आजका समाचार : एकै मञ्चमा तीन शीर्ष नेता, फेरि चलेन संसद् र इजरायली आक्रमणमा हमासका प्रवक्ता मारिएको दाबी | Khabarhub Khabarhub

आजका समाचार : एकै मञ्चमा तीन शीर्ष नेता, फेरि चलेन संसद् र इजरायली आक्रमणमा हमासका प्रवक्ता मारिएको दाबी


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

राजावादी एकजुट भएपछि द्वन्द्वपीडितको बहानामा एकै मञ्चमा देखिए देउवा, ओली र प्रचण्ड
पछिल्ल समय राजावादीहरूको सक्रियता बढिरहेका बेला संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने बहानामा तीन ठूला दलहरू एक ठाउँ उभिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउने भन्दै नवराज सुवेदी नेतृत्वमा आन्दोलन परिचाल समिति नै बनेको अवस्थामा तीन ठूला दलका नेताहरू एकैठाउँ उभिएर व्यवस्था जोगाउन खातिर एकताको सन्देश दिन खोजेका हुन् ।

सोमबार मात्रै संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्बाट पारित गरेको अवस्थामा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगलाई सक्रिय बनाउने तयारीसहित तीन जुटेका हुन् ।

सोमबार मात्रै प्रमुख दलका शीर्ष नेताहरू मिलेर संक्रमणकालीन न्यायका बाँकी प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन गर्न सहमति जुटएका थिए । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी उजुरी हेर्ने दुई आयोगका पदाधिकारी सिफारिस गर्न समिति गठन प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको थियो । उक्त निष्कर्षसँगै अब शान्ति प्रक्रियामा पूर्णविराम लाग्न सक्ने विश्वास बढेका बेला तीन दलका नेता एकै ठाउँ उभिएका हुन् ।

प्रधानमन्त्रीले भने- सङ्क्रमणकालीन न्यायसम्बन्धी काम सफल बनाउन सरकार प्रयत्नशील छ

प्रधानमन्त्रीको आक्रोश- नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरियो

कुलमानलाई बर्खास्त गरेपछि ऊर्जामन्त्रीको सुरक्षामा थपियो प्रहरी

कुलमान प्रकरणमा माओवादीले संसद् अवरोध गर्नु उचित होइन : विश्वप्रकाश शर्मा

द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटना छानबिन हुन्छ – देउवा

शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा दलहरूबीच विवाद भएन : प्रचण्ड 

प्रधानमन्त्रीसँग चौतारी नयाँ नेतृत्वको भेट : बधाई दिँदै ओलीले भने – संगठनमा भाइरस छिर्न नदिनू

 निर्मल निवास छिरेपछि दुर्गा प्रसाईं बने राजावादी आन्दोलनका ‘कमान्डर’
 निर्मल निवासमा छिरेर निस्किएपछि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउने नाममा गठन भएको समितिले शुक्रबार हुन लागेको आन्दोलनका लागि प्रसाईंलाई कमान्डर तोकेको हो ।


चाबहिलको स्मार्ट पार्टी प्यालेसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई ‘कमान्डर’ तोकिएको जानकारी दिए । 

राजावादीले व्यवसायी प्रसाईंकै नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दैछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूको प्रदर्शनका लागि तीनकुनेलाई स्थान तोकेको छ । प्रसाईंले बिहीबार दिउँसो निर्मल निवास छिरेर पूर्वराजा शाहसँग मन्त्रणा गरेका थिए। गत फागुन २५ मै प्रसाईंले निर्मल निवास छिर्न खोजेका थिए। तर त्यसबेला उनलाई निर्मल निवासमा इन्ट्री मिलेको थिएन । प्रसाईंसँगै बिहीबार आन्दोलन समितिका संयोज सुवेदीले पनि पूर्वराजा शाहलाई भेटेका छन् ।

पहिलो पटक निर्मल निवास छिरेका प्रसाईंको दाबी- पूर्वराजाले अघि बढ्नुस्, सफल हुनुस् भन्‍नुभयो

राप्रपाले आन्दोलन नछाड्ने, तीनकुनेको प्रदर्शनमा सहभागी हुने

संसदको अवरोध खुलाउने प्रयासमा सभामुख, प्रमुख सचेतकसँग छलफल

नेविसंघका केन्द्रीय सदस्यद्वारा कास्की कांग्रेस सभापतिविरुद्ध कारबाहीको माग

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : बाबुराम भट्टराई

द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटना छानबिन हुन्छ – देउवा

कुलमानको नियुक्तिमा प्रश्न उठाउँदै हितेन्द्रको रिट सर्वोच्चमा
नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका हितेन्द्र देव शाक्यको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

उनले हिजो बुधबार नै सर्वोचमा रिट निवेदन दिए पनि बिहीबार दर्ता भएको हो । उनलाई चैत १५ गते १० बजे पेशी तारेखमा अदालतमा हाजिर हुन भनिएको छ । हितेन्द्रले रिक्त कार्यकालको सुविधा पनि मागेका छन् । उनले कुलमान घिसिङलाई प्राधिकरणमा ल्याएर आफूलाई ऊर्जा विशेषज्ञ सदस्यमा नियुक्ति गरिएपछिको रिक्त कार्यकालको सुविधा मागेका हुन् ।

शाक्यले ११ पृष्ठको ११ बुँदे निवेदनपत्रमा आफ्नो सेवाको शर्तअन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण गरेको ४ वर्षको पदावधिलाई सम्झौताको दफा ३।१ म २९ माघ २०७७ देखि २८ माघ ०८१ माघसम्म कायम गरेको भन्दै त्यसको न्याय निरुपण नगरी अरु थप प्रक्रिया अघि नबढाउन माग गरेका छन् ।

कुलमान प्रकरणमा कुरो नमिल्दा बस्न सकेन प्रतिनिधिसभा बैठक, सारियो समय

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने

प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्दैन : ज्ञानेन्द्र शाही

संविधानसभाबाट बनेको संविधानको विकल्प छैन, हामी डगमगाउँदैनौँ : उपप्रधानमन्त्री सिंह

महेश बर्तौला भन्छन्- कुलमानको विषय अदालतमा गइसक्यो, सदन अवरुद्ध गर्नु अनुचित 

तलब रोकिएपछि बालेन किन आक्रोशित

सोमबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा ‘सरकारको दम्भले महानगरको सफाइ कर्मचारीले तीन महिनादेखि तलब नपाएको’ भन्दै सरकार प्रति आक्रोशित बने । 

बालेनले साता दिन भित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने सम्मको चेतावनी दिँदै आक्रोश पोखेका थिए । बालेनले यसरी आक्रोश पोख्नुको कारण काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको घटना थियो । 

महानगरमा ३ महिना भन्दा बढी समयदेखि प्रमुख प्रशासकीय अधिकृत छैन । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पासमा गडबडी गरेको भन्दै गत पुस ५ गते तत्कालीन अधिकृत सरोज गुरागाईंमाथि कारबाहीको सिफारिस भएसँगै महानगर हाकिमविहीन बनेको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल

सञ्चार मन्त्रालयले माग्यो डिजिटल नेपाल फ्रेमवर्क २.० मस्यौदामा सुझाव

नवलपरासीमा आल्मुनियम रड उद्योग सञ्चालन

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : बाबुराम भट्टराई

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन

इजरायली आक्रमणमा हमासका प्रवक्ताको मृत्यु भएको दाबी
इजरायलले बिहीबार गाजामा गरेको हवाई आक्रमणमा आफ्ना एक प्रवक्ताको मृत्यु भएको प्यालेष्टिनी इस्लामिक लडाकु समूह (हमास) ले जनाएको छ । समूहले उत्तरी गाजाको जबालिया क्षेत्रमा रहेको एक टेन्टमा भएको ‘हवाई’ आक्रमणमा मारिएका अब्दुल लतिफ अल–कानौको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

मार्च १८ मा इजरायलले गाजामा आफ्नो बमबारी अभियान पुनः सुरु गरेसँगै गाजामा हप्तौंको सापेक्षिक शान्ति कायम गरेको कमजोर युद्धविराम समाप्त भएको थियो। हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ८५५ जनाको मृत्यु भइसकेको छ ।

कानौ हालै इजरायलको आक्रमणमा मारिएका हमासका पछिल्लो उच्च पदस्थ अधिकारी छन् । इजरायली सेनाले गत साता हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख रसिद जाहजौहलाई हवाई आक्रमणमा मारिएको बताएको थियो ।

इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ जनाको मृत्यु

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

टिकटक बेच्न चीनलाई ट्रम्पको नयाँ प्रस्ताव

पुटिनबारे जेलेन्स्कीको गैरजिम्मेवार टिप्पणी- उनी चाँडै मर्नेछन्

चीनसँगको सम्बन्ध थप प्रगाढ बनाउने फ्रान्सको इच्छा

उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने

कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

ग्रुप च्याट स्क्यान्डलबाट पन्छिए ट्रम्प







प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ७ : ५८ बजे

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौं – रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा यही चैत

आजका समाचार : थाइल्यान्ड पुगे प्रधानमन्त्री, हिउँदे अधिवेशन अन्त्य र रविको पद बहाल भएन

प्रधानमन्त्री ओली पुगे थाइल्यान्डमा, उपप्रधानमन्त्रीले गरे स्वागत प्रधानमन्त्री केपी शर्मा

राज्यका संयन्त्र सूचना दिन डराउनु हुँदैन : प्रमुख सूचना आयुक्त आचार्य

सुदूरपश्चिम– राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले

मधेसका मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयमा अख्तियारको छापा, योजनासम्बन्धीका फाइल नियन्त्रणमा

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र

मन्त्रिपरिषद्का निर्णय : प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार

काठमाडौं– सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपत्कालीन सेवा केन्द्र सुधार