आजका समाचार : बिन्दाले कारबाही भोग्दा एमालेमा विभाको इन्ट्री ,नागार्जुनका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, कोरियामा जहाज दुर्घटना, १७९ को मृत्यु | Khabarhub Khabarhub

आजका समाचार : बिन्दाले कारबाही भोग्दा एमालेमा विभाको इन्ट्री ,नागार्जुनका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, कोरियामा जहाज दुर्घटना, १७९ को मृत्यु


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बिन्दालाई निलम्बन गरेका ओलीले विभालाई भित्र्याए एमालेमा

प्रमुख सत्तारुढ नेकपा एमालेले आइतबार स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिना निलम्बित भएको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्‍यो ।

यही पुस ११ गतेको सचिवालय बैठकबाट निलम्बनमा परेका दुवैलाई नक्कली भुटानी शरणार्थी प्रकरणका कारण हाल जेलमा रहेका सचिव टोपबहादुर रायमाझीसँगै राखिएको छ । अर्थात्, रायमाझी, पाण्डे र तिमल्सिना निलम्बित नेताका रुपमा वेबसाइटमा अलग्गै राखिएका छन् ।

कारबाहीमा परेपछि बिन्दाले अबको ६ महिनाका लागि पार्टीले विश्राम दिएकाले नयाँ किताब लेख्ने वाचा गरेकी छन् । एमालेका बौद्धिक नेतामध्ये उनले कारबाहीपछि पार्टी नेतृत्वबारे कडा टिप्पणी पनि गरे‍की छैनन्।

उता कारबाहीमा परेकी उषाकिरण गृहजिल्ला नुवाकोट पुगिसकेकी छन् । पुस ११ गते एमाले सचिवालयले कारबाहीको निर्णय सुनाउँदा पनि उनी पार्टी संगठनकै काममा नुवाकोटमा थिइन् । उता बिन्दा पार्टीको एउटा बैठकमा सहभागी भएका बेला कारबाहीको निर्णय आएको थियो । त्यही दिन एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाटै निकालिसकेको छ ।

विद्यार्थीको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाइयो : प्रधानमन्त्री

एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री

प्रधानमन्त्री भन्छन्- ढुक्क हुनुहोस् सरकारले समृद्धि र सुशासनका लागि काम गर्छ

पर्सामा प्रधानमन्त्रीले भने- व्यवहारबाट पुष्टि भइसक्यो, देश बनाउने पार्टी एमाले मात्रै हो

सखुवा प्रसौनीका पूर्वअध्यक्ष एमालेमा प्रवेश, ओलीलाई १८० किलोको माला

पर्साका दुई दृश्य : एमालेको सभामा जानेलाई २ लिटर तेल, ओलीलाई १८० किलोका २ माला

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल

सत्तारूढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि राजनीतिमा आउन खोजेको भए स्वागतयोग्य रहेको बताएका छन् ।

महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टी प्रवेशत तथा अन्तरक्रिया कार्यक्रममा भाग लिएर जनकपुर पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् ।जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘पूर्वराष्ट्रपतिज्यू पुनः समाजसेवामा सक्रिय हुन चाहनुहुन्छ भने स्वागतयोग्य हो,’ उनले भने ।

महासचिव पोखरेलले एमाले अहिले पार्टीको महाधिवेशनभन्दा बढी मिसन ०८४ मा केन्द्रित भएको पनि बताए ।

यदि भण्डारी सक्रिय राजनीतिमा आए प्रधानमन्त्री एमव् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन सक्ने अनुमान छ । ११औँ महाधिवेशनमा अध्यक्ष उठेर भण्डारीले एमालेको राजनीतिमा कमब्याक गर्ने चर्चा छ । त्यहीक्रममा महासचिव पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा निम्तो दिने गरी स्वागतयोग्य भनेर टिप्पणी गरेका हुन् ।

एमालेबाट निलम्बित टोपबहादुरसँगै राखियो बिन्दा र उषाकिरणको नाम

प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस

क्रान्तिकारीमा एकपछि अर्को विवाद, उमेरहदको मतगणनामा पनि किचलो

घनश्यामको गुनासो- एमालेबारे बोल्नै हुन्न, हाम्रोतिर किन हेर्छस् भनेर जाइलाग्छन्

आगामी निर्वाचनमा कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्छ : शेखर कोइराला

राष्ट्रिय व्यवसायी महासंघ : प्रधानमन्त्री र अर्थमन्त्रीले नपत्याएपछि प्रचण्ड गुहारे

प्रचण्डद्वारा बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान

नागार्जुनका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा (विवरणसहित)

काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बस्नेतविरुद्ध यी दुई कसुरमा आइतबार मुद्दा दायर गरेको हो ।

घुस रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बद्ध कसूर भई सम्पत्ति शुद्धीकरण सम्बन्धीसमेत कसूर गरेको सम्बन्धमा आयोगले कँडेलबाट १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरेको छ । बस्नेतसहित उनकी पत्नी उर्मिला बस्नेतविरुद्ध पनि मुद्दा लागेको छ ।


बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालिका संचालकरअध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानूनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री समेत गरी सम्पत्ति शुद्धीकरण गरेको उजुरी आयोगमा परेको थियो ।

उजुरीमाथि अनुसन्धान हुँदा बस्नेतले नगर प्रमुखको पद तथा ओहदाको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको घररजग्गा व्यवसायी पद्मा कोलोनी प्रालिरपद्मा मर्चेन्ट कम्पनी प्रालिरजगतगुरु कृपालु प्रतिष्ठान नेपालका संचालकरअध्यक्ष राजुप्रसाद कँडेलबाट घुसररिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएकोरदिन लगाएको भेटिएको आयोगले जनाएको छ ।

अर्थसंक्षेप : सहकारीलाई अंकुश लगाउँदै सरकारले जारी गर्‍यो अध्यादेश, २१ अंकले घट्यो नेप्से

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

समृद्धिको अभियानमा सहभागी हुन प्रभु साहको आग्रह

राष्ट्रिय अनुसन्धानका अधिकृतबाटै प्रहरीका सहयोगी रुम्बाको हत्या

नेपाल प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतको संलग्नता रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले उक्त हत्या प्रकरणमा संलग्न भएका तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेपछि यो खुलासा भएको हो ।आइतबार बारा प्रहरीले रुम्बाको हत्यामा संलग्न भएको आरोपमा जितपुर सिमरा उपमहानगरपालिका-१९ घर भई जयमाँ इन्जियरिङ वर्कशपका सञ्चालक २७ वर्षीय पुरुषोत्तम कुमार दास, इन्द्रजित कुमार चौहान र श्रीकान्त तिवारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये श्रीकान्त तिवारी राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत बारामा दरबन्दी भएका कर्मचारी हुन् । उनी विमानस्थल कार्यालय सिमरामा कार्यरत राष्ट्रिय अनुसन्धान अधिकृत रहेको बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् । अनुसन्धानका क्रममा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत तिवारीको पनि हत्यामा संलग्नता भएको प्रहरीले पत्ता लगाएको छ ।

सरकारको ‘कर आतंक’ विरुद्ध आजपाको प्रदर्शन

महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाको बजेट संशोधन प्रस्ताव

राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने

मकवानपुरमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु

हुम्लामा लगातार हिमपात, जनजीवन प्रभावित

कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए

दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ ।

जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो ।


यस दुर्घटनामा अहिलेसम्म १७९ जनाले ज्यान गुमाइसकेका छन् । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् ।

अन्य सबै यात्री र चालक दलका सदस्यले ज्यान गुमाइसकेका छन् । राहत र उद्धारको काममा लागेकाहरूले जनाएअनुसार अहिलेसम्म १२० जनाको शव भेटिएको छ ।

दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो 

निमेषभरमै धुँवाको मुस्लोमा परिणत भयो जहाज (तस्बिरहरू)

अजरबैजान विमान दुर्घटना : दुःख व्यक्त गरेका पुटिनले जिम्मेवारी लिएनन्

निलम्बित दक्षिण कोरियाली राष्ट्रपति तेस्रोपटक पनि अनुसन्धान प्रक्रियामा अनुपस्थित

एनपीएल विजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भव्य स्वागत

नेपाली प्रिमियर लिग (एनपीएल) विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई रौतहटको सदरमुकाम गौरमा भव्य रूपमा स्वागत गरिएको छ ।

हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरू लाई गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका संघ संस्थाले भव्य स्वागत गरेको हो ।

एनपीएल सिजन १ का विजेता बोल्ट्सका खेलाडीहरूलाई मेयर साहको नेतृत्वमा भव्य स्वागत गरिएको छ। मेयर साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा जनकपुर बोल्ट्सको जितलाई ऐतिहासिक उपलब्धि भएको भन्दै मेयर शम्भु साहले स्थानीय खेलकुदको विकास र प्रोत्साहनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

जनकपुर बोल्टसका व्यवस्थापन पक्षले ट्रफी, र खेलाडी सहित मधेश प्रदेशको आठ वटै जिल्लामा जाने कार्यक्रम अनुसार आइतबार बिहान गौर पुग्दा खेलाडीहरू लाई भव्य रूपमा स्वागत गरेका थिए ।

खेलकुद क्षेत्रको विकासमा ध्यान दिन्छौँ : सभापति देउवा 

अन्तिम खेलमा जावालखेलकाे जीत

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ८ : ०९ बजे

जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल

तनहुँ– तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा

‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति आपत्ति

कञ्चनपुर– ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप दिइँदै

काभ्रेपलाञ्चोक– राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १०

न्यूजर्सी आइल्याण्ड : पहिले हिटलरको उपनिवेश, अहिले गाई र पर्यटकको लर्को

१९ अप्रिल १९९९ बाट जर्सी टापुस्थित ‘ड्युरेल वाईल्ड लाईफ प्रिजर्भेशन

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

म्याग्दी– प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा