प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को उच्चस्तरीय सत्रमा सहभागी हुन असोज ६ गते न्यूयोर्क जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको सामान्य बहस ९जनरल डिबेट० लाई सम्बोधन गर्ने कार्यक्रम छ।
न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल असोज ४ गते नै न्यूयोर्क जाने भएका छन्। उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।
उनले समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। प्रधानमन्त्री शाह असोज १० गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
नेपाललाई चीनले दियो सुरुङ उद्धार उपकरण, विपद् व्यवस्थापनमा सहकार्य बढाउने बचन
रसुवा बाढीपीडित व्यवसायीलाई राहत पुनस्र्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न समितिको निर्देशन
आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने
राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित
कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान
रवि-बालेनलाई मुछेको ‘ग्रे जोन’ रिपोर्टबारे सरकारका प्रवक्ताको जवाफ : त्यसका फलोअर त ७० हजारमात्रै रहेछन्
गत भदौ २३ गते सार्वजनिक भएको अमेरिकी अनलाइन ग्रे जोनको नेपालसम्बन्धी समाचारलाई सरकारका प्रवक्ता सस्मित पोखरेलले सामाजिक सञ्जालको फलोअरसँग तुलना गरेका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकपछि पत्रकाहरूको सवाल-जवाफका क्रममा ग्रे जोनको रिपोर्टलाई सही र गलत भन्नुको साटो शिक्षामन्त्रीसमेत रहेका पोखरेलले सामाजिक सञ्जालको फलोअरसँग तुलना गरेका हुन् ।

‘मन्त्रीज्यू, तपाईंकै सरकारका प्रधानमन्त्रीलाई समेत जोडेर आएको ग्रे जोनको रिपोर्टको वास्तविकता के हो रु’, उनलाई पत्रकारले यसरी सोधे । तर, पोखरेलले यसलाई सही र गलत नभनी फेसबुककका फलोअरमा तुलना गरे ।
‘तपाईंको आफ्नो मिडिया छ हगी, त्यसको फलोअर कति छ ? तपाईंको मिडियाको फलोअर १० लाख छ। तर त्यो ग्रे जोनको फेसबुक फलोअर केबल ७० हजार छ’, उनले भने, ‘फलोअर नै नभएको त्यो ग्रे जोनको रिपोर्टको कुनै अर्थ छैन । यहाँ हल्लाखल्ला गरिएको छ। तर अमेरिकामा जानुस्, त्यसलाई कसैले सुन्दैन। त्यसको समाचारको कसैले मतलब गर्दैन, चिन्दैन।’
अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु, रूद्रसिंह सचिवमा बढुवा
बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै
विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय
कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । जिल्लाका ९८ वटै वडामा हुने अधिवेशनमा २७ हजार ५ सय क्रियाशील सदस्य सहभागी हुने कांग्रेस चितवनले जनाएको छ ।
केन्द्रीय कार्य तालिकाअनुसार नै चितवनमा महाधिवेशनअन्तर्गतका कार्यक्रम अघि बढाइएको हो। अधिवेशनको तयारीबारे कांग्रेस चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार जिल्लाका ९८ वडामध्ये सम्बन्धित वडाको अनुकूलताअनुसार असोज ३ वा ४ गते वडा अधिवेशन सम्पन्न गरिनेछ। वडा अधिवेशनमा युवा तथा महिलाको सहभागिता सुनिश्चित गरिएको उनले बताए ।

उनका अनुसार भूगोल, जातीय समुदाय तथा फरक क्षमता भएका व्यक्तिको समेत समावेशी र समानुपातिक सहभागितालाई प्राथमिकता दिइएको छ।
वडा अधिवेशनबाट जिल्लामा ३ हजार १ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचित क्षेत्रीय प्रतिनिधिले सम्बन्धित पालिका कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, बागमती प्रदेश प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा जिल्ला कार्यसमिति चयन प्रक्रियामा सहभागिता जनाउनेछन् ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए
धनराज गुरुङ गगनतिर, भने– ‘कांग्रेस एक बनाउन सबै एक ठाउँमा आउनुपर्छ’
वडा अधिवेशन रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकताको प्रयास हुन्छ : मीन विश्वकर्मा
योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे
संयुक्त मोर्चा बनाएर चाडपर्वपछि आन्दोलन गर्छौँ : प्रचण्ड
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो : अध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा चिनियाँ यात्री तथा भिक्षु ह्वेन साङद्वारा लिखित पुस्तक ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करणको लोकार्पण गर्दै अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध कूटनीतिक स्थापना हुनुभन्दा हजारौँ वर्ष पुरानो सांस्कृतिक, सामाजिक तथा व्यापारिक सम्पर्कमा आधारित रहेको उल्लेख गरे ।
सन् १९४९ मा जनवादी क्रान्तिपछि सन् १९५५ मा दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको र नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उनले बताए । उनले चिनिया राष्ट्रपति सी चिनफिङले अघि सारेको बीआरआई अवधारणाले ग्लोबल साउथलाई जोड्ने प्रयास गरेको उल्लेख गरे ।
उनले लोकार्पण गरिएको पुस्तकले नेपाली पाठक र युवा पुस्तालाई नेपाल–चीन सम्बन्ध, ताङ वंशको इतिहास र बौद्ध धर्म बुझ्न मद्दत पुर्याउने तथा दुई देशबीचको जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक आक्रमणमा कम्तीमा दुई जनाको हत्या गरेको अधिकारीहरूले जनाएका छन् ।
स्थानीय उद्धारकर्ताहरूले मिन्डानाओको दक्षिण कोटाबातो प्रान्तको बङ्ग नेशनल उच्च माध्यामिक विद्यालयमा भएको गोली हानाहानको बारेमा जानकारी प्राप्त भए पछि घटनास्थलमा पुग्दा एक पुरुष र एक महिलाको मृत्यु भइसकेको जनाएका छन् ।
उनीहरुका अनुसार दुवै जना कक्षा ९ का विद्यार्थीहरू आपदा एजेन्सीका कर्मचारी रिजाली डेडेलललाई उदृत गर्दै एएफपीले जनाएको छ । दक्षिण कोटाबातो प्रान्तीय गभर्नर रेनाल्डो तामायोले बन्दुकधारी पीडितको सहपाठी भएको बताउँदै त्यस स्कुलको कक्षा नौँ को विद्यार्थी रहेको प्रष्ट पारेका छन् ।

बन्दुकको गोलीले घाइते भएका कम्तीमा तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेकोसमेत उनले बताए ।
तमायोले बन्दुकधारीले हाते बन्दुक प्रयोग गरेर एक्लैले यस्तो घटना घटाएको बताएका छन् । बङ्गाका मेयर अल्बर्ट पालेन्सियाले छुट्टै रेडियो अन्तर्वार्तामा शिक्षा विभागका अधिकारीहरूका छोरा तथा घटनाका सन्दिग्धले घरबाट बन्दुक लिएको बताए ।
कक्षा ९ का विद्यार्थीले दुईजना साथीलाई लन्चपछि तुरुन्तै घटना घटाउने आफ्नो योजनाबारे चेतावनी दिएकोसमेत उनले बताए ।
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु
इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन
अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध
उत्तरी सागरमा कार्बनडाइअक्साइड भण्डारण सुरु
साउदीलाई अमेरिकाले ४८ एफ-३५ लडाकु विमान दिने, दुई देशबीच २४ अर्ब डलरको सम्झौता
भारत–भुटान ऊर्जा सहकार्य विस्तार
ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति













प्रतिक्रिया