणत भएको टिप्पणी आङ्देम्बेले गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा बिहीबार काठमाडौंमा बोल्दै उनले पार्टीको समाजवादी दर्शन सत्ता प्राप्तिको लालसामा ओझेलमा परेको बताए।

‘बीपी कोइरालाले ५० वर्षअघि राष्ट्रियताको रक्षा र प्रजातन्त्र एकअर्काका पूरक हुन् भन्नुभएको थियो। त्यो मेलमिलापको नीति थियो,’ उनले भने, ‘तर कांग्रेसको समाजवादी दर्शन सत्ता प्राप्तिको लालसाले थिचियो, किचियो र मिचियो।’
उनले कांग्रेसले सुरू गरेको नयाँ अभियान केवल पुरानै अभियानको निरन्तरता हो वा नयाँ संकल्पसहितको नयाँ यात्रा हो भन्नेबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। ‘यो मशाललाई अघि बढाउन सकेनौँ भने यसले हामीलाई कतै पनि पुर्याउँदैन,’ उनले भने।
आङ्देम्बेले बुधबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आयोजना गरेको कार्यक्रममा सभापति गगन थापामाथि भएका सार्वजनिक टिप्पणीप्रति पनि असन्तुष्टि जनाए।
कसैको आलोचना गरेर वा ढुङ्गा हानेर गन्तव्यमा पुगिँदैन : विश्वप्रकाश शर्मा
ओलीको आरोप- वर्तमान सरकार राणाभन्दा कठोर देखियो, आफैँलाई चुनेको संसद् पनि छल्यो
‘जेन-जी विद्रोह नहुँदा पनि ०८४ मा कांग्रेस होइन, रास्वपा नै पहिलो पार्टी बन्थ्यो’
रिहा भएपछि पहिलो पटक पार्टीको मञ्चमा अध्यक्ष ओलीसँगै देखिए उपाध्यक्ष पौडेल
‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’
कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा
सुकुम्वासी भन्छन्- शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभए काठमाडौं छाड्दैनौँ
विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका छन् ।
सरकारले काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई नागरिकतामा स्थायी ठेगाना भएको स्थानमा नै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएपछि उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका हुन् ।

बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले काठमाडौंमा जस्तो अन्य स्थानमा सहज रुपमा रोजगारी नपाइने भएकाले जीवनयापनमा समस्या हुन सक्ने जनाएका छन् ।
सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरे जहाँ भएपनि आफूहरू बस्न तयार रहेको उनीहरूको भनाइ छ ।
नागरिक बचाउ महाअभियान, सुकुम्वासी समायोजन समितिको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले शीघ्र पहिचान, प्रमाणीकरण र स्थायी व्यवस्थापन गर्नुपर्ने, कानून बमोजिम जग्गाधनी पुर्जा दिनुपर्ने, सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने लगाएका माग राखेका छन् ।
मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट
संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग
राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ
टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने
शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)
अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)
हर्मुज खुला राख्न आसियानको जोड
अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा बढ्दो जोखिम देखिएपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) ले अन्तर्राष्ट्रिय जलघाँटीमा निर्बाध आवागमन र नौवहन स्वतन्त्रता सुनिश्चित गर्न आह्वान गर्ने भएको छ ।
मनिलामा सम्पन्न विदेशमन्त्रीस्तरीय बैठकपछि जारी हुने मस्यौदा संयुक्त वक्तव्यमा हर्मुज जलघाँटी खुला राख्नुपर्नेमा विशेष जोड दिइएको छ । मस्यौदा वक्तव्यमा मध्यपूर्वको द्वन्द्व थप नचर्काउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ । साथै, अन्तर्राष्ट्रिय जलघाँटीमा जहाज र हवाई उडानको स्वतन्त्र आवागमन सुनिश्चित गरिनुपर्ने विषयलाई पहिलोपटक स्पष्ट रूपमा समावेश गरिएको छ ।

आसियान बैठकमा सहभागी हुन मनिला पुगेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलघाँटी नियन्त्रणमा राख्नु अन्तर्राष्ट्रिय समुद्री आवागमनका लागि खतरनाक नजिर बन्न सक्ने चेतावनी दिएका थिए । उनले नौवहन स्वतन्त्रता अन्तर्राष्ट्रिय व्यवस्थाको आधारभूत सिद्धान्त भएको उल्लेख गरे।
ककरोच जनता पार्टीले शुक्रबार भारतभर प्रदर्शन गर्ने
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमा आक्रमण, पाँच सैनिकको मृत्यु
प्यालेस्टिनी समकक्षी बैङ्कसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैङ्कहरू
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा उम्मेदवारबीच बहस हुँदै
युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो
नाइजेरियामा बन्दुकधारीको शृङ्खलाबद्ध आक्रमण, २३ जनाको मृत्यु












प्रतिक्रिया