रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, मनिष झा पराजित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन् ।

तीव्र प्रतिस्पर्धाबीच आचार्यले पार्टीका अन्य प्रभावशाली नेताहरू मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्दै महामन्त्रीमा विजयी भएका हुन् ।
रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित
रास्वपा पदाधिकारी निर्वाचनमा सहभागी भएनन् दुईतिहाइ प्रतिनिधि, खस्यो केबल ३० प्रतिशत मत
दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे
रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन्
महामन्त्रीमा पराजित भएपछि मनिषले भने : टीके अभ्यास रोक्न सफल भएँ, परिणाम स्वीकार्छु
रास्वपा सह-महामन्त्रीमा अशिम र हरि विजयी
होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)
वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै सुकुम्वासीहरूले विरोध प्रदर्शन गरेका छन्। राज्यबाट जबरजस्ती विस्थापन गरिएको भन्दै विभिन्न कम्युनिस्ट घटकहरूले विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले वैकल्पिक व्यवस्थाबिना सुकुम्वासी बस्ती हटाएको आरोप लगाएका छन् ।
आइएसएमटीले सन्डरल्यान्ड विश्वविद्यालयबाट फ्रेन्चाइज नै नलिएको कार्यक्रम चलाउँदै
प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित
प्रदेश संरचनाबारे रास्वपामा बाझियो मत : रवि पक्षमा उभिँदा स्वर्णिम भन्छन्, ‘खारेज गरौँ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रदेश संरचनाको पक्षमा उभिँदा उपसभापति तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले खारेज गर्नुपर्ने मत राखेका छन् ।
चितवनमा तीन दिनदेखि जारी रास्वपाको पहिलो महाधिवेशनमा मंगलबार साँझ सभापति लामिछानेसहिले प्रतिवेदन पेश गरेका थिए । रविले राजनीतिक प्रतिवेदन पेश गर्दा अन्य पाँचवटा दस्तावेज पनि प्रस्तुत भए । ती सबै दस्तावेज महाधिवेशनको बन्दसत्रमा छलफल नै नगरी पारित गरिएको छ।
तर मंगलबार साँझ सभापति लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र उपसभापति तथा अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको अर्थ(राजनीतिक प्रतिवेदनमै मत बाझिएको भेटिएको छ ।

सभापति लामिछानेले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अहिलेको संविधानमाथि पार्टीको केही फरक धारणा रहेको उल्लेख गरिएको छ। दस्तावेजमा हाल कायम प्रदेश सभा र प्रदेश सरकार पुनर्संरचनाको पक्षमा आफू रहेको उनले उल्लेख गरेका छन् । तर, रविले प्रदेश सभा खारेजीको विषय प्रतिवेदनमा उल्लेख गरेका छैनन् ।
‘हामी अहिलेको अन्त्यन्तै महँगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ, जसले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरोस् । हामीले राष्ट्रिय सभालाई गैर–दलीय विशेषज्ञ सभा बनाउन र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने पक्षमा छौँ । प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाका पक्षमा हामी छौँ’, लामिछानेले प्रतिवेदनमा भनेका छन् ।
विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान
युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान गरेको मस्कोले जनाएको छ । यो चार वर्ष लामो युद्धमा भएको पछिल्लो युद्धबन्दी आदान–प्रदान हो । रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा भनेको छ, “युक्रेनबाट १६० जना रूसी सैनिकहरू फिर्ता भएका छन् र बदलामा १६० जना युक्रेनी युद्धबन्दीहरूलाई फिर्ता पठाइएको छ ।”

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युद्धबन्दी फिर्ता तथा मारिएका सैनिकहरूको शव आदान–प्रदान मस्को र किएभबीचको थोरै सहयोगका क्षेत्रहरूमध्ये एक बनेको छ ।
देशको सैन्य क्षमतालाई अझ आक्रामक र विनाशकारी बनाउन किमको आह्वान
इरानमा कडा अनुगमन आवश्यक : आईएईए
हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार
भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ
भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया जारी २०२६ फिफा विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ। क्यालिफोर्नियास्थित लेभिस स्टेडियममा बिहीबार भएको खेलमा प्राप्त १ अङ्कसँगै अस्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै अर्को चरणमा पुगेको हो ।
समूह चरणमा अस्ट्रेलियाले कुल ४ अङ्क जोड्यो। आफ्नो पहिलो खेलमा टर्कीलाई पराजित गरेको अस्ट्रेलिया दोस्रो खेलमा अमेरिकासँग पराजित भएको थियो। प्याराग्वेविरुद्धको निर्णायक खेलमा अस्ट्रेलियामाथि खासै ठुलो संकट नआए पनि टोलीले गोल भने गर्न सकेन। विश्वकप इतिहासमा अस्ट्रेलियाले सात पटक सहभागिता जनाएकामा समूह चरण पार गरेको यो तेस्रो पटक हो।












प्रतिक्रिया