आजका समाचार : हटाइयो सुकुम्बासी बस्ती, ७२ सालको भूकम्पमा ढलेका संरचना अलपत्र, इरानी विदेशमन्त्री पाकिस्तानमा र यूएईविरुद्ध नेपाल विजयी « Khabarhub

आजका समाचार : हटाइयो सुकुम्बासी बस्ती, ७२ सालको भूकम्पमा ढलेका संरचना अलपत्र, इरानी विदेशमन्त्री पाकिस्तानमा र यूएईविरुद्ध नेपाल विजयी


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो ।

आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए ।

उनले भने, ‘यहाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । बिहान थापाथली क्षेत्रमा रहेको बस्ती खाली गराएपछि हाल गैरीगाउँ क्षेत्रमा भत्काउने अभियान सञ्चालन भइरहेको छ ।’

गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो

सुकुमबासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर)

थापाथली बस्तीबाट २३ परिवारको सूची दर्ता, अस्थायी व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो

गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (तस्बिरहरू)

विस्थापित सुकुमबासीबारे पोखरेल:नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती खाली गराउने विषयमा सरकारको कदमप्रति प्रतिक्रिया जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अदृश्य त्रास र आतंकको छायाँमा आदेश पालना भएको भन्दै खुसी मनाउनेहरूले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरूको पीडा पनि देख्नुपर्ने बताएका छन्।

ती सुकुमबासीको श्रम र पसिनाले नै शहर निर्माण र विकास भएको उल्लेख गर्दै उनीहरूलाई विस्थापित गर्दा केवल नियम कार्यान्वयन भएको उत्सव मनाउनु पर्याप्त नहुने उनले बताएका छन्। उनले प्रभावित परिवारको वेदना बुझ्दै सम्मानजनक विकल्प उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको धारणा राखेका छन्।

उनले पूर्ववर्ती सरकारले सुकुमबासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि कानुनी व्यवस्था र भूमि आयोगमार्फत प्रक्रिया अघि बढाएको स्मरण गराउँदै वर्तमान सरकारले पनि जनताको विश्वासलाई सम्मान गर्दै मानवीय व्यवहारसहित न्यायोचित समाधान दिनुपर्ने बताएका छन्।

वास्तविक सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य : ज्ञानेन्द्र शाही

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

श्रीकृष्ण विक मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन
सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका एक युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको गत ७ वैशाखमा प्रहरी हिरासतमा मृत्यु भएपछि संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन र धर्ना गरिएको हो । प्रदर्शनमा विभिन्न राजनीतिक दलका सांसद तथा नेताहरू पनि सहभागी भएका थिए ।

प्रदर्शनकारीहरूले दलित समुदायमाथि भइरहेका छुवाछुत, विभेद, बहिष्कार र दमन अन्त्य गर्न माग गर्दै ‘प्रहरी हिरासतमा मारिएका श्रीकृष्ण विकलाई न्याय दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

श्रीकृष्ण विक खोटाङकी एक बालिकासँगको अन्तरजातीय प्रेम विवाहपछि उत्पन्न विवादका क्रममा बलात्कारको मुद्दामा पक्राउ परेका थिए । उनीमाथि झुटा मुद्दा लगाइएको भन्दै परिवार र अधिकारकर्मीहरूले घटनाको निष्पक्ष न्यायिक छानबिनको माग गर्दै आन्दोलन जारी राखेका छन् ।

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

बस्ती छाड्दै मनोहराका सुकुमबासी

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

भाइरल भिडियोबारे यसो भन्छन् सांसद् पोखरेल

गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र
२०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि गोरखाका दलित समुदायका केही परिवार अझै व्यवस्थित आवासबाट वञ्चित छन्। राहत र पुनर्निर्माणका धेरै कार्यक्रम सञ्चालन भए पनि उनीहरू अहिले पनि त्रिपालले ढाकिएका अस्थायी टहरामै कष्टकर जीवन बिताइरहेका छन्।

खोल्साको छेउमा रहेको सानो बस्तीमा झुत्रा त्रिपाल र जस्तापाताले छोपिएका जीर्ण टहराहरू देखिन्छन्। साँघुरा र होचा ती टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू छन् भने झ्याल र बलियो ढोका समेत छैन।

स्थानीयहरूका अनुसार प्रहरी चौकी नजिकै भएकाले चोरी–लुटपाटको डर छैन, तर हावाहुरी र वर्षाले टहरा उडाउने त्रास भने सधैँ रहन्छ।

५७ वर्षीया माइती माया सुनार भूकम्पको दिन सम्झिँदै भन्छिन्, ‘पहिले डाँडागाउँको गैरीगाउँमा ढुङ्गा(माटोको घर थियो। भूकम्पले घर भत्कायो, पहिरोको जोखिम बढेपछि यहाँ आएँ। त्यसयता त्रिपालमुनि बस्नुपरेको छ।’

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच इस्लामावादमा भेटवार्ता
पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीबीच शनिबार भेटवार्ता भएको पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार र सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर पनि बैठकमा सहभागी भएको कार्यालयले जनाएको छ ।

इरान र अमेरिकाबीच सम्भावित वार्तासम्बन्धी प्रस्तावमा केन्द्रित अराघचीको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल आइपुगेपछि पाकिस्तानी र इरानी अधिकारीहरूले शुक्रबार र शनिबार श्रृङ्खलाबद्ध बैठकहरू गरेका थिए ।

स्रोतका अनुसार वार्ताको क्रममा इरानले आफ्ना सर्त र प्रस्तावहरूमा जोड दिएको थियो र द्वन्द्व अन्त्यका लागि कूटनीतिक संलग्नताको भविष्यको पाठ्यक्रम तय गर्न संलग्न रहने वाचा गरेको थियो ।

शुक्रबार राति एक उच्चस्तरीय बैठक भएको थियो जसमा इरानी पक्षले प्रमुख मागहरू र संयुक्त राज्य अमेरिकाले अघि सारेको प्रस्तावहरूको प्रतिक्रियामा आफ्नो स्थिति साझा गरेको थियो।

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

गाजा संकट गहिरिँदै : मृतक सङ्ख्या बढ्दो

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले यूएईलाई ३७ रनले पराजित गर्‍यो ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो । खेलमा नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए । त्यसैगरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । नेपालका दीपेन्द्रसिंह ऐरी र ललीत राजवंशीले समान एक विकेट लिए ।

ब्याटिङतर्फ यूएईका हरप्रित सिंहले ३९ रन बनाए । ५२ बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यसैगरी, मुहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रन जोडे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।

नेपालले युएईलाई दियो २०१ रनको चुनौत




















प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ८ : ०० बजे

आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा सनराइजर्स

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण

म्याग्दी – यहाँको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडाैं । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

बुटवलमा गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित

लुम्बिनी – बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु