आजका समाचार : प्रदेशमा एमाले–नेकपा साझेदारी, नयाँ सिक्काको डिजाइन सार्वजनिक, डा. केसीसँग वार्ता गर्न पुगे शिक्षासचिव र कक्रोच आन्दोलन फिर्ता « Khabarhub

आजका समाचार : प्रदेशमा एमाले–नेकपा साझेदारी, नयाँ सिक्काको डिजाइन सार्वजनिक, डा. केसीसँग वार्ता गर्न पुगे शिक्षासचिव र कक्रोच आन्दोलन फिर्ता


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एमाले-नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति भएको छ।

शनिबार भएको सहमतिअनुसार दुई दलले प्रदेशसभामा संयुक्त रूपमा सरकार गठन गर्दै सत्ता साझेदारी गर्ने भएका छन्।

सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्य उल्लेख गरिएको छ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ।

मधेश र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति गरिएको छ।

सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन्।

एमाले-नेकपा सहमति : कहाँ कसको नेतृत्व ?

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति

चुच्चे नक्सासहित नयाँ सिक्काको डिजाइन तयार
सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ।

अर्थ मन्त्रालयका अनुसार नयाँ सिक्काको डिजाइनमा चुच्चे नक्सासँगै आकाश भैरवको चित्रसमेत समावेश गरिएको छ। उक्त डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिएर कार्यान्वयनमा लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समेटेर नयाँ सिक्का जारी गर्ने तयारी गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि सिक्का छपाइ तथा प्रचलनमा ल्याउने प्रक्रिया अघि बढाइनेछ।

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा
अनसनरत चिकित्सक डा गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सरकारको पहल जारी रहेको छ । सोही क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल आज धनगढी पुगेका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीसँग वार्ताका लागि सचिव पौडेललाई धनगढी पठाएको जानकारी दिए । सचिव पौडेलले डा. केसीसँग प्रत्यक्ष संवादगरी उनले उठाएका मागबारे छलफल गर्नेछन्।

यसअघि शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा.केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गरेका थिए । त्यसैको निरन्तरता स्वरूप सचिव पौडेललाई धनगढी पठाइएको जनाइएको छ ।

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा आन्दोलनरत कक्रोच जनता पार्टी ९सिजेपी० ले शनिबार आन्दोलनलाई फिर्ता लिएको छ । सिजेपीले सरकारबाट अन्य मागहरू पनि समाधान गर्ने सरकारले आश्वासन दिएपछि जन्तर मन्तरमा ३७ दिनदेखि चलिरहेको आन्दोलन फिर्ता लिएको हो ।

राजधानीको संविधान क्लबमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरव दासले भने, “हामी सहमति भएका सर्तहरू सहमति भएका समयसीमाभित्र कार्यान्वयन हुनेछन् भन्ने बुझाइका साथ सिजेपीले सद्भावनामा आन्दोलन फिर्ता लिन्छ ।”

संविधान क्लबमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँगको तेस्रो चरणको वार्तापछि सीजेपीले भनेको छ, “केन्द्रीय सरकारले आत्महत्या गरेका नीट परीक्षाका आकांक्षीहरूका परिवारलाई उपयुक्त क्षतिपूर्ति दिने सहमति जनाएको छ र भारतभरका प्रदर्शनकारीहरूविरुद्ध दर्ता भएका मुद्दा (एफआईआर) फिर्ता लिने आश्वासन दिएको छ ।”

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

धर्मेन्द्र प्रधानको राजीनामापछि पनि घर नफर्किने कक्रोच जनता पार्टीको चेतावनी

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पत्रमा के छ ? (पूर्णपाठ)

विद्यार्थी आन्दोलनबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु























प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ७ : ५३ बजे

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे