काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रूपमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको पार्टीले जनाएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्रीको उम्मेदवार तोक्ने निर्णय आउनेछ। ‘हामी देशभर नयाँ र नविन कांग्रेसको सन्देशसहित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दैछौं,’ प्रवक्ता चालिसेले भने।
सानेपाबाट गगनको पहिलो निर्णय : देवेन्द्रराज कँडेलको उम्मेदवारीलाई आधिकारिकता
सभापति थापालाई किन मधेश पठाइयो ? यसो भन्छन् प्रदीप पौडेल
झापा ५ मा हरेक घरका मतदातासँग सम्पर्क बढाउन कार्यकर्तालाई ओलीको निर्देशन
अर्जुननरसिंह भन्छन् : कांग्रेसले आफ्नो शक्ति फर्काउँछ
ओलीलाई योगेशको जवाफ : टिकट लाने कसैले पनि जित्छु भनेर कागज गरेका छैनन्
झापा ५ मा हरेक घरका मतदातासँग सम्पर्क बढाउन कार्यकर्तालाई ओलीको निर्देशन
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४८७ जनाको उम्मेदवारी परेकोमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइलगायत ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।
त्यस्तै ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले
उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो
प्रचण्ड र माधवको निर्देशन मानेनन् हरिबोलले, महेश्वरलाई बागीबाट नहटाउने अडान
ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दीपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ ।

गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं ५ समन्वय कमिटीको आजको बैठकले ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए । कार्कीका अनुसार परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिति गठन गरिएको छ ।
कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य,केन्द्रीय आयोग,केन्द्रीय विभाग (वर्तमान र निवर्तमान) हरूलाई जिम्मेवारी दिएको छ । कमिटीमा प्रदेश कमिटी सदस्य, प्रदेश लेखा कमिटी, विभाग र सल्लाहकारहरूलाई पनि परिचालन कमिटीमा समेटिएको छ ।
सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल
सोमप्रसादले सुरु गरे चुनावी अभियान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड
बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल
जाँचबुझ आयोगको म्याद २० दिन थपियो
सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगको म्याद बिहीबार नै सकिने भएपछि सरकारले म्याद थप गरेको हो ।

भदौमा तीन महिनाको कार्यादेशसहित गठन भएको आयोगको काम नसकिएपछि यसअघि एक महिना म्याद थप गरिएको थियो । प्रतिवेदन लेखनको कार्य सकिन बाँकी रहेकाले आयोगको आग्रह अनुसार मन्त्रिपरिषद्ले म्याद थपको निर्णय गरेको हो ।
त्यस्तै मन्त्रपरिषद्ले सिद्धार्थ राजमार्गको बुटबल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिए ।
गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो
सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त
कांग्रेस नफुटोस् भनेर मध्यमार्गी धार अपनाए : शेखर कोइराला
राष्ट्रियसभामा तीन अध्यादेश पेस
हनुमानढोका दरबारमा वसन्त श्रवण (तस्बिरहरू)
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।

यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ ।
वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायत मन्त्रीहरूको सहभागिता रहेको थियो ।
यसपटकको निर्वाचनमा राप्रपा एक्लै भिड्छ : अध्यक्ष लिङ्देन
विष्णुमती नदी सरसफाइ (तस्बिरहरू)
एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी
बालेनले गरे पाथिभरा माताको दर्शन
अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी
सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु
पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित चार जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् । क्रेमलिनको आक्रमणकारी सेनाको मुख्य उद्देश्य रहेको डोनेट्स्क क्षेत्रमा बिहीबार भएको आक्रमणले अन्य पाँच जनालाई घाइते बनाउनुका साथै दुई घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीरूले बताएका छन् ।

मत्यु हुनेमा एकजना ३२ वर्षीय पुरुष र उनका ५ वर्षीय छोरा र उनीहरूका दुई छिमेकीहरु रहेको अधिकारीहरुले टेलिग्राम मार्फत विज्ञप्ति जारी गर्दै जनाएका छन् । चेरकास्के गाउँमा भएको आक्रमणमा तीन जना किशोरी र एक ३४ वर्षीया महिला घाइते भएको जनाइएको छ ।
शान्ति बोर्डको प्रस्तावले ईयू–अमेरिका सम्बन्धमा तनाव
ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव
ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद
ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने
अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ ।
स्रोतले भनेको छ, ‘युरोपेली सहयोगीहरूले पनि आर्कटिक सुरक्षा बढाउनेछन्, तर अमेरिकी सार्वभौमिकताको अधीनमा ग्रीनल्याण्डमा अमेरिकी आधारहरू राख्ने बारेमा छलफल भएको छैन।’
‘सन् १९५१ को सम्झौतामा पुनः वार्ता हुनेछ,’ स्रोतले बताएको छ।

सन् २००४ मा अद्यावधिक गरिएको रक्षा सम्झौताले डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूलाई पहिले नै सूचित गरी वासिङ्टनलाई आफ्नो सेना तैनाथ गर्न स्वतन्त्रता दिएको छ।
ग्रिनल्याण्डको उत्तरपश्चिममा रहेको पिटुफिक अन्तरिक्ष अखडा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको महत्वपूर्ण कडी हो ।ट्रम्पले बुधबार डाभोसमा विश्व आर्थिक मञ्चमा रुटसँगको वार्तापछि सम्झौताको आधारभूत खाकाको घोषणा गरेका थिए ।
मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता
जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित
पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु













प्रतिक्रिया