अर्थ समाचार : दूरसञ्चारको गुणस्तरमा सुधार्न निर्देशन, सगरमाथा जोड्ने सडकका लागि पाँच अर्ब, विद्युत् उत्पादनमा नयाँ ऊर्जा नीति बन्दै र १७९ कम्पनीको सेयर मूल्य घट्यो « Khabarhub

अर्थ समाचार : दूरसञ्चारको गुणस्तरमा सुधार्न निर्देशन, सगरमाथा जोड्ने सडकका लागि पाँच अर्ब, विद्युत् उत्पादनमा नयाँ ऊर्जा नीति बन्दै र १७९ कम्पनीको सेयर मूल्य घट्यो


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन-मलेखु सडक विस्तारको काम सुस्त

पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको समय सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन । गत पुस १५ गते सक्नेगरी त्यसको तीन वर्ष अघि २०७९ पुस १५ गते सडक विस्तारको ठेक्का लगाइएको थियो ।

दुई पटक म्याद थप गर्दासमेत हालसम्म भुक्तानी प्रगति ४६ प्रतिशत मात्र भएको छ । आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार भौतिक प्रगति ४८ प्रतिशत हाराहारी भएको छ ।

उनका अनुसार पहिलोपटक थप गरिएको १८३ दिनको म्याद सकिएर पुनः दोस्रो पटक २१० दिन थप गरिएको छ । यो समयमा पनि काम नसकिने भएपछि म्याद थप्नुपर्ने भएको छ ।

करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर स्तरोन्नतिको काम अघि बढाइएको थियो । तेस्रो प्याकेजअन्तर्गतको नागढुङ्गा–मुग्लिन सडक ३८ दशमलव ८६ किलोमिटर लामो छ ।

मिश्रका अनुसार हालसम्म १५ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । तीन किलोमिटर बेस राखेर कालोपत्रको तयारी गरिएको छ । अरु पाँच किलोमिटरमा सववेस राखिएको छ ।

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने 

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेता सम्मानित

शनिबारदेखि जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन हुने

नेप्से : १७९ कम्पनीको सेयर मूल्य घट्यो

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न सञ्चारमन्त्रीको निर्देशन

अनुदानको १५९ बोरा मलको हिसाब नदेखाएपछि कृषि भण्डारलाई दुई लाख जरिवाना

अनुदानमा प्राप्त रासायनिक मलको बिक्री तथा मौज्दात विवरण देखाउन नसकेपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रशासनले गरेको आकस्मिक अनुगमनका क्रममा भण्डारमा मलको मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भण्डारका सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको ४०० बोरा मलमध्ये २४१ बोरा मात्रै गोदाममा भेटिएको थियो । बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण सञ्चालकले देखाउन नसकेपछि जरिवाना गरिएको हो ।

भण्डारले १७० बोरा युरिया र २३० बोरा डिएपी खरिद गरेको थियो । अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डिएपी मात्रै भेटिएको थियो । बाँकी ५० बोरा युरिया र १०९ बोरा डिएपीको हिसाब नदेखाएपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सगरमाथा आधार शिविर जोड्ने सडकका लागि पाँच अर्ब सुनिश्चित

सामाजिक सुरक्षाको दबाबले नागरिक लगानी कोषलाई समस्या

म्याग्दीमा हावाहुरीले सुन्तला झार्दा किसानलाई लाखौँको क्षति

तीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ७ : ०० बजे

वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी नहटाउन कांग्रेसको माग

काठमाडौँ– नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने

बैंक खाता रोक्का गर्ने तयारीपछि सम्पर्कमा आए ४७ आरोपित

काठमाडौं– वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका

प्रधानमन्त्री बालेन र सभापति रविबीच पाँच घण्टा वार्ता : के-के भयो कुरा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र

ठगी तथा संगठित अपराध कसुरमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौँ – ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं