ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए
नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको छ । आज बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजिनुपर्ने आवाज बलियो गरी उठेको छ । बैठकमा आज बोल्ने पार्टीका अधिकांश शीर्ष पदाधिकारीहरूले वर्तमान कार्यशैलीबाट संगठन अगाडि बढ्न नसक्ने बताउँदै निकाल्दै नेतृत्वलाई नयाँ बाटो प्रशस्त गर्न सुझाव दिएका छन् ।

विशेष गरी महासचिव शंकर पोखरेलसहितका पदाधिकारीहरूले पार्टीलाई नयाँ उर्जा दिन र गतिशिल बनाउन नेतृत्वले निकास दिनुपर्ने धारणा राखेका छन् । बैठकमा सहभागी नेताका अनुसार कार्यकर्तामा नयाँ उत्साह भर्नका लागि पनि अध्यक्षले मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव महासचिव पोखरेलले दिएका छन् ।
संस्थापन पक्षको बचाउमा भने बैठकमा उपस्थित थोरै नेता मात्र उभिएका छन् । अहिलेसम्म भनाइ राखेका नेताहरूमध्ये उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतले मात्र अध्यक्ष ओलीको दह्रो समर्थन गरेका छन् ।
यता, पार्टीका उपमहासचिव लेखराज भट्टले पनि बैठकमा पार्टी नेतृत्वको विकल्पका विषयमा नेताहरुले फरक–फरक धारणा राखेको जानकारी दिए । उनका अनुसार शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा धारणा राख्ने केही नेताहरुले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न अध्यक्षलाई सुझाव दिएका छन् भने केहि नेताहरुले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
एमाले सचिवालय बैठक : अल्पमतमा पर्दा पनि गल्ती स्वीकार्न तयार छैनन् ओली
रास्वपा बैठकमा खैलाबैला, सांसदमाथि खनिए कार्यकर्ता
बारामा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा खैलाबैला मच्चिएको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिँदा आफ्नै कार्यकर्ता सांसदमाथि खनिएका छन् ।
टिकट वितरण र संगठन विस्ताजस्ता विषयलाई लिएर असन्तुष्ट पक्ष हात हालाहालमा उत्रिएपछि बैठकस्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि रास्वपाका बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर २ का चन्दन सिंह, क्षेत्र नम्बर ३ का अरविन्द साह र क्षेत्र नम्बर ४ का रहबर अन्सारी ज्यान जोगाउन बैठक स्थलबाट बाहिरिनु परेको थियो ।

उक्त बैठकमा रास्वपाका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी तथा स्थानीय तहका सभापतिहरूलाई नियतवश संगठनबाट बाहिर राख्न खोजिएको आरोप असन्तुष्ट पक्षले लगाएको छ । जिल्लाका स्थानीय तह र वडाहरूमा जगैदेखि संगठन विस्तारमा खटिएका पुराना साथीहरूलाई आगामी स्थानीय तहको निर्वाचनमा पाखा लगाउन खोजिएको भन्दै कार्यकर्ताहरू आक्रोशित बनेका थिए ।
लगनशील कार्यकर्तालाई टिकट दिनुको साटो सांसदहरूले पहिले नै टिकट बिक्री गरिसकेको रहस्य खुलेपछि बैठकमा भनाभन सुरु भई अन्ततः आक्रमणको रूप लिएको हो ।
डोल्पाको छार्का ताङसोङमा फोरजी सेवा
हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा
‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह
सामुदायिक रेडियो प्रविधिमैत्री हुनुपर्छ : सञ्चारमन्त्री
भदौ २४ को घटनामा सरकारको ढाकछोप स्वीकार्य छैन : गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सरकारले आफ्नो प्रतिबद्धता अनुसार भदौ २४ गतेको घटनाको न्यायिक छानबिन गर्न आयोग गठन गर्नुपर्ने माग गरे ।

थापाले भदौ २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुनुपर्ने जिकिर गरे ।
उनले मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको भन्ने कुरा सुनिएको उल्लेख गर्दै त्यस्ता गतिविधि नगर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।
रानीजमरा कुलरिया आयोजना : उत्पादित विद्युत्को हिसाब गर्न सुझाव
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता
मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक
रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य हुँदैछ : मन्त्री यादव
जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया
जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

त्यस अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भएकामा उक्त अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।
यस प्रकारको कार्यक्रमबाट सेवारत र अवकाशप्राप्त सैनिकहरूबीच निरन्तर सम्बन्ध कायम हुनुको साथै प्राप्त राय सुझावले राष्ट्रिय दायित्वलाई आत्मसात गरी समग्रमा राष्ट्रिय हितको संरक्षणमा सहयोगीसिद्ध हुने विश्वास लिइएको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ
दरबारमार्गमा १९औं स्ट्रिट फेस्टिभल (तस्बिरहरू)
सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
सूर्यविनायक–धुलिखेल सडक विस्तारको अवस्था (तस्बिर)
शृङ्गेरीका शंकराचार्यद्वारा बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना
चिनको कोइलाखानीमा ग्यास विस्फोट, आठ जनाको मृत्यु, ३८ अझै बेपत्ता
उत्तरी चिनको एक कोइलाखानीमा भएको ग्यास विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता रहेका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शानक्सी प्रान्तस्थित लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको हो । विस्फोटका बेला खानीभित्र २४७ जना कामदार कार्यरत रहेका थिए ।

तीमध्ये २०१ जनालाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको जनाइएको छ । स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिन्ह्वाले आठ जनाको मृत्यु पुष्टि गरेको छ । बेपत्ता रहेका ३८ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।
यस घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारमा ‘सम्भावित सबै प्रयास’ गर्न निर्देशन दिँदै घटनाको गम्भीर अनुसन्धान गर्न आग्रह गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने
‘युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी’
क्यालिफोर्नियामा रासायनिक ट्यांकी चुहावटका कारण हजारौँ विस्तापित














प्रतिक्रिया