देउवा सिंगापुरतिर उड्दा पाँच दिनदेखि भारतको तीर्थयात्रामा छिन् पत्नी आरजु « Khabarhub

देउवा सिंगापुरतिर उड्दा पाँच दिनदेखि भारतको तीर्थयात्रामा छिन् पत्नी आरजु


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बुधबार राति सिंगापुरतिर लागेका छन् ।

यस पटक उनी एक्लै सिंगापुरतिर लागेका हुन् । गत पुस २७ देखि माघ १ गतेसम्म भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बिदा गरिएका देउवा चुनावको मुखमा अचानक विदेशिएका हुन् ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापासँग संवाद नै हुन नसकेको अवस्थामा देउवा विदेशतिर लागे ।

फागुन २१ गतेको मध्यावधि निर्वाचनका क्रममा देउवासहित उनको पक्षका नेताहरूको भूमिकालाई लिएर प्रश्न उठिरहेको छ । अचानक कांग्रेसको नेतृत्वबाट बिदा हुनुपरेपछि क्षुब्ध रहेका देउवा पछिल्लो समय महाराजगञ्जस्थित भाडाको घरमा चुपचाप बसिरहेका थिए ।

चुपचापको अर्थ उनी यो चुनावमा कांग्रेसलाई सघाउन कतै निस्किएनन् । गृहजिल्ला डडेल्धुरामा आफ्नो साटो उठेका नैनसिंह महरलाई सघाउन पनि उनी तयार भएनन् ।

जेन-जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीपछि सबैभन्दा प्रश्न उठाइएका नेता देउवासँग र सभापति थापाबीच सहकार्य हुने सम्भावना नरहेपछि काांग्रेसलाई चुनौती बढेको आँकलन गरिएको छ।

यो पनि पढ्नुहोस् :

सभापति थापाले गत माघ ६ गते जनकपुरमा भएको सभाका लागि निम्ता दिन खोजेका थिए । तर देउवा र उनीनकिट कोही पनि नेताले त्यहाँ जान इच्छा जनाएनन् ।

गगनसँग संवादहीनता कायमै रहेका बेलामा कांग्रेसबाट निष्क्रिय रहेकै अवस्थामा देउवा सिंगापुरतिर लागेका छन् ।

जेन-जी आन्दोलनमा कुटपिट हुँदा घाइते उनले यसअघि दुई पटकसम्म सिंगापुरमा उपचार गराएका थिए । अहिले पनि स्वास्थ्यमा समस्या देखिएको भन्दै देउवा त्यतैतिर लागेका हुन् । उनलाई बिदा गर्न स्वकीय सचिव भानु देउवासहित विमानस्थल पुगेका थिए ।

देउवा यस पटक एक्लै सिंगापुर यात्रामा निस्किँदा पत्नी एवम् तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भने चार दिनदेखि भारतको यात्रामा छिन् ।

सहयोगीहरू लक्ष्मी खतिवडासहितलाई लिएर उनी अहिले भारतका विभिन्न मन्दिरको तीर्थयात्रामा छिन् । परराष्ट्रमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितसँग सीधा संवाद गरेकी उनी अहिले चुपचाप तीर्थयात्रामा छिन् ।

उनी फागुन १० गते भारत यात्रामा गएकी हुन् । भारत पुगेकी उनले हिन्दुहरूका आराध्यदेव महादेव र देवीसँग सम्बन्धित मन्दिहरूको दर्शन गरेकी छन् ।

उनले मध्यप्रदेशको नलखेडामा अवस्थित माँ बगलामुखी माता मन्दिरमा पुगेर पूजापाठसहित दर्शन गरेकी छन् ।

त्यसैगरी उनले सहयोगीसहित मध्यप्रदेशको महाकालेश्वर उज्जैनस्थित ऊँकारेश्वर मन्दिरको दुई दिनअघि दर्शन गरिन् ।

त्यसपछि उनले मध्यप्रदेशको उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिरमा पुगेर पूजापाठ गरेकी छन् ।

अहिले पनि उनको तीर्थयात्रा जारी छ । उनी भारतमा तीर्थयात्रा गरिरहँदा पति भने फागुन २१ को चुनाव छल्दै सिंगापुरतिर निस्किएका हुन् ।

देउवाको यो कदमले फागुन २१ को चुनावमा उनी पक्षीय समूहले कांग्रेसलाई असहयोग गर्न सक्ने सम्भावना बलियो भएको छ।

यो चुनावमा डडेल्धुराबाट उठ्न खोजेका उनलाई सभापति थापाले टिकट दिएनन् । टिकट नमिल्ने अवस्था बुझेपछि उनैले सचिवालयमार्फत् आफू चुनावी प्रतिस्पर्धामा नरहेको सन्देश दिए ।

उता पत्नी आरजु पनि कैलालीबाट चुनाव लड्ने तयारीमा थिइन् । तर यी दुवैजनालाई सभापति थापाले आराम गर्नु भन्ने सन्देशसहित टिकट दिएनन् । दुवैले टिकट नपाएको अवस्थामा उनका कयौँ सहयोगीसमेत अहिले निष्क्रिय छन् ।

उनीहरूका सहयोगीका रुपमा रहेका कांग्रेसका ६ भाइमध्ये अधिकांश गुमनाम जस्तै छन् । विदेशिने देउवाको यो कदमले यसपटक उनीहरूले कांग्रेसलाई अघोषित असहयोग गर्ने सम्भावना बलियो भएको छ।

यो पनि पढ्नुहोस् :

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १ : ४४ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन