आजका समाचार : रवि र छविको बयान, भारतीय चढेको बस मर्स्याङ्दीमा दुर्घटना, मोदी युक्रेनमा | Khabarhub Khabarhub

आजका समाचार : रवि र छविको बयान, भारतीय चढेको बस मर्स्याङ्दीमा दुर्घटना, मोदी युक्रेनमा


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सहकारी ठगी प्रकरण : रवि र छविसहित गोरखा मिडियाका सञ्चालकसँग बयान

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

भारतीय सवार बस मर्स्याङ्दीमा दुर्घटना : ज्यान गुमाउनेको संख्या २७ पुग्यो

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

शुक्रबार बिहान आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खस्दा सुरुमा १४ जनाले ज्यान गुमाएका थिए ।

प्रजिअ गौतमका अनुसार शुक्रबार साँझसम्म उपचारका लागि अस्पतालमा पुर्‍याइएकासहित ज्यान गुमाउनेको संख्या २७ पुगेको हो।

तनहुँ दुर्घटनाप्रति पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

मुग्लिङ-नारायणगढ सडक: पहराबाट खसेको ढुंगो लागेपछि अनियन्त्रित भएर पल्टियो बस

मुग्लिङ-नारायणगढ सडकखण्डमा गुडिरहेको बसमाथि शुक्रबार दिउँसो ढुंगो खसेको छ ।

पहराबाट खसेको ढुंगो लागेको बस अनियन्त्रित भएर एउटा यात्रु बस सडकमै पल्टिएको छ ।

हिउँको पहाड नै खस्यो, तीन घण्टादेखि थुनियो घट्टेखोला

मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित धौलागिरि प्रथम (८,१६७ मिटर) हिमालको काखमा रहेको हिउसहितको विशाल थुप्रो (पर्माफ्रोस्ट) फुट्दा हिमपहिरो (एभालान्स) चलेको छ ।

शुक्रबार दिउँसो साढे १ बजेतिर हिमपहिरो गएको हो । हिउँसहितको गेग्रान (डेब्रिज) ले स्थानीय बोक्सी खोला भरिँदा एभालान्स ल्याण्डस्लाइड ड्याम (बाँध) ले बहाव नै रोकिएको छ ।

मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

क्रियाशील सदस्यताको काम थाल्न जिल्ला कार्यसमितिलाई कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई क्रियाशील सदस्यतासम्बन्धी काम तत्काल सुचारु गर्न निर्देशन दिएको छ । जिल्ला कार्यसमितिहरुले क्रियाशील सदस्यतासम्बन्धी काम नगरेको गुनासो केन्द्रमा आएपछि महामन्त्री गगन थापाले जिल्ला कार्यसमितिहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

‘अधिकांश जिल्लाहरूमा क्रियाशील सदस्यता कार्ड वितरण नभएको, विधानबमोजिम सदस्यता नवीकरण र नयाँ वितरण गर्ने कार्य समेत सुचारु नभएको भन्ने जानकारी प्राप्त भएको छ,’ थापाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘यो पत्र प्राप्त हुनासाथ जिल्ला कार्यसमितिको बैठक राखी क्रियाशील सदस्यता कार्ड वितरण, नवीकरण र नयाँ सदस्यता वितरणको काम तत्काल सुचारु गर्न, गराउन निर्देश गरिन्छ ।’

मंसिरमा स्थानीय तहको उपचुनाव हुने (३५ सिटको सूचीसहित)

प्रचण्ड भन्छन्- बंङ्गलादेशबाट फर्किएका विद्यार्थीलाई देशभित्रै इन्टर्न मिलाउँछु

पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरूलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण नेपाल फर्किएका विद्यार्थीहरुसँतको भेटमा उनले विशेष परिस्थितिका कारण एक पटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताएका हुन् ।

हदम्यादका आधारमा भ्रष्टाचारीलाई उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न आयोगको अनुरोध

राष्ट्रिय मानव अधिकार आयोगले भ्रष्टाचारजन्य कसुरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ ।

आयोगले आज भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढाइएको उल्लेख गर्दै समितिलाई पत्राचार गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

नदीको २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसलाप्रति राष्ट्रिय मुक्ति क्रान्तिको आपत्ति

राष्ट्रिय मुक्ति क्रान्तिले सर्वोच्च अदालतबाट नदीको दायाँ–बायाँ २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने मापदण्ड कायमको फैसला भएपछि उपत्यकावासीको उठीबास हुने अवस्था सृजना भएको भन्दै आपत्ति जनाएको छ ।

अध्यक्ष राजेन्द्र महतोले शुक्रबार विज्ञप्ति जारी गरेर मुख्य र सहायक नदीहरूको दायाँ–बायाँ न्यूनतम २० मिटरसम्म कुनै संरचना बनाउन नपाउने मापदण्ड कायम हुने फैसलाले उपत्यकावासीको उठीबास हुने अवस्था सृजना भएको भन्दै आपत्ति जनाएका हुन् ।

मधेस सरकारसँग ४ बुँदे सम्झौता पश्चात् युवाले तोडे अनशन, मुख्यमन्त्रीले खुवाए जुस

नयाँ कमला पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरूको अनशन मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर तोडाएका छन् ।

अनशनमा बसेका युवाहरूसँग मधेस सरकारले ४ बुँदे सम्झौता गरेपछि अनशनकारी युवाहरू अनशन तोड्न तयार भएका थिए । सम्झौतापछि मुख्यमन्त्री सिंहले अनशनमा बसेका युवाहरूलाई जुस खुवाउँदै अनशन तोडाएका हुन् ।

रविको कुकर्मको पर्दाफास गर्नु पार्टी विरुद्ध लाग्नु होइन : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन्।

पार्टीले भदौ ५ गते सोधेको स्पष्टीकरणको जवाफ फर्काउँदै उनले सामाजिक सञ्जालमा यस्तो आक्रोश पोखेका हुन्। उनले रास्वपालाई ठग, भ्रष्ट र राहदानी दुरुपयोग गर्ने अपराधीको कब्जाबाट मुक्त गर्ने बताएका छन्। ढकालले आफूलाई गलत सावित गर्नसमेत सभापति लामिछानेलाई चेतावनी दिएका छन्। राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुने उनको भनाइ छ।

नागरिकता र जमिन माग्दै मुसहर समुदायले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

गृहमन्त्री रमेश लेखकलाई यहाँका दलित मुसहर समुदायले नागरिकतासम्बन्धी समस्या समाधानका लागि आज ज्ञापनपत्र बुझाएका छन् । लहान नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच ‘सवरी सङ्कल्प समाज’ नामक गैरसरकारी संस्थाका अगुवाले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उक्त ज्ञापनपत्रमा मुसहर समुदायलाई नेपालका आदिवासी घोषित गर्नुपर्ने, वङ्शजका आधारमा नेपाली नागरिकता दिनुपर्ने, मुसहर समुदायका भूमिहीन सुकुम्वासीलाई खेतीयोग्य जमिन र घरबासको व्यवस्था गर्नुपर्ने लगायतको पाँच बुँदे माग रहेको छ ।

ठूला दलको समीकरणले मुलुकका समस्या समाधान गर्न सहज हुन्छ : गृहमन्त्री लेखक

सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी नेपाल ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह शाहूले नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएको भन्दै आरोप पत्र दायर गरेको छ ।

आयोगले सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बिए तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिएको छ ।

अर्थसंक्षेप : कर्नरिङको दलदलमा फस्यो शेयर बजार, भैँसी बेचेर च्याऊ खेती

अन्तर्राष्ट्रिय..

रुससँगको युद्धबीच युक्रेनी राजधानी किएभमा मोदी, जेलेन्स्कीसँग गरे कसिलो अंकमाल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुससँग साढे दुई वर्षदेखि युद्धरत युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् ।

पोल्यान्ड हुँदै शुक्रबार युक्रेनको राजधानी किएभ पुगेका मोदीलाई अनौपचारिक पोशाकमा देखिएका जेलेन्स्कीले विशेष स्वागत गरे ।

भारतमा बाढी र पहिरोमा परी २२ जनाको मृत्यु

 अमेरिकाले गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने

पाकिस्तानमा ६ महिनामा १ हजार ६ सयभन्दा धेरै बाल दुर्व्यवहारका घटना

खेलकुद…

साफ यू-२० को सेमिफाइनल समीकरण पूरा, नेपालको प्रतिद्वन्द्वी भुटान

राजधानीमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई हराएसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ७ : ५४ बजे

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने

गोरखामा एक युवतीको हत्या

 गोरखा – गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी– सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान