आजका समाचार : निष्पक्ष निर्वाचन हुनेमा ओलीको शंका, बालेनको चुनौतीपछि झापा ५ मा एमाले एकजुट र हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना « Khabarhub

आजका समाचार : निष्पक्ष निर्वाचन हुनेमा ओलीको शंका, बालेनको चुनौतीपछि झापा ५ मा एमाले एकजुट र हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

ओलीको निष्कर्ष : सरकारका गतिविधि ठिक छैनन्, निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन
नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयारीका क्रममा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रका प्राथमिकताका विषयमा धारणा राखेका थिए।

उनले एमाले सुदृढ संगठन, व्यापक जनमत र लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको उल्लेख गर्दै भूकम्पपछिको पुनर्निर्माणलाई पार्टीले उदाहरणीय रूपमा सफल बनाएको दाबी गरे।

अध्यक्ष ओलीले गत भदौमा भएका घटनाले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न एमालेले उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने बताए।

ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन

सर्वत्र पाका उम्मेदवारको रजगज

राष्ट्रपति पौडेल आइतबार जापान जाने

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए ।

उनले अघिल्लो निर्वाचनको तुलनामा यसपटक १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको उल्लेख गरे । महिला उम्मेद्वारको संख्यापनि केहि धेरै राखिएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ छ ।

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह 

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने बताए । उनले बहस गर्नुपर्ने धेरै कुरा रहे पनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापित गर्न अहिले पार्टीको सम्पूर्ण अर्जुनदृष्टि फागुन २१ मा लगाउनुपर्नेमा जोड दिए ।

नेता सापकोटाले अहिले वामपन्थीहरूलाई सिद्धयाउने योजना बनिरहेकाले नेपाली कम्युनिस्ट पार्टीलाई थप एकताबद्ध बनाउँदै अघि बढाइएको धारणा राखे ।

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीका उम्मेदवार सुदन गुरुङको सुरक्षा मिलाइदिन जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्राचार गरेको छ।

रास्वपाका गोरखा जिल्ला सचिव मिलन रानाद्वारा प्रमुख जिल्ला अधिकारीलाई पठाइएको पत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार गुरुङ हाल घरदैलो कार्यक्रममा सक्रिय रहेको उल्लेख गरिएको छ।

पत्रमा प्राप्त विभिन्न गोप्य सूचनाका आधारमा हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट उम्मेदवार गुरुङलाई व्यक्तिगत सुरक्षा जोखिम बढेको भनिएको छ। सुदनका लागि आवश्यक पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) सहित सुरक्षा व्यवस्था उपलब्ध गराइदिन भनिएको छ ।

रास्वपाले निर्वाचनको संवेदनशील समयमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न प्रशासनको ध्यानाकर्षण गराएको जनाएको छ।
सीटी स्क्यान खरिद प्रकरण : पूर्वउपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध ७ करोडको बिगो दाबी

अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

पर्सा निकुञ्जमा बाघ गणना थालियो

चाँदीको मूल्य अकासिँदा पनि किन्नेको भीड (तस्बिरहरू) 

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो निर्वासनबाट देशमा हुन लागेको आम निर्वाचनको कडा आलोचना गरेकी छिन् । आफ्नो दल अवामी लिगलाई चुनावबाट प्रतिबन्ध लगाएपछि आगामी निर्वाचन समावेशी, स्वतन्त्र र निष्पक्ष हुन नसक्ने उनको भनाइ छ ।

सन् २०२४ मा विद्यार्थी आन्दोलनमाथि गरिएको दमनका कारण अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले गत हप्ता एसोसिएटेड प्रेसलाई इमेलमार्फत प्रतिक्रिया दिँदै समावेशी चुनाव नहुँदा बङ्गलादेश लामो समयसम्म राजनीतिक अस्थिरतामा फस्ने चेतावनी दिएकी थिइन् ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले जानाजानी पूर्व सत्तारूढ अवामी लिगलाई चुनाव प्रक्रियाबाट बाहिर राखेर लाखौँ समर्थकलाई मताधिकारबाट वञ्चित गरेको हसिनाको दाबी छ । उनका अनुसार ठूलो जनसमूहलाई राजनीतिक सहभागिताबाट हटाउँदा असन्तुष्टि गहिरिन्छ, संस्थाहरू कमजोर बन्छन् र भविष्यमा थप अस्थिरताको आधार तयार हुन्छ ।

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

डेनमार्क र अमेरिकाबीच ग्रिनल्यान्डको विषयमा रचनात्मक वार्ता

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

म्यान्मा घोटाला प्रकरणमा चीनमा ११ जनालाई मृत्युदण्ड

कम्बोडिया–थाइल्यान्ड सीमा विवादमा सहमति जुट्यो

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध




















प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ७ : ५५ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था