साप्ताहिक अर्थ समाचार : बिजुलीको महसुल घटाइँदै, कृषि बीमा प्रदेश सरकारले हेर्ने, वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो र अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलरबाट उकालो « Khabarhub

साप्ताहिक अर्थ समाचार : बिजुलीको महसुल घटाइँदै, कृषि बीमा प्रदेश सरकारले हेर्ने, वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो र अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलरबाट उकालो


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ । तर, त्यसको अनुपातमा ऋण प्रवाह हुन सकेको छैन । जसको कारण निरन्तर रूपमा मुद्दति निक्षेप र कर्जा दुवैतर्फको ब्याजदर घट्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन ३१ गतेसम्म नेपालको बैंकिङ क्षेत्रका ८२ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जबकी सो दिनसम्म बैंकिङ क्षेत्रबाट ५९ खर्ब ४७ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।

गत आर्थिक वर्षको असारसम्मको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरूको औसत खराब कर्जा बढेको छ । तरपनि अर्थविद् अनलराज भट्टराईका अनुसार अनिवार्य प्रोभिजनिङ बाहेक अहिले बैंकहरूसँग २० खर्ब बढी लगानीयोग्य तरलता रकम रहेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० प्रतिशत कायम गरेको छ । तर, साउन ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाको सिडी रेसियो ७१.२३ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो २ वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा औसत सबैमा औसत सिडि रेसियो घटेको छ । जसले लगानीयोग्य तरलता बढ्दै गएको स्पष्ट देखिन्छ ।

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

भोजपुरमा रायो र मुला खेती अभियान, २२ लाख किलो कृषि उपज खरिद गर्ने तयारी

भोजपुरमा रायो र मुला खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने अभियान सुरु भएको छ।

टेम्केमैयुङ गाउँपालिकाले किसानले उत्पादन गरेको रायो र मुलाको बजार सुनिश्चित गर्ने उद्देश्यले सिद्धकाली एग्रो भोजपुर प्रालिसँग सहकार्य गरी खेती विस्तारको कार्यक्रम अघि बढाएको हो।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत किसानलाई उन्नत जातको रायो र मुलाको बीउ अनुदानमा वितरण गर्ने जनाएको छ।

किसानले उत्पादन गरेको कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गरी ‘खरिदपूर्व सम्झौता’मार्फत बजारको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ।

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न आग्रह सरकारसँग आयोगको आग्रह

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक क्षति कम गर्न र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ कार्यविधि सार्वजनिक गरेको छ ।

‘कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३’ अनुसार अब कृषि बीमा प्रदेश सरकारले हेर्ने भएको हो ।

नयाँ कार्यविधि अनुसार किसानहरूले १ करोड रुपैयाँसम्मको बीमाङ्क रकम भएको बीमालेखमा ८० प्रतिशत अनुदान र करोड रुपैयाँ भन्दा माथिको थप बीमाङ्क रकमको हकमा भने ५० प्रतिशत अनुदान प्राप्त गर्न सक्नेछन् ।

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

एक महिनामा सरकारको आयव्यय : राजस्व प्राप्ति ५.८४ प्रतिशत, पुँजीगत खर्च १ प्रतिशत तल

चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउन ३१ गतेसम्ममा नेपाल सरकारको कुल राजस्व संकलन लक्ष्यको ५.८४ प्रतिशत पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको साउन ३१ सम्मको दैनिक बजेटरी विवरण अनुसार सरकारको आय व्यय अवस्था प्रारम्भिक चरणमा देखिएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउन मसान्तसम्म ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ संकलन गरेको छ ।

यसमध्ये कर राजस्वको हिस्सा ८५ अर्ब १९ करोड ०६ लाख अर्थात् ६.०७ प्रतिशत रहेको छ भने गैर-कर राजस्व ७ अर्ब ३ करोड ४७ लाख अर्थात् ३.९७ संकलन भएको छ ।

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

प्रतिनिधिसभाबाट ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ६ : ५५ बजे

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका