आजका समाचार : मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशनदेखी क्यानडाविरुद्ध नेपालको जितसम्म « Khabarhub

आजका समाचार : मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशनदेखी क्यानडाविरुद्ध नेपालको जितसम्म


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा मुख्यमन्त्रीको चासोलाई सम्बोधन गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन, माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक आह्वान, संघीयता कार्यान्वयनका विषयमा गठबन्धन र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल, माधव नेपालले अब चुनाव जित्दैनन् : अध्यक्ष ओली, टीकापुरको जग्गा हिनामिना प्रकरणमा २४९ जनाविरुद्ध मुद्दा, क्यानडाविरुद्ध नेपालको नाटकीय जित विलियम्सनद्वारा आफ्नो अभियान अन्त्य गरेको घोषणालगायत रहनेछन् ।

मुख्यमन्त्रीको चासोलाई सम्बोधन गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेको भावना यथाशीघ्र सम्बोधन गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा आज बसेको ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य’सँग सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकमा उनले भने, ‘सङ्घीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो । यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र चासो बुझ्नु नै भयो । त्यसलाई गम्भीरतापूर्वक लिनुस् ।’


मुख्यमन्त्रीहरूको सक्रियताबाट सङ्घीयता कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारे।

माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक आह्वान

संघीयता कार्यान्वयनका विषयमा गठबन्धन र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल

भ्रष्टाचार र कुशासन आर्थिक समृद्धिको मुख्य बाधक : गृहमन्त्री श्रेष्ठ

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ : मन्त्री शर्मा

एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको माला लगाएर स्वागत

रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १० औ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा अध्यक्ष ओलीले कार्यक्रमको उद्घाटन गरेका छन्।

उनलाई आयोजक एमाले जिल्ला कमिटी रौतहटले १०१ किलोको माला लगाएर स्वागत गरेको हो। गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औ जिल्ला अधिवेशन हुँदै छ ।

अधिवेशनमा ओलीसँगै केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रिय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघवीर महासेठ लगायतको उपस्थिति थियो ।

माधव नेपालले अब चुनाव जित्दैनन् : अध्यक्ष ओली

निर्माणाधीन संघीय संसद् भवनको अनुगमन

मानसिक स्वास्थ्य सेवा विस्तारमा सरकार प्रतिवद्ध : स्वास्थ्यमन्त्री

नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताको चासो : अर्थमन्त्री

टीकापुरको जग्गा हिनामिना प्रकरणमा २४९ जनाविरुद्ध मुद्दा
कैलालीको टीकापुरस्थित सरकारी जग्गा हिनामिना गरेको आरोपमा २४९ जनाविरूद्व मुद्वा दायर भएको छ ।

अख्यितार दुरूपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीसहित २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।


टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा जग्गा हिनामिना भएको अख्तियारले विषय अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

बाराबाट ६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ

सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान

चितवनको नारायणी किनारमा चियाको प्रदर्शनी हुने

बागमती प्रदेशबाट वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै

क्यानडाविरुद्ध नेपालको नाटकीय जित
नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा क्यानडा ७ रनले पराजित भएको छ । नाटकीय जित निकाल्ने क्रममा नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

जित उन्मुख क्यानडाका निकोलस कीर्तनलाई नेपालका पवन सरार्फले ६८ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो । कीर्तन आउट हुनुअघि क्यानडा ६ विकेट गुमाएर १९५ रनको बलियो अवस्थामा थियो । त्यसपछिका ४ ब्याट्सम्यानले ३० रन जोड्न नसक्दा क्यानडा नेपालसँग पराजित हुन पुग्यो ।

मध्यक्रमका ब्याटर नचल्दा नेपालले क्यानडालाई दियो मध्यम लक्ष्य

रोहित र ललितले लगातार विकेट लिँदा क्यानडा दबाबमा

एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई

विलियम्सनद्वारा आफ्नो अभियान अन्त्य गरेको घोषणा
अमेरिकी लेखिका मारिअन विलियम्सनले आफ्नो सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियान अन्त्य गरेका छन् ।

डेमोक्र्याट सांसद विलियम्सनले युट्युब भिडियोमार्फत आफ्नो पछिल्लो धारणा व्यक्त गर्दै भने, ‘राष्ट्रपतिका लागि मेरो अभियान स्थगित गर्ने समय आएको छ ।’


विलियम्सनको बहिर्गमनसँगै अमेरिकी सांसद डीन फिलिप्स डेमोक्र्याटिक पार्टीको तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेनका लागि एक मात्र प्रतिद्वन्द्वी बनेकी छन् । उनले न्यू ह्याम्पसायर र नेभाडा प्राइमरीमा सहज जित हासिल गरिसकेका छन् ।

अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको आयोवा ककस र न्यू ह्याम्पसायरको प्राइमरीमा विजय हासिल गरेका छन् ।

दक्षिणपश्चिम पाकिस्तानमा विस्फोट : दुई सुरक्षाकर्मीको मृत्यु, आठ घाइते

भारत-बङ्गलादेशबीचको सम्बन्ध विशेष : विदेश मन्त्री महमुद

पाकिस्तान आम निर्वाचन : मतदान जारी

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ८ : ०४ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर