आजका समाचार : एमालेको चुनावी पोस्टरमा छैनन् ओली, कांग्रेस-एमालेसँग मिल्ने प्रचण्डको संकेत, रिहा भए प्रसाई र संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि « Khabarhub

आजका समाचार : एमालेको चुनावी पोस्टरमा छैनन् ओली, कांग्रेस-एमालेसँग मिल्ने प्रचण्डको संकेत, रिहा भए प्रसाई र संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने
प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।

बुधबार सिंहदरबारमा फागुन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका क्रममा कोही सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय भएको बताए।

त्यस अवधिमा उनीहरूको मृत्यु भए उनीहरूका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले १६ औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने र यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगको कार्यअवधि एक महिना थप गर्ने निर्णयसमेत गरेको प्रवक्ता अर्यालले बताए ।

यसरी चल्दैछ एमाले उम्मेदवार क्षितिज थेबेको चुनावी अभियान (तस्बिरहरू)

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्‍याइयो

कास्कीका मतदान अधिकृतलाई अभिमुखीकरण तालिम सुरु

मोरङमा दुई अस्थायी मतदान केन्द्र राख्न आयोगलाई सिफारिस

गैरआवासीय नेपालीका ११८ पेशाकर्मीको संयुक्त अपिल : कांग्रेसलाई मतदान गरौँ

प्रस्तावित धरान विमानस्थल क्षेत्रको रोक्का जग्गा फुकुवा

पेरिसडाँडामा प्रचण्डको ब्रिफिङ : देश जलाउनेविरुद्ध लड्न कांग्रेस-एमालेसँग मिल्नुपर्ने हुन सक्छ

चुनावी घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई कांग्रेसको विशेष, अन्य दलको औसत सम्बोधन
फागुन २१ गते हुने निर्वाचन लक्षित गरी राजनीतिक दलहरूले घोषणापत्रमार्फत आ–आफ्नो ढंगले मतदातालाई आकर्षण गर्ने प्रयास गरेका छन् ।

नेपालमा बढ्दै गएको उच्च बेरोजगारीका कारण युवा उमेर समूहको ठूलो सङ्ख्या रोजगारीको सिलसिलामा विश्वका विभिन्न मुलुकमा पुगेका छन् ।

यसपटकको निर्वाचनमा पारिवारिक सम्बन्धमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि मत परिणामलाई प्रभावित गर्न सक्ने चर्चा समेत भएको छ ।

सोही सन्दर्भमा विशेषगरी मुख्य राजनीतिक दलले वैदेशिक रोजगारीमा रहेका नेपाली युवा र वैदेशिक रोजगारीमा जान चाहेका युवालाई लक्षित गरेर घोषणापत्रमा सम्बोधन गर्ने प्रयास गरेका छन् ।

जसमा कांग्रेसले दीर्घकालीन निकास सहितको विषयलाई बृहत् विश्लेषण गर्ने प्रयास गरेको छ भने अन्य दलले औसत रूपमा सम्बोधन गर्ने प्रयास गरेको देखिएको छ ।

ओलीलाई मतदाताले भने, ‘हामी तपाईंलाई भोट दिन्छौँ, तपाईं हामीलाई विकास दिनुस्’

स्तरोन्नतिपछिको व्यापारिक चुनौती सामना गर्न सरकारले ल्यायो ‘वाणिज्य क्षेत्र रणनीतिक योजना २०८१’

एमालेको चुनावी पोस्टरबाट केपी ओली आउट !

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

सर्लाहीमा गगनबारे रवि : काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानका क्रममा सर्लाही पुगेका छन् । उनले बुधबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको क्षेत्रमा पुगेर सम्बोधन गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा समेत पुगेर सम्बोधन गरेका उनले सभापति थापालाई कुनै हालतमा हराउन आग्रह गरे ।

उनले सर्लाही ४ मा रास्वपाका डा. अमरेश सिंहले जित्ने दाबी गरे । ‘मलाई थाहा छ, सर्लाही ४ मा अमरेशजीले जित्नु हुन्छ’, उनले भने, ‘यो स्थानमा अमरेशजीले नभए पनि अर्को मधेशको छोरोले जित्नुपर्छ । तर यस पटक काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्दैछन् । उनलाई ठाउँको ठाउँ रोक्नुपर्छ।’

उनले पहाडी र मधेशी भनेर म यहाँको मान्छे, त्यहाँको मान्छे भनेर अब बस्न नहुने बताए । ‘अब एकै पटक देशलाई न्याय दिन नेपालको कुरा गर्ने हो’, उनले भने, ‘अघिपछिको चुनाव जस्तो होइन, यस पटक विशेष चुनाव छ । सर्लाहीसँगको मेरो नाता अन्याय पर्दा उभिएको पुरानो नाता हो ।’

मानव अधिकार आयोगले भन्यो- निर्वाचन शान्तिपूर्ण र भयरहित बनाऔं

 स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउँछ : प्रचण्ड

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना

हिरासतबाट निस्किएपछि झन् उग्र प्रसाईं, मतदातालाई भने – देश सक्ने चुनावमा गएर भोट नहाल्नू
सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईंले फेरि चुनावविरोधी अभिव्यक्ति दिएका छन् ।

सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश जारी गरेको थियो । बुधबार काठमाडौं प्रहरी परिसरबाट रिहा भएका उनले चुनावविरोधी कडा अभिव्यक्ति दिएका हुन् ।

निर्वाचन विथोल्नसक्ने भन्दै प्रहरीले उनलाई फागुन ४ गते प्रहरीले पक्राउ गरेको थियो। उनले सर्वोच्च अदालत, सिंहदरबार र संसद् भवन जलाइएको बताउँदै त्यति गरेर २०८४ को चुनाव ०८२ मा गर्न लागिएको दाबी गरे ।

‘संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, सिंहदरबारदेखि स्वास्थ्य चौकीसमेत डढाएर के परिवर्तन आयो ? ०८४ को चुनाव ०८२ मै गर्न सिंहदरबारमा आगो लगाएको हो रु यो कुरा प्रष्ट नभइ तपाईंहरू किन चुनाव गराउनु हुन्छ ?’, उनले भने, ‘मैले बोल्दाखेरी थुनिनुपर्ने ? मैले यो कुरा पटक पटक बोलेको हो । सिंहदरबार र संसद् भवनमा आगो लाग्दा कोही पनि नबोल्ने अनि अहिले हतियार र बर्दी देखाएर चुनावमा जाने ?’

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

कांग्रेस महामन्त्री पौडेललाई नीर शाहले भने- ‘अल द बेष्ट’

कार्यकाल सकिए पनि पुनः एमालेमा क्रियाशील हुन्छु : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

अनलाइन स्क्यामिङमा समातिएका १८ नेपालीलाई आममाफी दिन म्यानमार सकारात्मक

सर्वोच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाईं

देशलाई उज्यालो भविष्यतिर लैजाने घिसिङको प्रतिबद्धता
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा दिगो विकास, सुशासन र समृद्धिका लागि स्पष्ट कार्ययोजना अघि सारका छन् ।

पाँचथरको इलाममा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले ऊर्जा क्षेत्रमा आफ्नो नेतृत्वमा हासिल भएको सफलता स्मरण गर्दै अब समग्र राष्ट्रलाई उज्यालो भविष्यतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिलेको जेनजी (जेनेरेसन–जेड) पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने समय आएको उल्लेख गर्दै आफू युवापुस्ताको भावना, सोच र ऊर्जालाई प्रतिनिधित्व गर्ने नेतृत्वका रूपमा अघि बढिरहेको बताए ।

गैरआवासीय नेपालीका ११८ पेशाकर्मीको संयुक्त अपिल : कांग्रेसलाई मतदान गरौँ

रोल्पालीको शिर उचो बनाउने काम गरेको छु : वर्षमान

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपद्को सारथी

मानव अधिकार आयोगले भन्यो- निर्वाचन शान्तिपूर्ण र भयरहित बनाऔं

एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

अमेरिकी संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि : भारत-पाक युद्ध रोकेँ, गाजा युद्धविराम ठूलो सफलता, इरानको आणविक कार्यक्रम ध्वस्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान (नेपाली समयअनुसार) अमेरिकी संसद्मा वार्षिक सम्बोधन गरेका छन्।

वर्षको सुरुवातमा राष्ट्रपतिले दिने यस सम्बोधनलाई ‘स्टेट अफ द युनियन’ भनिन्छ। करिब १ घण्टा ५० मिनेट लामो भाषणमा ट्रम्पले फेरि एकपटक भारत–पाकिस्तानबीचको सम्भावित संघर्ष आफूले रोकेको दाबी दोहोर्‍याए।

उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको भनाइ उद्धृत गर्दै दुवै देशबीच परमाणु युद्ध भए ३ करोड ५० लाख मानिस मारिन सक्ने आशंका रहेको जिकिर गरे । तर भारतले यस दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ।

ट्रम्पले गाजामा इजरायल–हमास युद्धविरामलाई आफ्नो उपलब्धिका रुपमा वर्णन गरे। अर्कातिर भेनेजुएलासँग सम्बन्ध सुधार र त्यहाँ तेल उत्पादन वृद्धि भएको दाबी गर्दै त्यसलाई अमेरिकाको नयाँ मित्र देशको रूपमा चित्रण गरे। उनलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई गरिएको अपहरण पनि उपलब्धिका रुपमा चित्रण गरे।

बेलायतद्वारा रूसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा

उपहार क्याटलग विवादमा प्रधानमन्त्री ताकाइची

‘जापानी पत्रकार इरानमा गिरफ्तार’

तेहरान हिरासतमा रहेका आफ्ना नागरिकलाई रिहा गर्न जापानको माग

अमेरिकाको मिसौरीमा गोली हानाहान : दुई प्रहरीको मृत्यु, तीन घाइते

अमेरिकी आरोपप्रति इरानको कडा प्रतिवाद
















प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ८ : ०५ बजे

सयौँ नेपाली अनलाइन ‘स्क्यामिङ’को जालोमा

काठमाडौँ- सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई

टी–२० विश्वकप : न्यूजिल्याण्डले श्रीलंकालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ स्थित पशुपति बस्तलेश्वर मन्दिर नजिकको सरस्वती

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभा प्रस्थान

तेहरान – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली