आजका समाचार : अझै भेटिएनन् सुरुङमा थुनिएकाहरू, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, रविले भेटे प्रधानमन्त्री-राष्ट्रपति र किर्गिस्तानमा एससीओ शिखर सम्मेलन « Khabarhub

आजका समाचार : अझै भेटिएनन् सुरुङमा थुनिएकाहरू, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, रविले भेटे प्रधानमन्त्री-राष्ट्रपति र किर्गिस्तानमा एससीओ शिखर सम्मेलन


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग
बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।

अमेरिकासँग डीएनए परीक्षण तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण माग गरिएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको छ।

यसअघि भारत, चीन, अमेरिका, फ्रान्स, यूएई र दक्षिण कोरियाबाट उद्धार तथा राहत सामग्री नेपाल आइपुगेका छन्। भारतको विशेष उद्धार टोली प्रभावित क्षेत्रमा खटिएको छ भने कोरियाली टोली पनि घटनास्थलमा परिचालित छ।

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

रसुवागढीको सुरुङभित्र कोही भेटिएनन्, सेनाको उद्धार टोली धुन्चे फर्कियो

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६ अगस्टमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्।

सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताका तर्फबाट नेपालका जनता तथा सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।

उनले २६ अगस्ट २०२६ मा आएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै यस प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय नागरिकसहित विभिन्न देशका विदेशी नागरिकसमेत प्रभावित भएको बताएका छन्।

उनले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र अनिश्चितता । कतै शव उठ्न सकेका छैनन्, कतै आफन्तको खोजीमा मानिसहरू जंगलका कुनाकाप्चा चहारिरहेका छन् । सुरुङभित्र कति मानिस छन् भन्ने यकिन छैन ।

सडक, पुल र सञ्चार विच्छेदले स्थानीय सरकार निरीह बनेको छ । काठमाडौंमा उद्धार भइरहेको खबर सुनिन्छ, तर रसुवाका धेरै बस्तीमा राज्यको उपस्थिति अझै प्रश्न बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले जोडतोडले उद्धार भइरहेको पोस्ट सामाजिक सञ्जालमा हाल्छन् तर रसुवाको अवस्था दर्दनाक छ ।

भोटेकोसीको पानी अझै उस्तै आवाजमा बगिरहेको छ। नदीको किनारमा कतै भग्नावशेष छन्। कतै घरका अवशेष। कतै पानीले बगाएर ल्याएका सामग्री। र कतै शव। गत बुधबारको बाढीपछि व्यवस्थापन हुन नसक्दा मानिस र जवानका शव सडेर दुर्गन्ध फैलिन थालेको छ।

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील स् जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्
रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको तत्काल उद्धारका लागि हेलिकप्टर व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

पौडेलले जिबजिबे ग्रामीण अस्पतालमा एन्टेरोल्याटरल मायोकार्डियल इन्फार्क्सन अर्थात् गम्भीर हृदयाघात भएका बिरामी उपचारका लागि आएको र अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन्।

भौगोलिक कठिनाइका कारण बिरामीलाई तत्काल उच्चस्तरीय हृदय रोग केन्द्रमा लैजानुपर्ने भएकाले हेलिकप्टरमार्फत एयर इभ्याकुएसन आवश्यक रहेको पौडेलको भनाइ छ।

‘म आफैँ वडा अध्यक्ष हुँ। केही गर्न नसक्ने अवस्थामा पुगेको छु,’ पौडेलले अपिलमा भनेका छन्, ‘हाम्रो बसमा केही छैन, न एम्बुलेन्स, न गाडी, न पर्याप्त स्वास्थ्य सुविधा।’

उनले सरकार, प्रदेश सरकार र सम्बन्धित निकायलाई बिरामीको उद्धारमा तत्काल पहल गर्न आग्रह गरेका छन् । बिरामीको अवस्था गम्भीर रहेकाले एक मिनेट पनि ढिला नगरी हेलिकप्टर उद्धारको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

वडाध्यक्ष पौडेलले रसुवाका दुर्गम क्षेत्रमा पर्याप्त एम्बुलेन्स तथा आपतकालीन सवारीसाधन परिचालन गर्न, जिबजिबे ग्रामीण अस्पताललाई आवश्यक जनशक्ति, उपकरण, औषधि र विशेषज्ञ सेवासहित तत्काल स्तरोन्नति गर्न पनि माग गरेका छन्।

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

चीन, इरान र रूससहितका नेता एससीओ शिखर सम्मेलनका लागि किर्गिस्तानमा
चीनका राष्ट्रपति सी जिनपिङ र इरानका राष्ट्रपति मसूद पेजेस्कियान साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन किर्गिस्तानको राजधानी बिस्केक पुगेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सम्मेलनमा सहभागी हुँदैछन्।

दुई दिनसम्म चल्ने सम्मेलनमा एक दर्जनभन्दा बढी मुलुकका नेताहरू सहभागी हुँदैछन्। एससीओले यस वर्ष आफ्नो २५औँ वार्षिकोत्सव मनाइरहेको छ।

संगठनमा चीन, रूस, भारत, पाकिस्तान, इरान, मध्य एसियाका चार मुलुक र बेलारुससहित १० सदस्य छन्।

आइतबार बिस्केक पुगेका राष्ट्रपति सीले किर्गिस्तानसँगको सम्बन्धलाई ‘सुनौलो काल’का रूपमा वर्णन गरेका छन्। मध्य एसियामा चीनले आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव विस्तार गरिरहेको बेला एससीओ सम्मेलन हुन लागेको हो।

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति









प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ७ : ५७ बजे

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास