आजका समाचार : कांग्रेसको जिल्ला अधिवेशनको मिति तोकियो, इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति माग र भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का « Khabarhub

आजका समाचार : कांग्रेसको जिल्ला अधिवेशनको मिति तोकियो, इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति माग र भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि पुस ५ सम्म, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म

नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका टुङ्गो लगाएको छ । पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए ।

सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो ।

बाँकी जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुनेछ । यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने लचकतासमेत राखिएको छ ।

यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेको बीचमा सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ । सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक–दुई दिनको फरक पारेर सञ्चालन गरिने स्पष्ट पारेका छन् ।

सबै प्रदेश अधिवेशनहरूमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक–फरक राख्न लागिएको हो ।

जनादेश प्राप्त सरकार असफल हुने छुट छैन : उपसभापति शर्मा 

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

‘सार्वजनिक ओहोदामा रहेका सबैको सम्पत्ति छानबिन गर्न कांग्रेस तयार छ’

प्रधानमन्त्रीनिकट भएकै आधारमा कसैले अतिरिक्त सुविधा पाउनु हुँदैन : गगन थापा

पुरानो पार्टी हुनुमा कांग्रेसले गर्व गर्नुपर्छ : सभापति थापा

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

नारायणगढ पुगेर पूर्वाधारमन्त्री लम्सालले भने- रत्ननगरको सभाहल अस्पताललाई दिन्छौँ

ऊर्जा मन्त्रीले भने- यसै वर्ष गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य राखेका छौँ

२६ वर्षपछि हेटौँडा कपडा उद्योग चलाउन यसरी हुँदैछ परीक्षण उत्पादन (तस्बिरहरू)

सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले गत साउनदेखि परीक्षण उत्पादन गरिरहेको छ ।

उद्योगका ४ सय ८ वटामध्ये १५ वटा तान (लुम) मर्मतसम्भार गरेर नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा परीक्षण उत्पादनको काम जारी छ । ती मेसिनमार्फत निजामती महिला कर्मचारीका पोसाक तथा अस्पतालका बेडसिट तयार पारिएको छ ।

स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन, मुख्यमन्त्री थापाले गरे हस्तान्तरण

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै

चिकित्सक भन्छन्- नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य

काठमाडौँ उपत्यकामा मात्रै ६७५ सवारीचालक कारबाहीमा

यमुनाघाटमा प्रवासी चराको चहलपहल (तस्बिर)

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ

बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ ।

पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उनले सन् २०२४ को जुलाईमा भएको जनविद्रोहको विरोध र हसिनाको समर्थनमा अन्तर्वार्ता दिँदै आएका छन् ।

पक्राउ पर्नेमा इस्लामकी पत्नी सायला फारजाना र उनका दुई भाइमध्ये रेजाउल आलम शाहिन पनि छन् । फारजाना सार्वजनिक प्रशासन मन्त्रालयकी पूर्वअतिरिक्त सचिव हुन् ।

इरानमा ‘कमसल’ मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु

भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का

नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा सात जनाको मृत्यु

इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ८ : ०४ बजे

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह

नारायणगढ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख

चितवन– सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई